कृषि

असिनापानीले गहुँमा क्षति

असिनाले जिल्लाको पश्चिम भेगको गहुँ बालीमा ठूलो क्षति पुगेको छ । कालीगण्डकी गाउँपालिकाका विभिन्न स्थानमा असिनापानीले नोक्सान पारेको किसानले बताएका छन् ।

जनप्रतिनिधिको कृषि कर्म

नारायण नगरपालिका २ जारकोटकी रत्ना थापा नगर कार्यपालिका सदस्य हुन् । उनको अधिकांश समय कृषिकर्ममै बित्ने गरेको छ । जनप्रतिनिधिका रूपमा गर्नुपर्ने कामबाहेक अरू सबै समय कृषि व्यवसायमै लगाउने गरेको उनी बताउँछिन् । रत्नाका पति क्षेत्रबहादुरले पनि कृषिलाई केही वर्षदेखि व्यावसायिक कर्म बनाएका छन् ।

कृषि सुधार्न के गर्ने ?

हाम्रो खानेकुराको मुख्य स्रोत कृषि पलायनको संघारमा छ । आधुनिक भनिने औद्योगिक कृषि घट्दो उत्पादन, उत्पादनशीलता, मानव तथा प्रकृतिको स्वास्थ्यमा देखिएका विकराल समस्याले ग्रसित हुन पुगेको छ ।

कृषि पेसामा लागे राजी समुदाय

कैलालीको भजनी नगरपालिका ९ भुरुवाका राजी समुदाय कृषि पेसातिर आकर्षित हुनथालेका छन् । पुख्र्यौली पेसाले जीवन धान्न नसकेपछि उनीहरु तालिम नै लिएर खेतीपातीमा लागेका हुन् ।

कृषि कर्जा २० प्रतिशतले बढयो

गत आर्थिक वर्षमा कृषि कर्जा करिब २० प्रतिशतले बढेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा गत असारसम्म कृषि क्षेत्रमा ९१ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ४.७ प्रतिशत हो ।

कृषि उत्पादनमा रूपन्देही आत्मनिर्भर

रूपन्देही धान, गहुँ र हरियो तरकारीमा आत्मनिर्भर बनेको छ । व्यावसायिक किसान बढ्दै र उन्नत प्रविधि, बीउ तथा उचित मलको प्रयोगले बर्सेनि उत्पादनमा वृद्धि भएको छ ।
ADVERTISEMENT