आर्सनल युरोपा लिगको सेमिफाइनलमा

ड्यानी वेलबेक र आरोन राम्जीको दोस्रो हाफको गोलको मद्दतले आर्सनलले सीएसकेए मस्कोलाई समग्रमा ६-३ ले हराउँदै युरोपा लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । 

मलेसियामा हिमालयन गोल्डकप हुने

मलेसियाको ऐतिहासिक राष्ट्रिय सम्पदा सूचीमा रहेको ‘स्टेडियम मर्डेका’ मा पहिलोपल्ट नेपाली फुटबल प्रतियोगिता हुने भएको छ । यसअघि दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय स्तरका खेलकुद एवं सांगीतिक कार्यक्रम हुने गरेको उक्त स्टेडियममा चिनियाँ नयाँ वर्षको अवसरमा ‘हिमालयन फुटबल गोल्डकप २०१८’ हुने भएको हो ।

सुजलको ह्याट्रिक

लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबले मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबलमा आइतबार रमपम झापा ११ लाई ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सुरुआतमै लय गुमाउँदा झापाले छिमेकी जिल्लाको यात्रा टुंग्याएको छ । 

अगुइरोको ह्याट्रिक

सर्जियो अगुइरोको ह्याट्रिकमा म्यानचेस्टर सिटीले शनिबार न्युक्यासल युनाइटेडलाई ३–१ ले पराजित गरी इंग्लिस प्रिमियर लिगको अंकतालिकामा पुन: १२ अंकको अग्रता लिएको छ । गत साता लिभरपुलसँग ४–३ ले पराजित भएपछि घरेलु फुटबलमा सिटीको ३० खेलको अपराजित यात्रा टुंगिएको थियो । 

चेल्सीको चार गोल

चेल्सी शनिबार ब्राइटनलाई ४–० ले पराजित गरी इंग्लिस प्रिमियर लिगको अंकतालिकामा म्यानचेस्टर युनाइटेडसँगै दोसो स्थानमा रहेको छ । चेल्सी र युनाइटेड दुवैको समान ५० अंक छ, तर एक खेल कम खेलेको म्यानचेस्टर गोलभिन्नताका आधारमा अगाडि छ ।