आगलागी

यसरी नियन्त्रणमा लिइयो सुबिसु कार्यालयमा लागेको आगो

बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालयमा बुधबार मध्यान्ह लागेको आगो नियन्त्रणमा लिइएको छ । बुधबार मध्यान्ह उक्त कार्यालयमा रहेको जेनेरेटरबाट आगो सल्किएको थियो । सुबिसुका सञ्चालक सुधीर पराजुलीका अनुसार आगलागीले बालुवाटार वरपरको इन्टरनेट सेवा बन्द भएको छ भने अन्य ठाउँमा भने सुचारु भइसकेको छ ।

बालुवाटारस्थित सुबिसु कार्यालयमा आगलागी [अपडेट]

बालुवाटारको चिनियाँ राजदूतावास नजिकैको इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालयमा आगलागी भएको छ । बुधबार मध्यान्ह उक्त कार्यालयको जेनेरेटरबाट आगो सल्केको भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी फडिन्द्र प्रसाईंले बताए ।