बिष्ट कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित

अमेरिकास्थित जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्ट, नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेस सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाले बिष्टलाई सो पदमा नियुक्त गरेका हुन् ।

पप गायक बिष्टको सहयोगार्थ कार्यक्रम

पप गायक ओमबिक्रम बिष्टको उपचारमा सहयोगका लागि इन्टरनेसनल नेप्लिज आर्टिस्ट सोसाइटी (इनास) ले आउँदो शनिबार अमेरिकाको भर्जिनियामा एक साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको इनासका सचिब कृष्ण श्रेष्ठले बताएका छन् ।

तामाङ सोसाइटी अफ उत्तर अमेरिकाकाको अध्यक्षमा लक्यान लामा

तामाङ सोसाइटी अफ उत्तर अमेरिकाको अध्यक्षमा लक्यान लामा सर्वसम्मत चयन भएका छन् ।  न्यूयोर्कमा हालै सम्पन्न प्रथम उत्तर अमेरिका तामाङ सम्मेलन २०१८ ले अध्यक्षमा लामा र महासचिवमा डोल्मा घिसिंङसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

भर्जिनियामा ल्होछार मनाइयो

ग्रेटर वासिंटन तमु समाजले अमेरिकाको भर्जिनियामा खि ल्होछार मनाएको छ । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले प्रमुख अतिथिका रुपमा उपस्थित थिए । 

अमेरिका बस्ने 'माक्क फुँई'हरुको आत्मरति 

अमेरिकामा अनेकौं किसिमका संघ संगठनहरु खोल्ने र त्यसको पधाधिकारी हुँ भनेर आफै खुशी हुने चलन बढ्दो छ । तर यसबाट बास्तबमा के कस्तो फाइदा हुन्छ पंक्तिकारले बुझ्न सकेको छैन । यो तिनै पदाधिकारीहरुको आत्मरति मात्र हो । 
ADVERTISEMENT

न्यूयोर्कमा ल्होछार कार्यक्रम सम्पन्न 

तमु सोसाइटी अमेरिकाले विविध कार्यक्रमको आयोजना गरी ज्याक्सन हाइटस्थित बेलेजिनो हलमा ल्होछार मनाएको छ । चरा वर्गको विदाई र कुकुर वर्गको आगमनलाई गुरुङहरुले स्वागत गरेका हुन् ।

अमेरिका जाँदै नेपाल आइडल

नेपाल आइडलका टप तीन विजेता अमेरिका जाने भएका छन् । ‘नेपाल आइडल यूएसए टुर २०१८’ का लागि केटीएम इन्टरटेन्मेन्टले बुद्ध लामा, निशान भट्टराई र प्रताप दासलाई अ‍ेमरिकाका आठ सहरमा उपस्थित गराउँदै छ ।