प्रदेश २ का मर्यादापालले तत्काललाई दौरा सुरुवाल र सारी चोलो नै लगाउने

२ नम्बर प्रदेशको प्रदेश सभा बैठकका मर्यादापालकले तत्काललाई दौरा सुरुवाल र सारी चोलो नै लगाउने भएका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठकले तत्काललाई दौरा सुरुवाल र सारी चोलो नै लगाउन दिने निर्णय गरेको हो ।

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले लिए शपथ

प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेलले सोमबार बिहान शपथ लिएका छन् । संघीय नेपालका ७ वटा प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने उनी पहिलो व्यक्ति हुन् । अन्य प्रदेशमा पनि मुख्यमन्त्री नियुक्ति प्रक्रियामा छ । 

वाम गठबन्धनले तय गर्‍यो ३ मुख्यमन्त्रीको नाम

वाम गठबन्धनको सरकार बन्ने ६ वटा प्रदेशमध्ये तीन वटामा मुख्यमन्त्रीको नाममा सर्वसम्मति भएको छ । बाँकी तीन वटामा भने चुनाव नै गर्नुपर्ने स्थिति देखिएको छ । 

प्रदेश १ र ४ मा पनि बस्यो पहिलो प्रदेशसभा बैठक

प्रदेश नम्बर ४ को प्रदेश सभाको पहिलो बैठक सुरु भएको छ ।प्रदेश ४ को बैठक पोखरामा भएको हो । प्रदेश १ को बैठक भने विराटनगर सुरु हुँदैछ । दुइटै प्रदेशसभा बैठकका कार्यसूची समान छन् ।

प्रदेश-३ : प्रदेशसभा बैठकको तयारी धमाधम

हेटौंडा उपमहानगरपालिका-१० स्थित मध्याञ्माञचल क्षेत्रीय शिक्षा निर्देशनालय भवनको सभाहलको सिंगारपटार सकिन लागेको छ । त्यही भवनलाई प्रदेशसभा सचिवालय बनाइएपछि त्यसैको सभाहलमा मुलुकमै पहिलोपटक प्रदेशसभाको बैठक बिहीबार बस्दैछ ।

प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्ः आयोग

निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो आय–व्ययको विवरण माघ मसान्तभित्र आयोगमा बुझाउन सूचित गरेको छ । 

प्रदेश ४ मा यसरी लिइयो शपथ

चार नम्बर प्रदेश अन्तर्गत प्रदेशसभाका सांसदलाई आईतबार बिहान शपथ ग्रहण गराईयो । प्रदेश प्रमुख बाबुराम कुँवरले आफ्नो कार्यालयमा कार्यभार सम्हालेलगत्तै प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ खुवाए । 

सातै प्रदेशमा प्रदेशसभा सदस्यहरुको शपथ

सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यहरूको आइतबार सम्बन्धित प्रदेशका अस्थायी मुकामहरूमा पद तथा गोपनीयताको शपथग्रहण भएको छ । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराएका छन् ।

आइपुगे प्रदेश प्रमुख 

चार नम्बर प्रदेशका लागि नियुक्त प्रदेश प्रमुख बाबुराम कुँवर शनिवार पोखरा आइपुगेका छन् । उनलाई पोखरा विमानस्थलमा क्षेत्रीय प्रशासक लक्ष्मण अर्याल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, चार नम्बर प्रदेश प्रहरी प्रमुख कमलसिंह बमलगायतले स्वागत गरे । 

प्रदेश प्रमुखले लिए शपथ

सातै प्रदेशका नवनियुक्त प्रमुखहरूले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा शपथ गराइएको हो ।

प्रदेश सरकार हेर्न परराष्ट्रमा छुट्टै महाशाखा राख्ने सहमति

परराष्ट्र मन्त्रालयले विदेशी नियोगस्थित कूटनीतिक कर्मचारी घटाउँदै जाने नीति लिएको छ । परराष्ट्रले इजरायल, मलेसिया र हङकङ नियोगका पद अन्यत्र सारिसकेको छ । मलेसिया र इजरायलबाट घटाइएका दरबन्दी हालै स्थापना भएका दूतावासमा लगिएको छ ।

प्रदेश राजधानी कति पायक ?

सरकारका मन्त्री र प्रभावशाली नेताको प्रभावमा तोकिएका प्रदेशका अस्थायी राजधानीलाई लिएर धेरैतिर असन्तुष्टि छाएको छ । आफ्नो ठाउँलाई राजधानी बनाउनुपर्ने मागसहित धनकुटा, वीरगन्ज, दाङ र दिपायलमा आन्दोलन चर्केको छ । विराटनगर, जनकपुर, धनगढी, रूपन्देही राजधानी विवादमा परेका छन् भने सुर्खेत र पोखरालाई लिएर खासै विरोध देखिएको छैन । प्रदेश ३ को राजधानी हेटौंडा भौगोलिक हिसाबले ‘अपायक’ भन्दै प्रदर्शन र विरोध हुन थालेका छन् । 

आयोगले बुझायो प्रदेश प्रमुखलाई प्रदेशसभाको परिणाम

निर्वाचन आयोगले सातवटै प्रदेशसभाको सम्पूर्ण परिणाम छुट्टा छुट्टै सात प्रमुखलाई शुक्रबार बुझाएको छ । प्रदेश प्रमुखहरुले शितल निवासमा राष्ट्रपतिबाट सपथ लिएलगत्तै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेशसभा निर्वाचन प्रतिवेदन बुझाएका हुन् । आयोग पदाधिकारीहरु उक्त प्रतिवेदन बुझाउन शितल निवास पुगेका थिए ।