चिसो बढ्यो

घटेन चिसो

पछिल्ला दुई दिनमा रौतहटमा जाडोले कठ्यांग्रिएर थप पाँच जनाको मृत्यु भएको छ । माधवनारायण–४ बिसुनपूर्वा निवासी विक्रम राय यादवकी एक वर्षीया छोरी रेखाकुमारी, कटहरिया नगरपालिका–६ बस्दै आएकी धुपलीदेवी साह, बौधीमाई नगरपालिका–९ अजगैबीका ५५ वर्षीय रामचन्द्र साह, गढीमाई नगरपालिका–९ धरमपुरका ७४ वर्षीय रामवृक्ष साह र सोही नगरपालिका–७ धनाडीका ६५ वर्षीय भिक्षु ठाकुरले ज्यान गएको हो ।

जाजरकोटको महामारी फैलिएको क्षेत्रमा जुम्लाको विशेषज्ञ चिकित्सक टोली

छिमेकी जिल्ला जाजरकोटमा फैलिएको भाइरल ज्वारो महामारी क्षेत्रमा जुम्लाबाट विशषज्ञ चिकित्सकको टोलीलाई पठइएको छ ।

चिसो बिहानमा टौदहमा टहल्दा...

सोमबार पनि उपत्यकाको न्यूनतम तापक्रम शुन्य डिग्री नै रह्यो । आइतबार पनि न्यूनतम तापक्रम शुन्य डिग्री नै मापन गरिएको थियो । उपत्यकामा चिसो बढेपछि जनजीवन सामान्य प्रभावित बनेको छ । 

शीतलहर प्रभावित जिल्लामा राहत घोषणा

सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधारणलाई रु दुई करोड २२ लाख बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । 

चिसोमा सुकुम्बासीको कहर 

सातादेखि घाम नलागेपछि कठ्याङ्ग्रिने चिसो बढेको छ । यस्ले कपिलवस्तु नगरपालिका वार्ड नं. ३ मा तिलौरामा बसेका ४ घर सुकुम्बासीको जनजीवन कष्टकर बनेकोछ ।

‘सिरेटोले रातभर मुटु काप्छ’

काँचो इँटामाथि परालको डस्ना । त्यसमाथि पातलो तन्ना बिछ्याइएको छ । नजिकै कपडाका टुक्रा जोडेर बनाएको ओढ्ने राखिएको छ । यो कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित सोनी इँटा उद्योगका मजदुरको बिछ्यौना हो ।

जाडोका कारण सप्तरीमा ३ को मृत्यु

पछिल्लो पाँचदिन यता चिसो हावासंगै बढेको शितलहरका कारण सप्तरीको जनजिवन कष्टकर भएको छ । जाडोका कारण जिल्लामा ३ जनाको मृत्यु भएको छ भने स्वास्थ्य संस्थाहरुमा पनि बिरामीको चाप बढेको छ । खासगरी विपन्न बस्तीहरुमा न्यानो लुगाको अभावमा जाडो छल्न संकट उत्पन्न भएको छ ।

विपन्न बस्तीमा थपिँदै बिरामी

जस्ताको छानो र त्रिपालको बेराले घेरिएको टहराअघि काखमा बच्चा च्यापेकी एक महिला थरथरी काँप्दै थिइन् । छोराछोरीको पनि उस्तै हालत छ । ती कसैका आङमा न्यानो लुगा छैन । मोरङको विराटनगर–१२ जमुवास्थित सुकुम्बासी बस्तीकी बासिन्दा हुन् काजल ऋषिदेव । पाँच महिनाअघि बाढीले विस्थापित उनको दैनिकी चिसो बढेपछि झन् कष्टकर भएको छ । 

तुसारोले बस्ती नै सेताम्मे

झट्ट हेर्दा मौसम सफा देखिन्छ । अघिल्ला वर्षहरूमा यतिबेला सेताम्य भइसक्ने डाँडामा हिउँ परेको छैन । हुस्सु, कुहिरो कतै देखिँदैन । दिनभर नीलो आकासमा टन्टलापुर घाम लागिरहेको छ । तर पनि चिसोले जनजीवनमा निकै प्रभाव पारेको छ ।