हतियारको त्रास देखाएर बालुवा तस्करी

गोरखा र तनहुँको सिमानामा पर्ने मर्स्याङ्दी नदीको बगरमा प्रहरीकै संरक्षणमा हतियार देखाएर स्थानीय युवाहरुले बालुवा तस्करीको धन्दा संचालन गर्दै आएका छन् ।

एलडिओकै मिलोमतोमा मनोमानीमा अवैध बालुवा उत्खनन

स्थानिय विकास अधिकारी नारायण आचार्यको मिलेमतोमा सहिद लखन गाउँपालिका–३ स्थित कन्टार बगरमा नियम विपरित बालुवा उत्खनन भईरहेको छ । 

सुमार्गीको अस्वाभाविक उदय

सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेयराज सुमार्गी पराजुली हेटौंडा उपमहानगरपालिका–५ मा २०३५ सालसम्म डेरा गरी बस्थे । उनको पुस्तैनी घर निबुवाटार धुर्सिङ, मकवानपुर हो । २०११ को बाढीले धुर्सिङ बजारलगायत उक्त क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्‍याएपछि उनको परिवार हेटौंडा झरेको हो ।

यसरी ल्याए सुमार्गीले ‘अवैध धन’

सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका अजेयराज सुमार्गीले सबैभन्दा बढी रकम ट्याक्स हेवन मुलुक साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट भित्र्याएका छन् । उनले करिब ९ अर्ब रुपैयाँ नेपालका कुनै पनि निकायबाट अनुमति नलिईकन राजनीतिक पहुँचका बलमा भित्र्याइसकेका छन् । उक्त रकम अवैध भन्ने प्रारम्भिक पुष्टि भए पनि चौतर्फी दबाबका कारण थप छानबिन प्रक्रिया शिथिल बन्दै गएको छ ।

पोखरामा ट्याक्सीको सिन्डिकेट, मिटरमा नचलाउने भन्दै आन्दोलन

मिटरमा ट्याक्सी नचलाउने भन्दै पोखरा ट्याक्सी व्यवसायी समितिले आज पोखरामा यातायात ठप्प पारेको छ । समितिमा आवद्ध ट्याक्सीहरु पृथ्वीचोक, सभागृह, सिर्जनाचोकलगायतका स्थानमा सडक छेकेर बसेका छन् । यसले सवारी ठप्प भएको छ ।

युनेस्कोले किन पठायो दोस्रो पत्र ?

विश्व सम्पदा सूचीको हनुमानढोका दरबारलाई असर पर्ने गरी संरचना नबनाउन संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले दुई साताअघि आग्रह गरेको थियो । हनुमानढोका दरबार क्षेत्रमा बनाइएको एक निजी घर गैरकानुनी रूपमा बनेको भन्दै त्यसलाई रोक्न पत्र पठाएको दुई सातामै फेरि अर्काे पत्र पठाएर घर विश्व सम्पदाको क्षेत्रभित्र नपर्ने भनेको छ । 

लेखापरिक्षणमा अनियमितता– करोडौंको हिसाब खोज्ने लेखापरिक्षकको मुखमा हजारका लागि र्‍याल

भाेजपुर पुगेका महालेखा परिक्षकको कार्यालयका लेखापरिक्षकहरुले अनियमितता गरेको भेटिएको छ । उनीहरुले जिल्ला समन्वय समितिको क्यान्टिनमा खर्च गरेको ३२ हजार रुपैयाँ सरकारी कार्यालयका लेखा अधिकृतहरुलाई ‘पैसा उठाएर तिर्न’ निर्देशन दिई काठमाडौं फर्केका हुन् । उनीहरुले जिविसको गेष्ट हाउसमा बसेको खर्च समेत तिरेका छैनन् ।

नक्कली कागजातको भरमा लाईसेन्स, प्रक्रिया पुर्‍याउनेसँग ३० हजार, कागजात नभएकालाई ६० हजारसम्ममा लाईसेन्स 

२०७३ साल चैत ३ गते नमराज कुनुवारका नाममा यातायात कार्यालयले लाईसेन्स जारी गर्‍यो । आवश्यक कागजात र प्रमाणपत्रविना नै ०४–०६–००१७७०१२ नम्बरमा उनको लाईसेन्स जारी गरेको भेटियो । सोही दिन सोम बहादुर राई, रोशन योञ्जन र अप्सन अधिकारी लगायतका नाममा पनि यसैगरी लाईसेन्स जारी गरेको भेटियो । 

व्यापारी सुमार्गीको अबैध धन्दा : विदेशी लगानी भन्दै विदेशी बैंकबाट पैसा आफैं पठाउने,  आफै पाउने

सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेयराज सुमार्गीले विदेशी लगानी भन्दै बेलायतबाट आफैंले नेपालको आफ्नै कम्पनीले पाउने गरी रकम पठाएको खुलेको छ । उनले यहाँ ल्याएको र ल्याउन लागेको करिब २२ अर्ब ‘अवैध’ रहेको सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको छानबिन प्रतिवेदनमा उल्लेख भएसँगै यो नयाँ तथ्य खुलेको हो ।

घूस लिने अधिकारी नै भन्ने गर्थे–‘सन्तोषम् परम सुखम्’

डेढ वर्षअघि अबुधावीमा पठाएका कामदार ६ महिनामै अस्वाभाविक रूपमा फर्केपछि वैदेशिक रोजगार विभागले एसआरएस म्यानपावरको कारोबार र खाता रोक्का गर्‍यो । केही समय रेडकर्नर नोटिससमेत जारी भयो । व्यवसाय नै रोकिएपछि मुलुकबाहिर रहेकी एसआरएसकी सञ्चालक शुभद्रादेवी बराल नेपाल आइन् ।

जग्गा प्लटिङ अनुमति : मन्त्री दहितको निर्णयबारे छानबिन गर्दै अख्तियार

कृषियोग्य जमिन खण्डीकरण गर्न रोक लगाउने मन्त्रीस्तरीय निर्णय उल्टाउँदै भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले केही सीमित व्यक्ति तथा कम्पनीलाई ‘जमिन कित्ताकाँट तथा बिक्री वितरण’ अनुमति दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।

अख्तियार कर्मचारी बनेर ठग्ने पक्राउ

अख्तियारको कर्मचारी, सीआइबी प्रहरी, नेपाली सेना र जिल्ला प्रशासनको अधिकृत भन्दै ठगी गर्नेलाई प्रहरीले शनिबार जीतपुरबाट पक्राउ गरेको छ । साविक सप्तरी बिसहरिया ७ बाट बसाई सरी हाल बाराकै प्रसौनी २ स्थित बसोबास गर्दै आएका विजेन्द्र चौधरीलाई पक्राउ गरिएको हो ।

सर्वोच्चको ठहर– सोलु करिडोरमा पूर्व अख्तियार प्रमुख कार्कीको गैरकानुनी हस्तक्षेप

सोलु करिडोरको प्रसारण लाइन निर्माणका लागि परामर्शदाताको बोलपत्र छनोटका क्रममा ऊर्जामन्त्री राधा ज्ञवाली र नेपाल विद्युत् प्राधिकारणका सञ्चालक समिति सदस्यहरूमाथि अनुसन्धान गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको विभागीय कारबाहीको निर्णयलाई सर्वोच्च अदालतले ‘हस्तक्षेप’ ठहर्‍याएको छ ।

नक्कली अख्तियार कर्मचारी पक्राउ

अख्तियार कर्मचारी भन्दै ठगी गर्नेलाई प्रहरीले शनिबार जितपुरबाट पक्राउ गरेको छ । प्रसौनी २ मा बस्दै आएका विजेन्द्र चौधरीलाई पक्राउ गरिएको हो ।