सोचेजस्तो छैन तयारी

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेटको सर्वोच्च निकाय निलम्बनमा परेको असर कतिसम्म छ भने त्यो वर्तमान राष्ट्रिय टोलीलाई हेरे पुग्छ । नेपाली क्रिकेटको भविष्यसँग जोडिएको विश्व क्रिकेट लिग डिभिजन २ नजिकिए पनि नेपाली टोलीको तयारीले सोचेअनुरुप गति लिन सकेको छैन । 

कोहली वर्षका उत्कृष्ट क्रिकेटर

विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले विराट कोहलीलाई वर्षका उत्कृष्ट क्रिकेटर चुनेको छ । क्रिकेटका सबै संरचनामा उस्तै प्रदर्शन गरेपछि भारतीय कप्तान उत्कृष्ट बनेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रदान गर्ने वार्षिकी अवार्डमा अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ वर्षका उत्कृष्ट टेस्ट खेलाडी बने । 

कोहलीको उत्कृष्ट शतक

भारतीय कप्तान विराट कोहलीले अघिल्लो दिनको लय जारी राख्दै दोस्रो टेस्टको तेस्रो दिन शतक पूरा गरेका छन् । सोमबार कोहलीले भारतको अन्तिम विकेटका रूपमा पेभेलियन फर्कनुअघि २१ औं शतक प्रहार गर्दै १ सय ५३ रन जोडे । भारत पहिलो इनिङ्समा ३ सय ७ रनमा अलआउट भयो, जुन दक्षिण अफ्रिकाको पहिलो इनिङ्सको स्कोरभन्दा २८ रन कम हो ।

कोहली भारतलाई सम्हाल्दै

भारतीय कप्तान विराट कोहलीको अविजित इनिङ्ससँगै भारतले दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टमा फर्कने प्रयास गरेको छ । दोस्रो दिनको खेल सकिँदासम्म पहिलो इनिङ्समा १८३–५ को स्थितिमा रहेको भारत अझै १ सय ५२ रन पछाडि छ । भारतका लागि कोहली ८५ तथा हार्दिक पाण्ड्या ११ रनमा ब्याटिङ गरिरहेका छन् ।

यी हुन् उत्कृष्ट

अघिल्लो साता त्रिभुवन विश्वविद्यालयको ४३ औं दीक्षान्त समारोह सम्पन्न भयो । त्रिविका ६० आंगिक र १ हजार ८५ सम्बन्धन प्राप्त क्याम्पसका ६० हजार बढी दीक्षित हुन योग्य थिए । यसपालि प्रसन्नकुमार तामाङले त्रिविकै सर्वोत्कृष्ट विद्यार्थी भएर चान्सलर पदक, प्राध्यापक संघ स्वर्ण पदक, रामकृष्ण मानन्धर स्वर्ण पदक हात पारे ।