सुक्दै कर्णालीको भँगालो

गत वर्षको साउन अन्तिम साता कर्णालीमा आएको बाढीले लालमटियामा बालुवा र ढुंगा थुप्रियो । त्यसकारण पानीले निकास नपाएपछि कर्णालीको भँगालो सुक्दै गएको छ । बर्दिया निकुञ्जभित्रको लालमटिया हुँदै बग्ने २५ किमि लामो गेरुवामा पानी सुक्दै गएपछि वन्यजन्तुसमेत प्रभावित भएका छन् ।

पर्यटकीय गाउँ बनाउन कस्सिए स्थानीय

चरिरहेको बाख्रा एक्कासि हराएपछि खोज्ने क्रममा जमिनभित्रबाट कराएको सुनियो । लगातार आवाज आइरहेपछि सानो चेपबाट स्थानीय बासिन्दा डोरीको सहायताले आफैं भित्र पसे । बाख्रा त्यहीँ भेटियो । बुझ्दै जाँदा त्यो त गुफा पो रहेछ । त्यसअघि उनीहरूलाई यसको सुइँकोसम्म थिएन ।

‘सबै सँगसँगै हिँडौं’

शैक्षिक क्षेत्रमा निकै अगाडि रहेको स्याङ्जाका जनशक्ति देशकै उच्च तहमा पुगेका छन् । प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च शिक्षाका लागि पर्याप्त शिक्षालय छन् ।

काभ्रेलाई प्रदेश राजधानी तोक्न प्रस्ताव दर्ता

काभ्रेलाई प्रदेश राजधानी तोक्न ३ नम्बर प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।एमाले सांसद चन्द्रबहादुर लामा प्रस्तावक र सांसदहरु बसुन्धरा हुमागाईं, रत्नप्रसाद ढकाल र लक्ष्मण लम्साल समर्थक रहेर प्रस्ताव दर्ता गरिएको हो ।

कानुनी शून्यता

गत साता कर्णाली प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री र सभामुख सहितको टोली प्रधानमन्त्रीलाई भेट्न राजधानी काठमाडौँ आयो । प्रदेशमा सरकार बन्यो, तर कुनै काम गर्न नपाएपछि राष्ट्रपति निर्वाचनको सन्दर्भ पारेर आएका सरकारका सबै पदाधिकारीले प्रधानमन्त्रीलाई एउटै गुनासो गरे, ‘सरकार छ, तर केही काम गर्न पाइएको छैन । कि हामीलाई काम गर्ने वातावरण दिनुपर्‍यो, होइन भने अब प्रदेशमा सरकारका प्रतिनिधि बनेर हिँड्न गार्‍हो भइसक्यो ।’

अनुदान नपाउँदा निर्माण सुस्त

सरकारी आवास अनुदान नपाउँदा चौतारा साँगाचोकगढीको झयाडीमा निर्माणाधीन माझी एकीकृत बस्ती निर्माण अलपत्र परेको छ । अभिनेत्री श्वेता खड्काको पहलमा बन्न लागेको नमुना माझी एकीकृत आवास आर्थिक अभावले अलपत्र बनेको हो ।

विश्व क्षयरोग दिवस: बालबालिकालाई पनि औषधि

सर्ने खालको क्षयरोग (टीबी) लागेको बिरामीका घरका ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि औषधि दिन थालिएको छ । सरकारले चितवनसहित देशका ४२ जिल्लामा यस्तो अभियान सुरु गरेको हो ।

प्रदेश १ को सरकारमा जाने तयारीमा संघीय फोरम

प्रदेश १ को सरकारमा संघीय समाजवादी फोरम सहभागी हुने भएको छ । केन्द्रीय सरकारमा फोरम सहभागी भएलगतै प्रदेश सरकारमा समेत ल्याउने तयारी छ ।

अलमलमा प्रदेश सरकार

देशमा मुख्यमन्त्री र मन्त्रीहरू धमाधम शपथ लिँदैछन् । निकै उत्साहितसमेत छन् । तर मन्त्रालय पुगेपछि उनीहरूको उत्साह एकाएक मर्छ । मन्त्रालयमा जनशक्ति र भौतिक पूर्वाधारको अभाव त छँदै छ, कहाँबाट कसरी कुन स्रोत र कसलाई परिचालन गरेर काम थाल्ने टुंगो लाग्न नसक्दा अलमलमा पर्छन् ।