डेंगुको पिरलो

डेंगु नियन्त्रण गर्न आर्थिक सङ्कट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेंगु रोग नियन्त्रण गर्न आर्थिक सङ्कट देखा परेको छ । आव २०७५/७६ को हालसम्म ३ हजार ४२५ मा रोग देखा परिसकेको छ । तीमध्ये ३ हजार जना सुनसरी जिल्लाका मात्र रहेका छन् ।

डेंगु नियन्त्रणमा चुनौती थपिँदै

पछिल्लो पटक धरानलाई मात्रै डेंगु प्रभावित क्षेत्र मानेर संक्रमण दर रोक्न कार्यक्रम सञ्चालन भइरहेका बेला संघीय राजधानी काठमाडौंमा पनि बिरामी भेटिएको छ । काठमाडौंमा एक महिलामा डेंगु देखिएको हो ।