चन्द समूह

चन्द समूह ‘वार्तामा तयार’

चन्द समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको छ । उक्त समूहको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्ता बस्ने निर्णय गरेको हो । नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझावअनुसार वार्तामा बस्ने निर्णय गरेको स्थायी कमिटीका एक सदस्यले बताए ।

नवलपरासीमा चन्द कार्यकर्ता पक्राउ

पश्चिम नवलपरासीमा नेकपा माओवादी नेत्रविक्रम चन्द समूहका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चन्द समूहको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को जिल्ला इन्चार्ज शारदा भण्डारी र जिल्ला कमीटी सदस्य कमालुद्धिन अन्सारीलाई पक्राउ गरेको हो । 

रोल्पाका गाउँमा सादा पोसाकमा प्रहरी परिचालन, केन्द्रीय नेतासहित दुई दर्जन पक्राउ

नेत्रविक्रम चन्द समूहको आधार क्षेत्र मानिएको रोल्पामा थप सुरक्षा सतर्कता अपनाइएको छ । चन्दका कार्यकर्ताको गतिविधि पूर्ण नियन्त्रणमा लिने रणनीतिसहित ग्रामीण क्षेत्रमा समेत सुरक्षाकर्मीको संख्या बढाइएको छ । 

पूर्वमा चन्द समूहको गतिविधि बढ्दो

नेत्रविक्रम चन्द समूहका कार्यकर्ताको गतिविधि प्रदेश १ का हिमाली र पहाडी जिल्लामा बढ्दै गएको छ । जंगल क्षेत्रमा आश्रय लिएर आसपासका गाउँमा चन्दा संकलन गर्ने, स्थानीयलाई धम्क्याउनेजस्ता गतिविधि भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिबन्धपछि चन्द समूहका ८ कार्यकर्ता मारिए, गाउँगाउँमा थपिए सुरक्षाकर्मी

सरकारले नेत्रविक्रम चन्द समूहलाई प्रतिबन्ध लगाएपछिको द्वन्द्वका क्रममा चन्द समूहका ८ नेता–कार्यकर्ता मारिएका छन् । चन्द समूहको आक्रमणमा एक सर्वसाधारण र एक प्रहरी जवानको पनि ज्यान गएको छ ।

सँगै चियापान, अनि गोली हानाहान

सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबुलमा बसेर चिया खाइरहेका थिए । दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो ।

भोजपुरमा प्रहरी र चन्द समूह कार्यकर्ताबीच भिडन्त, जिल्ला इञ्चार्जको मृत्यु

भोजपुरको सदरमुकाम नजिकै बुधबार बिहान ८ बजे प्रहरी र नेत्रविक्रम चन्द समूहबीच दोहोरो भिडन्त हुँदा एक कार्यकर्ताको मृत्यु भएको छ । भिडन्तमा चन्द समूहका ओखलढुंगा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए । 

चन्द समूहका नेता कुमार पौडेलको दोहोरो भिडन्तमा नै मृत्यु भएको गृहको स्पष्टोक्ति

गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द समूहका नेता कुमार पौडेलको सर्लाहीको लालबन्दीमा सुरक्षाकर्मी सँगको दोहोरो भिडन्तमा नै मृत्यु भएको स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसदले पौडेलको हत्या गरिएको भन्दै सरकारको धारणा माग गरेका थिए । 

चन्द समूहद्वारा वडा कार्यालयमा आगजनी

नेत्र विक्रम चन्द समूहले बर्दियाको गेरुवा गाउँपालिका-६ को कार्यालयमा आगलागी गरेको छ । सोमबार मध्यरातमा चन्द समूहले आगजानी गर्दा वडा कार्यालयको लेखाफाट जलेर पुरै नष्ट भएको छ । उनीहरुले कार्यालयका अन्य दुई कोठामा पनि आगजानी गरेको प्रहरीले जनाएको छ ।

स्थानीय तहमा चन्द समूहद्वारा तालाबन्दी

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्याकर्ताले कञ्चनपुरका विभिन्न स्थानीय तहमा शनिबार ताला लगाएको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको र आफ्ना कार्यकर्तामाथि दमन गरेको लेखिएको पर्चासमेत ताला लगाएको ठाउँमा राखिएको थियो ।

सञ्चारमन्त्रीले चन्द समूहलाई भने, ‘चुनाव लड्ने हुती छैन, सिम फेर्दै तर्साउने काम छाड्नुस्’

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेत्रविक्रम चन्द समूहले लुटपाटको आतङ्क जारी राखिरहे उसले क्षति व्यहोर्नु पर्ने बताएका छन् । ‘बल प्रयोगद्धारा सत्ता कब्जा गर्ने दिवा सपना २१ औँ शताब्दीमा सम्भव छैन ,राम्रोसँग बुझे हुन्छ,’ उनले आक्रमक शैलीमा भने,‘ नबुझे समयले बुझाइदिनेछ ।’

चन्द समूहलाई मूलधारमा ल्याउनुपर्छ : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चन्द समूहलाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनैपनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत् समस्याको समाधान खोज्नु आवश्यक रहेको बताए ।

एसएलआर सहित चन्द समूहका एक पक्राउ

प्रहरीले चन्द समूहका एक जना कार्यकर्तालाई एसएलआर सहित पक्राउ गरेको छ । ओखलढुंगाको चिशखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

चन्द समूहका कार्यकर्ता पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त बालाजुले ४२ वर्षीय सागर तामाङलाई काठमाडौँको तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई बुझाएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।

प्रहरी र चन्द समूहबीच दोहोरो हवाईफायर : नेपाली सेनाको हेलिकप्टरमा थप मद्दत टोली संखुवासभामा

प्रतिबन्धित नेत्रविक्रम चन्द समूह र प्रहरीबीच संखुवासभाको सिसुवाटारमा दोहोरो फायरिङ भएपछि प्रहरी प्रधान कार्यलयले नेपाली सेनाको एमआई १७ हेलीकप्टरबाट थप प्रहरी टोली पठाएको छ । प्रहरीको २५ जनाको टोली केहीबेर अघि मात्रै संखुवासभाको सिलिचोङ गाउँपालिका १ वाङलामा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संखुवासभामा प्रहरी र चन्द समूहबीच गोली हानाहान

सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङ्ला भन्ने स्थानमा सोमबार बिहान प्रहरी र नेत्रविक्रम चन्द समूहबीच गोली हानाहान भएको छ ।

चन्द समूहले भन्यो- नेता कार्यकर्ताको रिहाइपछि मात्र वार्ता

पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्याकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ । पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द समूहले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको छ ।

चन्द समूहद्वारा गाउँपालिको कार्यालयमा आगजनी

नेत्र विक्रम चन्द समूहले नरहरिनाथ गाउँपालिकामा आगजनी गरेको छ । चन्द कार्यकर्ताले मंगलबार राति गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ५ र ६ को कार्यालयमा आगजानी र तोडफोड गरेका हुन् । 

चन्द समूहका ४ कार्यकर्ता पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द समूहका ४ जना नेता कार्यर्तालाई पक्राउ गरेको छ । त्रिवेणि गाउँपालिका-१, सिन्तुबाङबाट नेकपाका राप्ती ब्युरो सदस्य सहित ४ जना जिल्लास्तरीय नेता समातिएका हुन् । 

चन्द समूहका ७ जना पक्राउ, १२ स्थानमा बम निष्क्रिय पारियाे

नेत्रविक्रम चन्द समूहले आव्हान गरेको बन्दका क्रममा मंगलबार विभिन्न जिल्लाबाट ७ जना पक्राउ परेका छन् । २० स्थानबाट शंकास्पद वस्तु फेला परेको छ । 

चन्द समूहका लमजुङ सेक्रेटरी पोखरामा पक्राउ

नेत्रविक्रम चन्द समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । सो समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

चन्द समूहका जिल्ला अध्यक्षसहित तीन जना पक्राउ

चन्द समूहका मोरङ अध्यक्ष अशोक राई सहित तीन जनलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बेलबारी नगरपालिका–३ स्कुल डाँडाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेहरुमा कानेपोखरी गाउँपालिका–६ का ३४ वर्षीय सुदिप भन्ने कंश धिमाल र उर्लाबारी–२ सालबारीका ४८ वर्षीय केन्द्रलाल धिमाल पक्राउ परेका हुन् ।

चन्द जिल्ला इन्चार्ज पौडेललाई पक्रेर मारिएको परिवारको दाबी 

नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको भिडन्तमा बिहीबार मारिएको नभई हत्या भएको दाबी आफन्तले गरेका छन् । लालबन्दी–१ लखन्देही खोलादेखि पूर्वको जंगलमा बिहीबार दिउँसो गस्ती जाँदै गरेको टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा गोली लागेर पौडेल मारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।