विशेष अदालतले ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा पूर्वसचिव दिनेशहरि अधिकारीलाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका छन् भने तत्कालीन सचिव अधिकारीलाई सफाइ दिएको हो ।
विशेष अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीलाई सफाइ दिएको छ । यो प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र पूर्वमन्त्री डम्बर श्रेष्ठसँगै जोशीलाई पनि सफाइ दिइएको हो ।
विशेष अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र पूर्वमन्त्री डम्बर श्रेष्ठलाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको बिहीबार फैसला गर्दै विषेश अदालतले सफाइ दिएको हो ।
विशेष अदालतले ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका छन् ।
विशेष अदालतले ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणको फैसला गरेको छ। २३ दिनपछिको लगातार सुनुवाइपछि बिहिबार फैसला भएको हो । अहिले अदलतले फैसला सुनाइरहेको छ ।
१९८६ सालदेखि ८९ सालसम्म प्रधानमन्त्री बनेका श्री ३ महाराज भीमशमशेरले किनेको र पछि उनका शाखासन्तानमा हस्तान्तरण हुँदै आएको बालुवाटारको २९९ रोपनी जग्गा र त्यहाँ निर्मित दरबार नै ‘ललिता निवास’ हो ।
बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले बिहीबार फैसला सुनाउने भएको छ । मुद्दाको अन्तिम किनारा लगाउने गरी विशेषले उक्त मुद्दालाई बुधबार हेर्दाहेर्दैमा राखेको हो ।
विशेष अदालतले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना मुद्दाको बिहीबार फैसला गर्ने भएको छ ।बुधबारै फैसला सुनाउने तयारी भएपनि प्राविधिक काम नसिकएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
विशेष अदालतले बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा नेपाल सरकारको भएको ठहर गरेको छ । चार वर्षअघि दायर मुद्दामा बिहीबार विशेष अदालतले फैसला सुनाएको हो । २३ दिनसम्म निरन्तर सुनुवाइपछि अदालतले फैसला सुनाएको हो ।
बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ अभियुक्त धरौटीमा र एक जना साधारण तारिखमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले आइतबार ललिता निवास जग्गा घोटाला प्रकरणमा मुख्य योजनाकार किटान गरिएमध्येका एक भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटी र केशव तुलाधरलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो ।
ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।
ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।
राजनीतिक तथा प्रशासनिक तहका उच्चपदस्थ व्यक्ति जोडिएका कारण आम चासोमा रहँदै आएको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना सम्बन्धी किर्ते कसुरको मुद्दा अदालत पुगेको छ ।
ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएका कूल ३११ जना विरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति छन् ।
विगत तीन दशकअघिबाट सरकारी कागजात किर्ते गरी हडप्न सुरु भएको ललिता निवास परिसरको जग्गा प्रकरण न्यायिक निरुपणको चरणमा प्रवेश गरेको छ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही प्रकरणमा संलग्नलाई लगाएको भ्रष्टाचार मुद्दा विषेश अदालतमा विचारधीन छ ।
ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सहसचिव सुशील वैद्यमाथि बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा किर्ते गरेको अभियोगमा मुद्दा चलाइएको छ ।