बलात्कार घटना बढे

सुर्खेतमा बलात्कारका घटना बढेको एक प्रतिवेदनले देखाएको छ । ६ महिनाको अवधिमा भएका मानवअधिकार उल्लंघनका घटनामध्ये सबैभन्दा बढी बलात्कारका छन् । 

बालिका बलात्कृत 

तल्कोट गाउँपालिका वडानम्बर २ मा एक जना बालिकाको बलात्कार भएको छ । सुस्त मनस्थिती भएकी ती बालिकालाई स्थानीय ४० वर्षीय फिट्टु कुँवरले बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् । 

रौतहटमा दुई बालिका बलात्कृत

रौतहटको गुजरा नगरपालिका–८ का रमेश रामले छिमेकी दुई बालीकालाई बलात्कार गरेका छन् । वैशाख १० गते सोमबार अपरान्ह रामले बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको पीडित परिवारले जनाएकाे छ ।

बलात्कार न्यूनीकरणको बाटो

नेपालमा बलात्कार आजभोलि बढ्यो भन्ने म मान्दिन, पक्कै पनि समाज परिवर्तन हुदै गर्दा केही अवयव परिवर्तन हुन्छन् र त्यहाँ शक्तिको नयाँ स्वरूप सिर्जना हुन्छ, अनि हिंसा वा अर्को रूप बलात्कार ।

बलात्कार घटना बढ्दै

प्रदेश १ मा बलात्कारको घटनामा कमी नआएको प्रहरी तथ्यांकले देखाएको छ । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले पछिल्ला तीन वर्ष अवधिको तथ्यांकले जबरजस्ती करणी घटना बढेको देखाएको हो । यो अवधिमा ७ सय ४२ मुद्दा दर्ता भएको र ८ सय १ जनालाई पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।

कस्तो पुरूषले बलात्कार गर्छ ?

बलात्कारका समाचार रेडियो/पत्रिकामा मात्रै होइन, म्यासेजमा पनि आउँछन् । यस्ता समाचार/सन्देशले भावनात्मक रूपमा धेरै नै दिमाग हल्लाउँछन् र मन खल्बलिन्छ । यस्ता घटना र यसको प्रकृतिको फेहरिस्त यहाँ प्रस्तुत गर्न मन लागेन । सबै घटनाले उत्तिकै मुटु हल्लाएका छन् ।
ADVERTISEMENT

बलात्कार प्रयासको आरोपमा ७ जना पक्राउ

४ दिन अघि कैलारी गाँउपालिका–१ दक्षिण मन्झरामा स्थानीय महिलालाई बलात्कार गर्न खोजेको अारोपमा कृष्ण चौधरीसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

‘बलात्कार’ का घटना खोज्ने तदारुकता

मुलुकका विभिन्न भागमा बलात्कारका घटना सार्वजनिक हुने क्रम बढेसँगै लमजुङ प्रहरीले वडा तहमै गएर घटनाबारे खोजबिनको तयारी गरेको छ ।

बलात्कार गर्न खोज्नेलाई कालोमसो र दुई लाख जरिवाना

कैलालीको दुर्गम गाउँमा एक महिलालाई बलात्कार गर्न खोज्नेलाई स्थानीयबासिले कालोमसो दलेर सजाय दिएका छन् । 

बलात्कार घटनामा वृद्धि

दिनहुँजस्तो बलात्कार र विभिन्न नाममा हुने महिला हिंसाका खबरले पत्रपत्रिकाका पाना रंगिएका हुन्छन् । त्यस्ता घटनासँग सम्बन्धित अपराधीहरू कति पक्राउ पर्छन् र कतिले सजाय पाउँछन् ? त्यो भने घटनाभन्दा निकै कम भएको सुन्नमा आउँछ ।

बलात्कार मुद्दामा शून्य सहनशीलता

जिल्लामा जबरजस्ती करणी मुद्दाको निष्पक्ष अनुसन्धान र छानबिन गरेर पीडितलाई न्याय प्रदान गर्न सरोकारवालाले माग गरेका छन् ।

दुई बालिका बलात्कृत, पैसा दिने प्रलोभन दिई छिमेकीबाटै बलात्कार

कञ्चनपुरको भीमदत्त नगरपालिका १० जिमुवामा एक व्यक्तिले दुई बालिका बलात्कार गरेका छन् । स्थानीय २१ वर्षिय किसन नाथले पैसा दिने प्रलोभन देखाई ७/८ वर्षकी दुई बालिकालाई सोमबार सॉझ बलात्कार गरेको प्रहरीले जनाएको छ । 

किशोरीमाथि सामूहिक बलात्कार

धनुषाको सहिदनगर नगरपालिका–८ बिसरभोराकी एक किशोरीलाई दुई युवाले बलात्कार गरेका छन् । गाउँ घुमेर घरमा सुत्न जान लगेकी बालिकालाई स्थानीय दुई युवाले बलात्कार गरेका हुन् ।

राजधानीमै बढ्यो बलात्कार

राजधानी जिल्ला काठमाडौंमा पछिल्ला दिन भएका बलात्कारका घटनाले प्रहरी प्रशासनलाई नै झस्काइदिएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार फागुन १ देखि चैत १३ भित्र काठमाडौंमा जबरजस्ती करणीका २६ उजुरी परेका छन् ।

ट्यांकर चालकद्वारा किशोरीमाथि बलात्कार

तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् । सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको हो ।

बन्धक बनाएर सामूहिक बलात्कार : पक्राउ परेका ५ जनाको म्याद थप

१५ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार आरोपमा पक्राउ गरेका पाँच जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर प्रहरीले जबर्जस्ती करणी मुद्दामा अनुसन्धान थालेको छ ।

बन्धक बनाएर सामूहिक बलात्कार

बल्खुबाट तीन साताअघि १५ वर्षीया एक किशोरी हराइन् । तीन/चार दिनसम्म फेला नपरेपछि अभिभावकले बालबालिका खोजतलास केन्द्र काठमाडौंमा निवेदन दिए ।

बलात्कार मुद्दाबाट उम्किन प्रतिवादीबाटै मुद्दा

महानगरपालिका–११ राधेमाई निवासी ४५ वर्षीय महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जबरजस्ती करणीको उजुरी लिएर पुगिन । बुहारीका बुबाले जबरजस्ती करणी गरेको उनको आरोप छ । जबरजस्ती करणीका क्रममा शरीरमा चोटपटक लागेको उनले घाउ जाँच फारमसमेत पेस गरेकी छन् ।

दरबारमार्ग बलात्कार प्रकरणका मुख्य प्रतिवादी पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले दरबारमार्गको ल्यान्डमार्क होटलमा माघ ७ गते राति भएको सामूहिक बलात्कार घटनाका मुख्य प्रतिवादी शैलेश कार्कीलाई पक्राउ गरेको छ । 

पतिविरुद्ध बलात्कार मुद्दा

ठाकुरबाबा नगरपालिका १ सिंहवाहिनीकी ३६ वर्षीया महिलाले जबरजस्ती करणी आरोपमा पतिविरुद्ध आइतबार मुद्दा दायर गरेकी छन् ।

बलात्कार रोक्न स्थानीय तह परिचालित

बलात्कार र यौनजन्य क्रियाकलाप रोक्न सप्तरीका १८ वटै स्थानीय तहलाई सक्रिय पारिएको छ । बलात्कारका घटना दिनहुँ हुन थालेपछि त्यसलाई रोक्न प्रहरीसँगै स्थानीय तहलाई पनि परिचालन गरिएको छ ।