लिबियाको त्रासदी

लिबियामा नेपाली शरणार्थी रहेको क्याम्प बाहिर गोली चल्दा भित्र त्रासदी

गत मंगलबार लिबियाको त्रिपोली नजिकैको एक आप्रवासी कामदार बस्ने क्याम्पमा विद्रोही समूहले गरेको हवाई आक्रमणमा लमजुङ बेंसीसहरका सन्तोष श्रेष्ठको मृत्यु भयो । सन्तोष जसरी नै एजेन्टको सेटिङमा लिबिया पुगेका आठ जना भने शुक्रबार मात्रै नेपाल फर्किए ।

लिबियाबाट फर्केका पूर्ण अधिकारीले भने, 'बरु नेपालमा हलो जोतेर खानुस्, बिन्ति छ अवैध बाटोबाट परदेश नजानुस्'

अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) को सहयोगमा द्वन्द्वग्रस्त लिबियाबाट शुक्रबार फर्केका आठ जनाले महिनौं लामो कष्टकर बसाईपछि बल्लतल्ल बाँचेर नेपाल फर्केको बताएका छन् ।

लिबिया बम विस्फोटमा नेपालीको मृत्यु

संगठित मानव तस्कर गिरोहको प्रलोभनमा परेर इटाली जान हिँडेका लमजुङ बेसीसहर– ११ का २७ वर्षीय सन्तोष श्रेष्ठको लिबियाको त्रिपोलीस्थित ताजुरा डिटेन्सन सेन्टरमा भएको बम विस्फोटमा परी मृत्यु भएको छ ।