मुख्यमन्त्री

प्रदेश ७ः त्रिलोचन भट्ट मुख्यमन्त्रीमा नियुक्त

प्रदेश सातको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई नियुक्त गरिएको छ । उनी केही दिनअघि माओवादी केन्द्रको संसदीय दलको नेतामा सर्वसम्मत भएका थिए ।

प्रदेश ३ का मुख्यमन्त्री पौडेलले लिए शपथ

प्रदेश ३ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता डोरमणि पौडेलले सोमबार बिहान शपथ लिएका छन् । संघीय नेपालका ७ वटा प्रदेशमध्ये मुख्यमन्त्री नियुक्त हुने उनी पहिलो व्यक्ति हुन् । अन्य प्रदेशमा पनि मुख्यमन्त्री नियुक्ति प्रक्रियामा छ । 

प्रदेश ५ मा मुख्यमन्त्री नियुक्ति सम्भवत: भोलि

आइतबार मुख्यमन्त्री नियुक्तिको प्रस्ताव दर्ता भएको प्रदेश ५ मा सम्भवत: सोमबार प्रदेश प्रमुखको नियुक्ति हुने छ । 

प्रदेश ३ को मुख्यमन्त्रीमा डोरमणि नियुक्त, सोमबार शपथग्रहण

प्रदेश नं ३ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (१) बमोजिम संसदमा बहुमत प्राप्त दलको नेता पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले नियुक्त गरेकी हुन् ।