मोदीको बायोपिक चलचत्रिमा परेश रावलले अभिनय गर्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधरित बायोपिक चलचित्रमा  परेश रावलले अभिनय गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अभिनेता रावलले मोदीको भूमिका निर्वाह गर्न लागेका हुन् । 

आलिया–रणवीर निकटता

रणवीर कपुर सिद्धहस्त अभिनेता हुन् भन्नेमा अब शंका छैन । तर अझै पनि उनी सफल अभिनेता हुन् भन्नेमा शंका छ । जति नै मिहिनेत गरेका भएपनि ‘बम्बे भेल्भेट’, ‘जग्गा जासूस’ जस्ता पछिल्ला फिल्मले रणवीरलाई बक्सअफिस सफलता चखाउन सकेनन् ।

बलिउड अभिनेता अर्जुन रामपाल दम्पति अलग्गिए

बलिउड अभिनेता अर्जुन रामपाल र उनकी श्रीमती मेहर रामपाल अलग्गिएका छन् । उनीहरुले २० वर्षको वैवाहिक सम्बन्धलाई ब्रेक लगाएका हुन् ।

बलिउड जोडीहरुका उमेरको अन्तर: ६ महिनादेखि २८ वर्षसम्म

दुई धड्कनको मेललाई उमेरले कुनै छेकबार गर्दैन । जब माया पिरतीको कुरा आउँछ, उमेर, जात र धर्मले कुनै फरक पार्दैन ।
ADVERTISEMENT

बलिउड अभिनेत्री साेनम कपुर विवाह बन्धनमा बाँधिँदै

बलिउड अभिनेत्री सोनम कपुर विवाह बन्धनमा बाधिँने भएकी छिन् । आफ्नो प्रेमी आनन्द अहुजासँग सोनमले विहे गर्न लागेकी हुन् । 

यी हुन् बलिउड कलाकारका महंगा अंगरक्षक

बलिउड कालकारहररुको हरेक गतिविधिको बारेमा चासो हुन्छ । सधैँ सुरक्षाकर्मीका साथ हिँड्ने यी सुपरस्टारहरुको सुरक्षा अाखिर कसले गर्छ ? 

सलमानकाे रेस-३ काे पाेष्टर सार्वजनिक

सलमान खानकाे अागामी फिल्म रेस–३ को पोष्टर सार्वजनिक भएकाे छ  । बलिउड स्टार खानले सोमबार आफ्नो ट्विटर एकाउन्टमा फिल्मको फस्ट लुक्स सार्वजनिक गरेका छन् ।

बर्थ डे केक काट्दै अमिरले श्रीमतीलाई किस गरेपछि....

जन्मदिन मनाउन मुम्बई पुगेका बलिउड अभिनेता अमिर खान रोमान्टिक बनेका छन् । ठग्स अफ हिन्दुस्थानको सुटिङका क्रममा जोधपुर रहेका अमिर मुम्बई पुगेर श्रीमती किरण राओलाई मिडिया कै अगाडि किस गरे ।

अरबाज खानले भने, ‘दबंग- ३ को सुटिङ यसै वर्षबाट’

फिल्म अभिनेता एव‌‌‌‌ निर्माता अरबाज खानले आफ्नो अगामी फिल्म ‘दबंग–३’को सुटिङ  २०१८ को मध्य मेबाट सुरु हुने बताएका छन् ।

विकिपिडियामा धेरै खाेजिने मध्ये शाहरुख खान दाेस्राे नम्बरमा

चर्चित बलिउड अभिनेता शाहरुख खान विकिपिडियामा धेरै खोजिने सेलिब्रेटीहरुको सूचीमा परेका छन् ।

चम्किए राजकुमार

भारतको मुम्बईमा आयोजित ६३ औं फिल्मफेयर अवाड्र्समा ‘हिन्दी मिडियम’ सर्वोत्कृष्ट फिल्म बन्दा ‘न्युटन’ ले क्रिटिक्स अवार्डको उत्कृष्ट फिल्मको उपाधि चुमेको छ । इरफान खान र विद्या बालनले पपुलर क्याटेगोरीतर्फको उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको अवार्ड जिते भने राजकुमार रावलाई ‘ट्रयाप्ड’ फिल्मले उत्कृष्ट अभिनेताको क्रिटिक्स अवार्ड दिलायो । ‘सिक्रेट सुपरस्टार’ की जायरा वसिमले पनि उत्कृष्ट अभिनेत्रीको क्रिटिक्स अवार्ड हात पारिन् ।

बलिउड अभिनेता सोहेल खान काठमाडौंमा

बलिउड नायक सलमान खानका भाइ एवं फिल्म निर्देशक, निर्माता तथा अभिनेता सोहेल खान काठमाडौं आइपुगेका छन् । आगामी फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टको पक्का गर्न उनी नेपाल आएका हुन् । 

बलिउडका पुनर्मिलन

अभिनेताद्वय अमिताभ बच्चन र शत्रुघ्न सिन्हाबीचको वैमनस्य बलिउडका लागि कुनै बेला नयाँ समाचार पटक्कै थिएन । ‘काला पत्थर’, ‘शान’ जस्ता फिल्ममा एकसाथ काम गरेका उनीहरू ‘दोस्ताना’ निर्माणताका एक–अर्काका वैरी बने । अमिताभले शत्रुघ्नसँग काम नगर्ने घोषणा गरिदिए । त्यसअघि पनि केही फिल्ममा उनीहरूले एक–अर्काको मुखै नहेरी छायांकन गरेका थिए ।

बलिउडका प्रतीक्षित फिल्म

सन् २०१८ मा केही बलिउड फिल्म ‘मस्ट अवेटेड’ बनेर आउने निश्चितप्राय: भइसकेको छ भने केहीले ‘रिलिज डेट’ तोकिसकेका छैनन् । यस्ता छन्, २०१८ मा अत्यधिक प्रतीक्षा गरिएका बलिउडका १० फिल्म :

बलिउडका स्टार किड

बलिउडका स्टार किडहरू आफ्ना बाबुआमालाई नै पछयाउने क्रम बढदो छ । स्टार किडकै रूपमा आएका रनवीर कपुर, सोनम कपुर, सोनाक्षी सिन्हा, आलिया भट्ट, वरुण धवन अहिले बलिउडमा स्थापित भइसकेका छन् ।

बलिउडका चर्चित हल्लाहरु

बबलिउडलाई बाहिरबाट जति ग्ल्यामरस र चमकधमक देखिन्छ, यहाँ टिकिरहन भने निकै कठिन मानिन्छ । कति चर्चित कलाकारहरू मरेको, गरिबीको कारणले सडकमा माग्दै गरेको खबरहरू बेलाबेला आइरहन्छन् । बलिउड सेलेब्रिटीबारे यस्ता समाचारहरू हल्ला मात्र हुने गरेको प्रमाणित भएको पनि छ ।

बलिउडका घनिष्ठ

रणवीर सिंह र अर्जुन कपुरलाई बलिउडका बेस्ट बडिज मानिन्छ । यी दुईको मित्रता यति प्रगाढ छ, उनीहरूले एकअर्कासँग कुरा नगरेको दिन हुँदैन ।