दाङमा तीन दिनदेखि आमहड्ताल, आन्दोलन राजमार्ग केन्द्रीत

पाँच नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै तीन दिनदेखि जारी अनिश्चितकालिन आमहड्तालका कारण जिल्लाको जनजीवन कष्टकर हुँदै गएको छ । 

मन्त्रिपरिषद बैठक स्थगित, ३ बजे पुन: बस्ने

बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकमा प्रदेश प्रमुख र अस्थायी मुकामबारे छलफल भएको थियो ।

सहमति खोज्न मन्त्रिपरिषद बैठक सर्‍यो

मंगलबार दिउँसो बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो साढे ४ बजे प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने गरी बोलाएको बैठक बुधबार बिहान बिहान ९ बजेसम्मका लागि स्थगित गरेका गरेका हुन् ।

प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्रीको अलमल

वाम गठबन्धनबाट सरकार लम्ब्याउन खोजेको आरोप खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिमा समेत अलमल गरेका छन् । प्रधानमन्त्रीकै ढिलासुस्तीले निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकको मतपरिणाम सार्वजनिक गर्न पाएको छैन ।

पूर्वपञ्च पनि सहिद !

सरकारले धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ कम्युनिस्ट कार्यकर्तालाई सहिद घोषणा गर्नुका साथै पीडित परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । पञ्चायतकालमा प्रहरी प्रशासनद्वारा छिन्ताङमा १६ कम्युनिस्ट कार्यकर्ताको हत्या गरिएको घटना छिन्ताङ हत्याकाण्डका रूपमा परिचित छ । 

फोर्स कमाण्डर रहँदासम्मका लागि ‘स्थानीय रथी’

सरकारले कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन ‘मोनुक’ मा ‘फोर्स कमाण्डर’ पदमा प्रतिस्पर्धाका लागि नेपाली सेनामा एक ‘स्थानिय रथी’ पद सिर्जना गरेको छ ।
ADVERTISEMENT

न्यूनतम् पारिश्रमिकको अध्यक्षमा पत्रकार पराजुली

सरकारले न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा वरिष्ठ पत्रकार गंगाधर पराजुलीलाई नियुक्त गरेको छ । 

माओवादी केन्द्रका मन्त्रीहरुद्वारा सामूहिक राजीनामा

माओवादी केन्द्रका तर्फबाट सरकारमा सामेल भएका सबै मन्त्रीहरुले शुक्रबार राजिनामा गरेका छन् । मन्त्रिपरिषदको बैठक पछि पूर्व स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले पार्टीको पत्रसहित सबै मन्त्रीहरुको राजिनामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् ।

मन्त्रिपरिषद बैठकले आज पनि प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय गरेन

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने बताइए पनि कुनै निर्णय गरेन ।