सडक अवरुद्ध

हिले-भोजपुर सडक अवरुद्ध 

अविरल वर्षाको कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले-लेगुवा-भोजपुर सडकमा यातायात अवरुद्ध भएको छ । धनकुटाको पाख्रिबासदेखि लेगुवा खण्डमा पर्ने माङ्माया खोलामा पुल भन्दा माथिबाट बाढी आएपछि यातायात अवरुद्ध भएको हो ।

सडक भासिँदा धादिङ सदरमुकामका आधा दर्जन घर जोखिममा

सदरमुकामको सिरानबजारस्थित मुख्य सडक भासिँदा ६ वटा घर चर्किएका छन् ।  थोपाल खोला बग्ने उक्त स्थानमा विगत ४ वर्ष अगाडि घडेरी बेच्न सडक खनेपछि मूल सडक भास्सिएको हो । 

बाढीले बाटो छेकिएपछि दुई दिनदेखि हजारौं यात्रु अलपत्र

दुईतिर बाटो बन्द भएपछि उदयपुरको घुर्मी बजारमा हजारौं यात्रुहरु दुईदिनदेखि अलपत्र परेका छन् । मानेभन्ज्याङ गाउँपालिका-६ मा पर्ने भाडारे खोलाको बाढीले सयौं सवारी रोकिएका छन् ।

पहिरोका कारण पाल्पा–बुटवल सडक एकतर्फी सञ्चालन

लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालन भएको छ । तीन दिनअघिदेखि लगातार वर्षा भइरहेकाले बिहीबार बेलुका राजमार्गको सिद्धबाबा नजिकैको हेडबक्समा र बिहान केराबारी क्षेत्रमा ठूला ढुङ्गासहितको पहिरो खसेको जिल्ला प्रहरी पाल्पाले जनाएको छ । 

जलमग्न र हिलाम्मे सडक, यात्रुलाई सास्ती

पानी पर्नासाथ राजधानीका अधिकांश सडक जलमग्न बन्ने गरेका छन् । दैनिक सवारी साधनको भीड हुने सडकमै खोलो बग्ने गरेको छ । जलमग्न सडकका कारण सवारी आवागमनसमेत प्रभावित हुने गरेको छ । खोलो र सडक छुट्याउन हम्मे पर्छ ।