इन्टरनेट बैंकिङ सुरु गर्दै कृषि विकास बैंक

कृषि विकास बैंकले इन्टरनेट बैंकिङ सुरु गर्ने भएको छ । आधुनिक बैंकिङ प्रयोगमा ल्याउने प्रक्रियाअन्तर्गत छिट्टै इन्टरनेट बैंकिङ पनि सञ्चालनमा ल्याउन लागिएको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलालले बताए ।

बेलायतमा बैंकिङ क्षेत्रमा आमुल परिवर्तन

आधुनिक डिजिटल प्रविधिमार्फतबेलायतको बैंकिङ क्षेत्रमा यसै सातादेखि आमुल परिवर्तन भएको छ । प्रविधिमार्फत सरकारले अर्थ व्यवस्थापन तथा बैंकिङको आधारभूत नियममा वृहत परिवर्तन गरेको हो ।

बैंकिङ समूहको कारोबार बढ्दो

पछिल्ला साताहरूमा कुल कारोबारमा बैंकिङ समूहको हिस्सा बढ्दो छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई १० वटा समूहमा वर्गीकरण गरी कारोबार गराउँदै आएको छ । तीमध्ये बैंकिङ समूहको हिस्सा प्राय: धेरै रहन्छ । तर, केही महिनायता बैंकिङ समूहको हिस्सा घट्दो क्रममा थियो ।

बैंकिङ सुरक्षामा ध्यान देऊ

एनआईसी एसिया बैंकको विदेशमा रहेको खाताबाट रकम चोरी भएको विषयले समग्र वित्तीय क्षेत्रको सुरक्षामा प्रश्न उठाइदिएको छ । उक्त घटनालगत्तै नेपाल राष्ट्र बैंकले थालेको अनुसन्धान, छलफल र अन्य वित्तीय संस्थाले गरेको पहलले सुरक्षामा चासो बढेको देखिन्छ । सँगसँगै धेरै वित्तीय संस्थाहरूमा बढेको त्रासले सूचना–प्रविधिलगायतका क्षेत्रमा सुरक्षा जोखिम पनि रहेको देखाउँछ ।

स्थानीय तहमा पुगेन बैंकिङ सेवा

नेपाल राष्ट्र बैंकले वित्तीय संस्थालाई स्थानीय तहमा केन्द्रित भएर सेवा प्रदान गर्न निर्देशन दिए पनि अझ गाउँगाउँसम्म बैंक पुग्न सकेका छैनन् । सुर्खेतका नौमध्ये पाँच स्थानीय तहमा अझै बैंक छैन ।

पूर्वी रुकुमबाट बैंकिङ कारोबार

गत असोज १९ देखि औपचारिक रूपमा छुट्टै जिल्लाका रूपमा कामकाज सुरु गरेको रुकुमपूर्वका सरकारी, गैरसकारी कार्यालय र सर्वसाधारण बैंकिङ कारोबारका लागि अर्को जिल्ला जानुपर्ने बाध्यता टरेको छ । सदरमुकाम रुकुमकोटमा नेपाल बैंक लिमिटेड शाखा स्थापनासँगै अब रुकुम पूर्ववासी बैंकिङ कारोबारका लागि अर्को जिल्ला पश्चिम जानुपर्ने बाध्यता टरेको हो ।

नबिल भाइबर बैंकिङ सेवा सुरु

नबिल बैंकले नबिल भाइबर बैंकिङ सेवा सुरु गरेको छ । यो सेवा भाइबर प्लेटफर्ममार्फत उपलब्ध गराइएको बैंकले जनाएको छ ।

ग्लोबल आइएमईको भाइबर बैंकिङ

ग्लोबल आईएमई बैंकले भाइबरमार्फत बैंकिङ सेवा सुरु गरेको छ । भाइबर बैंकिङ सेवामार्फत ग्राहकले मोबाइल, ल्यापटप, टयाबलेट, कम्पुटरलगायतबाट बैंकिङ सेवाको बारेमा जानकारी लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।