महाशिवरात्रि, पशुपति र बाबा (फोटो फिचर)

आज महाशिवरात्रि । फागुन कृष्ण चतुर्दशीको रात शिवालयमा रातभर जाग्राम बसेर मनाइने शिवरात्रिको रौनक पशुपतिमा हेर्न लायक थियो । सोमबार रातभर बसेका श्रद्धालुहरुले मंगलबार बिहान शिवलाई मनपर्ने बेलपत्र, पञ्चामृत, पञ्चगव्य र श्रीखण्ड अर्पण गरे । पशुपतिमा मंगलबार बिहानैदेखि नै दर्शन गर्ने श्रद्धालुको भीड थियो ।

शिवरात्रिमा सेताम्मे जुम्ला [फोटो फिचर]

सोमबार दिउँसोदेखि जुम्लामा हिमपात भएपछि जुम्ला सेताम्मे भएको छ । खलंगामै दुई फिट हिउँ जमेको छ । हिउँ परेसँगै हिउँमा रमाउनेहरु पनि त्यतिकै देखिन्छन् ।

शिवरात्रिमा ओलीको शुभकामना– विकास र समृद्धिमा सम्झौता हुँदैन

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रिका अवसरमा शुभकामना सन्देश जारी गर्दै विकास र समृद्धिमा कसैसँग सम्झौता नगर्ने बताएका छन् ।

आज महाशिवरात्रि

हिन्दु धर्मावलम्बीको महान् पर्व शिवरात्रि मंगलबार मनाइँदैछ । यो पर्व नेपाललगायत भारतका विभिन्न स्थानमा धुमधामसाथ मनाइन्छ । यस दिनलाई भगवान् शिवजीको जन्मदिनका रूपमा लिइन्छ । फाल्गुण कृष्ण चतुर्दशीको दिन शिव मन्दिरमा हिन्दु दर्शनार्थीको भीड लाग्छ ।

डोलेश्वरमा पनि साधुसन्त

महाशिवरात्रिका लागि केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साधुसन्तको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा स्वदेश तथा विदेशबाट ५ सयभन्दा बढी साधुसन्त आएको मन्दिर संरक्षण तथा विकास समितिले जनाएको छ ।