तीन सय वर्षअघि बनेको रानीपोखरीको फेरिँदो स्वरुप 

रानीपोखरी बनेको तीन सय वर्ष नाघ्यो । वि.सं. १७२७ मा प्रताप मल्लले बनाएका हुन् रानीपोखरी । यो बीचमा रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा निकै परिवर्तन आएको बेला बेलाको तस्बिरले देखाएका छन् । भुइँचालोले मन्दिरमा क्षति पुगेपछि यसलाई महानगरले आधुनिकीकरण गर्न खोज्यो । त्यही कारण अहिले चर्चामा छ- रानीपोखरी । यसमा कसरी र के कस्ता परिवर्तन आए ?

रानीपोखरी पुनर्निर्माण कार्य स्थगित

काठमाडौं महानरपालिकाले रानीपोखरीको पुनर्निर्माणको काम रोकेको छ ।  महानगरका मेयर, उपमेयर, पुनर्निर्माण प्राधिकरणका सचिव, पुरातत्व विभागका महानिर्देशक र पुरातत्व विज्ञहरुसहितको बैठकले रानीपोखरी निर्माण कार्य रोक्ने सहमति गरेको हो । 

रानीपोखरीमा महानगरको खेलाँची

पुरातात्त्विक सम्पदा रानीपोखरी पुनर्निर्माणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीच नै विवाद देखिएको छ । महानगरपालिका आफैंले सुरु गरेको पुनर्निर्माण पुरातात्त्विक मापदण्डविपरीत रहेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि त्यसलाई रोक्ने विषयमा मंगलबार उनीहरूबीच विवाद देखिएको हो ।

उपमेयर ताला लगाउँदै, मेयर तोड्दै

मंगलबार बिहान काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले रानीपोखरीको गेटमा लगाएकी ताला दिउँसो मेयर विद्यासुन्दर शाक्यले तोडेका छन् । बिहान रानीपोखरी अवलोकनको क्रममा रानीपोखरी पुगेकी उपमेयर हरिप्रभाले खड्गीले 'पुरातत्वको स्वीकृति विना बनेको रहेछ' भन्दै रड बाँधेर हिँडेकी थिइन् ।

‘रानीपोखरीमा कंक्रिट रोक्छु’

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले मापदण्डविपरीतको रानीपोखरी पुनर्निर्माण रोक्ने बताएकी छन् । रिभेवल काठमाडौं र सोसाइटी अफ नेपलिज आर्किटेक्टले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खड्गीले भनिन्, ‘अब म काम रोक्नतिर लाग्छु ।’
ADVERTISEMENT
ADVERTISEMENT

रानीपोखरीमा कंक्रिट - ‘रक्षक नै भक्षक’

सम्पदा रक्षा गर्नुपर्ने निकायले नै रानीपाखरीमा कंक्रिट राख्न दिएर सम्पदा मास्न लागिरहेकोमा सरोकारवालाले गुनासो गरेका छन् । रानीपोखरी पुनर्निर्माण क्रममा काठमाडौं महानगरपालिकाकाले पुरातात्त्विक मापदण्ड मिचिएपछि ‘अब के गर्ने ?’ भनेर आयोजना गरेको छलफलमा काठमाडौं क्षेत्र ८ का सांसद जीवनराम श्रेष्ठले भने, ‘रक्षक नै भक्षक भइदियो । त्यही भएर समस्या उब्जियो ।’ उनले जनसहभागिता नभएसम्म सम्पदा जोगाउन नसिकने बताए ।

रानीपोखरी मिच्दै महानगर

काठमाडौं महानगरले रानीपाखरीमा कंक्रिट मात्रै मिसाइरहेको छैन, पोखरी वरपरको सीमा मिचेर पर्खालसमेत लगाइरहेको छ । पोखरीको पूर्व र दक्षिणतिरको भागमा धमाधम पर्खाल लगाउने काम भएको छ । पोखरी छेउको विन्दुबाट झन्डै १५ फिट परसम्म पर्खाल लगाउने काम भइरहेको छ । 

रानीपोखरीमा फेरि ‘कंक्रिट’ निर्माण

काठमाडौं महानगरपालिकाले रानीपोखरीमा कंक्रिट राखेर पुनर्निर्माण सुरु गरेको छ । पोखरीको छेउमा पर्खाल निर्माण धमाधम छ । रोडा, सिमेन्टजस्ता परम्परागत सामग्री पोखरी वरिपरि थुपारिएका छन् ।

काठमाडौंमा छठ : रानीपोखरी नबन्दा कमलपोखरीको भर

मिथिलाञ्चलबासीको महान पर्व छठको अवसरमा बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन हुनेछ ।

बनेन रानीपोखरी

दुई वर्षअघिसम्म छठको अघिल्लै साँझ रानीपोखरी झकिझकाउ हुन्थ्यो । व्रतालुहरूको घुइँचो लाग्थ्यो । तर अहिले यो ऐतिहासिक पोखरी सुकेको मात्र छैन, देख्दै कुरूप छ । झार उम्रिएर चउरमा परिणत भएको पोखरीमा निर्माण सामग्री असरल्ल छन् । भूकम्पले भत्काएको पोखरी बीचको मन्दिरका भग्नावशेषसमेत उत्तिकै अलपत्र छ ।

रानीपोखरी पुनर्निर्माण सुरु

पुरातत्त्व विभागले रानीपोखरी पुनर्निर्माण सुरु गरेको छ । गत तिहारमै निर्माण सक्ने लक्ष्यसहित राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । तर, महानगरले पुरातात्त्विक मापदण्डविपरीत पुनर्निर्माण गरेपछि गत वर्षै निर्माण रोकिएको थियो ।

रानीपोखरी पुनर्निर्माणमा कहिले ?

भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनिर्निर्माण अझै सुरु भएको छैन । गत तिहारमा सम्पन्न गर्ने लक्ष्यसहित अघिल्लो वर्ष राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले पुरातात्त्विक मापदण्ड विपरीत कन्क्रिट प्रयोग गरेर बनाएपछि पुरातत्त्व विभागले मापदण्डअनुसार बनाउन निर्देशन दिएको थियो ।