अस्ट्रेलियामा सोमबारदेखि ग्राण्डस्लाम टेनिस प्रतियोगिता

यस वर्षको पहिलो ग्राण्डस्लाम टेनिस प्रतियोगिता सोमबारदेखि अस्ट्रेलियामा सुरु हुँदैछ । मेलबर्न पार्कमा हुने प्रतियोगिता २८ तारिखसम्म चल्नेछ । 

अष्ट्रेलियाका नेपालीमा मानसिक रोगको समस्या बढ्दो

एक सातामा दुईजना नेपालीद्धारा आत्महत्या गरेको घटना सेलाउन नपाउँदै सोमबार एक नेपाली विद्यार्थीले आत्महत्याको धम्की दिदै नेपालका परिवारमा सन्देश पठाए । लगत्तै सिड्नी र मेलबर्नका नेपालीहरुले प्रहरी, एम्बुलेन्सलाई उद्दारका लागि खबर गर्नुपऱ्यो ।

अष्ट्रेलियामा ल्होछारको रौनक

अष्ट्रेलियाका विभिन्न सहरमा तामाङहरुको ल्होछार पर्व भव्य रुपमा मनाएका छन् । यसवर्ष नेपालबाट आएका कलाकारहरुले अष्ट्रेलियाको ल्होछारमा रौनक थपेका थिए । 

अष्ट्रेलिया आउँदै हुनुहुन्छ ? यि कुराहरुमा ध्यान दिनुस्

अष्ट्रेलिया अहिले नेपाली बिद्यार्थीहरुको पहिलो रोजाई बनिरहेको छ । अष्ट्रेलियामा मेहनती बिद्यार्थीहरुको लागि पैसा मात्र नभएर भविश्य पनि राम्रो छ । सामान्यतय: बिद्यार्थी कै रुपमा प्रवेश गर्ने नेपाली युवायुवतीहरुको लागि अष्ट्रेलिया 'ड्रिमल्याण्ड' बन्दै गएको भएपनि आउने समयमा यहाँको बारेमा सामान्य अनुसन्धान र अध्ययन नगरी आउने कारणले बिभिन्न समस्याहरु आउने गरेको छ ।

सिड्नीमा एकसातामा ३ नेपालीको मृत्य

अष्ट्रेलियाको सिड्नीमा एकसाताको अवधिमा ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक विद्यार्थी, एक नेपाली नर्स र एक वृद्ध महिला छन् । 

सिड्नीमा सामुन्द्रिक विमान दुर्घटना, ६ को मृत्यु

आइतबार सिड्नीको दक्षिणी क्षेत्रमा भएको सामुन्द्रिक विमान दुर्घटनामा पाईलट सहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विश्वको प्रख्यात र ठुलो हस्पिटालिटी कम्पनी ‘कम्पास’का प्रमुख रिचार्ड कुसन सहित ११ वर्षीया बालिका समेत रहेका छन् । 
ADVERTISEMENT
ADVERTISEMENT

नयाँ वर्ष मनाउने यस्ता छन् अस्ट्रेलियाका नेपालीको योजना

सिड्नीका मिलन अधिकारी नयाँ वर्षको आतिशवाजी (फायरवर्कस) हेर्नका लागि आइतबार बिहानदेखि हार्बर ब्रिजको उपयुक्त स्थानमा पाल टाँगेर बसिसकेका छन् । दक्षिण अस्ट्रेलियाका डा. रामकृष्ण निरौलाले पनि परिवारसहित आइतबार दिउँसो नै ग्लेनेल बीचमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।

अष्ट्रेलियामा नयाँ वर्षका लागि ब्यापक सुरक्षा

पछिल्लो समयमा विभिन्न आतंकवादी प्रकृतिका घटनाहरु बढ्दै गएपछि अष्ट्रेलियाले सिड्नी र मेलबर्नमा सुरक्षा ब्यवस्था कडा बनाएको छ । मुख्य गरेर नयाँवर्षको अघिल्लो दिन हुने आतिशवाजीलाई मध्यनजर गरेर अष्ट्रेलियाले बिभिन्न फरक सुरक्षा योजनाहरु अपनाएको हो । पछिल्लो समयमा विभिन्न आतंकवादी प्रकृतिका घटनाहरु बढ्दै गएपछि अष्ट्रेलियाले सिड्नी र मेलबर्नमा सुरक्षा ब्यवस्था कडा बनाएको छ ।

अष्ट्रेलिया बलियो

डेविड वार्नरको शतक र बक्सिङ डेमा लगातार चौथो शतकतर्फ अग्रसर कप्तान स्टिभ स्मिथको प्रदर्शन मदतले अष्ट्रेलियाले चौथो एसेज टेस्टमा मंगलबार इंग्ल्यान्डविरुद्ध बलियो सुरुआत लिएको छ ।

दशैं मनाउन अष्ट्रेलिया

अष्ट्रेलियामा रहेका आफ्ना छोराछोरीहरुसँग यसबर्षको दशैं मनाउन गत शनिबार मात्रै करिब डेढ दर्जन अभिभावक नेपालबाट सिड्नी उत्रिए । आज मंगलबार सोही संख्यामा सिंगापुर एयरलाइन्सबाट अभिभावकहरु दक्षिण अष्ट्रेलियाको एडिलेड एयरपोर्ट आइपुगे ।

अष्ट्रेलिया आउने विद्यार्थीलाई निशुल्क एयरपोर्ट सेवा

उच्च शिक्षाका लागि अष्ट्रेलिया आउने नेपाली विद्यार्थीहरुलाई मेलबर्न र सिड्नीमा रहेका युवाहरुले एयरर्पार्टबाट नि:शुल्क पिकअप लगायतका सेवाहरु सुरु गरेका छन् ।

नेपाल–अष्ट्रेलिया सचिवस्तरीय संयन्त्रको अर्थ

अष्ट्रेलिया र नेपालको द्विदेशीय सम्बन्ध कायम भएको ५७ बर्ष बितिसक्दा अहिलेसम्म राजदुताबास स्थापना गर्ने बाहेक केही उल्लेख्य दोहोरो सम्झौता हुन सकेको थिएन । कमसेकम नेपालले अष्ट्रेलियाजस्तो एक्लो महादेशीय राज्यसँग सचिवस्तरको संयन्त्र निर्माण भएको छ । यसलाई सकारात्मक पक्ष मान्न सकिन्छ ।