कान्तिपुर रजत यात्रा : कान्तिपुरको ‘तिमी’ 

समाचारमा ठूलालाई ‘तपाईं’ र सानालाई ‘तिमी’ छापिन्थ्यो । यस्तो विभेद हटाउने अहिले पहिल्यै टुंगोमा पुगे पनि राजालाई ‘बक्स्यो’ लेख्नैपर्ने अवस्था थियो । अनि, लोकतन्त्र आएकै दिन साइत जुराइयो राजादेखि सर्वसाधारणसम्मलाई एउटै आदर ‘तिमी’ लेख्न । 

कान्तिपुर रजत यात्रा : ओडारबाट उद्धार

आँसु नुनिलो हुँदोरहेछ । जयपति चेपाङको अवस्था देखेपछि मात्रै मैले आँसुको स्वाद थाहा पाएँ । कतिखेर मेरो आँसु आँखाका डिल भत्काई गाला हुँदै मुखसम्म पुगेछ, थाहै पाइनँ !

कान्तिपुर रजत यात्रा : २९ करोडको सुडान घोटाला

‘भेट्दैमा के फरक पर्छ र ?’ एक सहकर्मीले कर गरेपछि म उनीसँगै शम्भु भारतीलाई भेट्न बानेश्वरको बेकरी क्याफे पुगेको थिएँ । त्यसअघि भारतीले भेटका लागि गरेको पटकपटकको आग्रह मैले अस्वीकार गर्दै आएको थिएँ ।

कान्तिपुर रजत यात्रा : डाक्टर केसीको झोला

गत असोज ९ गते सोमबार प्रा.डा. गोविन्द केसीले आफ्नो सम्भावित १२ औं अनशनबारे जानकारी दिन पत्रकार सम्मेलन डाकेका थिए । त्रिवि शिक्षण अस्पतालमा बिहान साढे ११ बजे उनी प्रहरीद्वारा समातिएका सहकर्मीहरू छुटेर आएपछि पत्रकार सम्मेलन सुरु गर्ने भनी पत्रकारहरूसँगै कुरिबसेका थिए । 

कान्तिपुर रजत यात्रा : समावेशी समाचार

संघीयता र समावेशिताजस्ता उपलब्धिहरूमा कान्तिपुर सधैँ सहयोगी रहयो । कान्तिपुरमा प्रकाशित लेखहरूमा धेरैले धेरै कुरा लेखे होलान्, तर सम्पादकीयमा कहिल्यै यी विषयहरूको विरोध भएन । बरु तिनलाई सघाउने गरी नै विषयहरूको उठान भयो ।

शान्तिदेखि संविधानसम्म

माओवादी अस्थायी शिविरमा बसेकै दिन (२०६४ मंसिर ५ गते) तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरे । यो शान्ति प्रक्रियाको सबभन्दा ठूलो सम्झौता थियो, जुन माओवादीलाई शान्ति प्रक्रियामा अवतरण गर्न कोसेढुंगा साबित भयो ।
ADVERTISEMENT
ADVERTISEMENT

जहाँ लेखक जन्मिए

आजको पुस्तक बजारमा पत्रकारका पुस्तकहरूको हस्तक्षेप बढिरहेको छ । पुस्तक प्रकाशन र प्रचारको होडबाजी छ । केही पुस्तक चर्चित र लोकप्रिय बनेका छन् भने केही पुस्तक जतिसुकै होहल्ला गरे पनि पानीको फोकाजस्तै बनेका छन् ।

न्युज–ग्राउन्ड

करिब ९ हजार मृत्यु र २२ हजार घाइते गराएको ७.८ म्याग्निच्युडको कम्पनले कान्तिपुरको तीनकुनेस्थित मुख्य कार्यालयसँगै सहकर्मीलाई पनि छिन्नभिन्न पारेको थियो । अति प्रभावित १४ जिल्लाका सबैजसो सहकर्मी नराम्ररी पीडित थिए । 

कान्तिपुर रजत यात्रा : सगरमाथा चुम्दा

२००३ को मे २२ तारिखका दिन म सगरमाथा टाकुरामा पुग्न सफल भएँ । लगत्तै काठमाडौंमा कान्तिपुर कार्यालयमा फोन गरेर नारायण दाइलाई यो अलौकिक खुसी साझा गरें । न्युजरुममा साथीहरू रमाएको आवाज मेरा कानसम्म पनि आयो ।

मधेस तातेका बेला

उग्र भाषण गरेर सडक तताउने मात्र होइन, जिम्मेवारी पाए जनताको मागबमोजिम विकास र समृद्धि पनि ल्याउन सक्छौँ भनी पुष्टि गर्न मधेसवादी दलका नेताहरूले प्रदेश नम्बर २ मा स्वर्णिम अवसर पाएका छन् । 

नाकाबन्दीका १३५ दिन

मधेसकेन्द्रित दलले ‘आफैंले’ मितेरी पुलमा धर्ना गरेको दाबी गर्दै आए पनि त्यसको दुई दिन अगाडिदेखि नै भारतीय भन्सारले नेपाल आउने मालवाहक सवारी रोकिसकेको थियो ।

जब पहिल्यै बजेट छापियो...

तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले संसद्भवनमा आर्थिक वर्ष २०६८/६९ को बजेट भाषण पढ्दै गर्दा बाहिर ढोकाछेउमा एक जना प्रहरी कान्तिपुर दैनिक पढ्दै थिए । जब अर्थमन्त्री अधिकारीले कर्मचारीको तलब ४२.८६ प्रतिशतले बढाएको छु भने ती प्रहरीले पत्रिका कुर्सीमा राख्दै चिच्याए, ‘बजेट त साँच्चिकै पो छापिएको रहेछ ।’ किनभने उक्त दिन बिहानै कान्तिपुर दैनिकमा ‘४२.८६ प्रतिशतसम्म तलब वृद्धि’ शीर्षकमा मुख्य समाचार मैले नै लेखेको थिएँ । 

एलसी काण्डका खलनायक

यस्तो काम गर्नु हुँदैन, जसका कारण राति निद्रा नलागोस् ।’ करिब २० वर्षअघि सार्वजनिक भएको देशकै ठूलो वित्तीय घोटला प्रतीतपत्र (एलसी) प्रकरण छानबिन गर्न गठित समितिका सदस्य राजनसिंह भण्डारीले त्यस बेलाको आफ्नो कामको गम्भीरतालाई यही भनाइबाट अथ्र्याएका थिए । 

ओपेडमा सात वर्ष

हालै कान्तिपुर दैनिका प्रधान सम्पादक सुधीर शर्माले ‘पब्लिकेसन्स २५ वर्ष पुगेकोमा प्रकाशन हँ‘दै गरेको विशेष अंकमा केही अनुभूति लेख्न’ आग्रह गरेपछि के लेख्ने, के नलेख्ने निकै द्विविधाग्रस्त भएँ म । कान्तिपुरमा १५ वर्ष बिताउँदा ‘करिअर’ सँग जोडिएका सुखद/दु:खद दुवैखाले अनुभूति छन्, मेरा । 

द्वन्द्वको क्लिक

सशस्त्र द्वन्द्वको प्राय: रिपोर्टिङ टेलिफोनबाट हुन्थ्यो । घटनास्थलमा कमै पुगिन्थ्यो । ०५७ असोज ८ मा डोल्पाको दुनै माओवादीले कब्जा गर्‍यो । माओवादी युद्ध देखाउन पनि प्रत्यक्ष रिपोर्टिङ कभरेज गर्नैपर्ने थियो । जिल्ला संवाददाता स्थलगत रिपोर्टिङ गर्न सक्ने अवस्थामा थिएनन् ।

किलो एट 

तीन दशकअघि जर्मनीबाट काइला काकाले ल्याइदिनुभएको सेकेन्ड ह्यान्डको मिनोल्टा क्यामेरा अहिले पनि झलझली सम्झन्छु । त्यतिखेर आईएल भर्ना भएको थिएँ । बिहान कलेज जान्थें, दिउँसो क्यामेरा भिरेर घुम्न जान्थें । रमाइलो गर्दै खिचेका फोटो हिमाल पत्रिका, क्रिस्चियन साइन्स मोनिटर, स्पार्क र इन्डिपेन्डेन्टलगायतमा छापिन्थ्यो । 

ती तीन घटना...

तस्बिर खिच्न न्युरोड पुगेका बेला पीपलबोटको चिया पसलमा योगेश उपाध्याय दाइले जम्काभेटमा भन्नुभयो, ‘भोलि प्रसूति गृह नजिकै पहिले औषधि व्यवस्था विभाग बसेको घरमा एकपटक भेट्न आइज । एउटा अंग्रेजी दैनिक पत्रिका काठमान्डु पोस्ट निकाल्दै छौं, कुरा गरौं ।’

बन्दुकको चेपमा 

अछाम जिविसमा एउटा टेलिफोन थियो । पाँच बजेपछि त्यसमा फ्क्यास मेसिन जोडिन्थ्यो । शुल्क थियो— प्रतिपाना सय रुपैयाँ । एलडीओले समाचार सेन्सर गर्थे । समाचार धेरै पाना भए केरमेट गरिदिन्थे ।

द्वन्द्व र पीडा देख्दा

०५४ भदौ २६ गते हुनुपर्छ । गोंगबु बसपार्कका भरियालाई सय पचास रुपैयाँ तिरेर नेपालगन्ज जाने बागेश्वरी रात्रिबसको छानामा रातो रंगको हिरो होन्डा ‘लोड’ गरेपछि मेरो पत्रकारिताको वास्तविक यात्रा सुरु हुन्छ । पत्रकारितामा त्यति खारिन नपाउँदै म मध्य तथा सुदूरपश्चिमाञ्चललाई समेटेरे नेपालगन्जमा भर्खरै खोलिएको कान्तिपुर पब्लिकेसन्सको क्षेत्रीय कार्यालय जाँदै थिएँ, सरुवा भएर । 

बल्झिरहेको बाँदरमुडे

यति ठूलो क्रूरता देखेर म आफैं पनि के गर्ने र नगर्ने भन्नेमा अन्योलग्रस्त थिएँ । बाहिर बम विस्फोट भएको थियो तर, मनभित्र प्रश्नैप्रश्न विस्फोट भइरहेका थिए । प्रश्नहरू सोध्ने हिम्मत गर्न सकेको थिइनँ, किनकि सबै भावविह्वल थिए । समाचारका लागि सूचना टिप्नुभन्दा पनि म आफैं पीडामा डुब्न थालेछु । 

रिपोर्टिङ स्कुल

सुदूरपश्चिममा कमैया मुक्ति आन्दोलन चलिरहेको थियो । त्यतिबेला कान्तिपुरलगायतका पत्रपत्रिकामा कमैयाका विषयमा समाचार त आउँथे तर बँधुवा मजदुरका रूपमा रहेका कमैयाको पक्षबाट नभई जमिनदारको पक्षमा हुन्थे । त्यसैले मलाई स्थलगत रिपोर्टिङ गर्न मन लाग्यो ।

मेरो विश्वविद्यालय

कान्तिपुरमा मैले आठ वर्ष बिताएँ । २०४९ भदौमा पत्रिका प्रकाशनको प्रारम्भिक तयारी चलिरहेकै समयमा सम्पादक योगेश उपाध्यायले मलाई बोलाउनुभएको थियो । अंग्रेजी दैनिक दी काठमाडौँ पोस्ट प्रकाशनको तयारीमा उहाँहरू चार महिनादेखि जुटिरहनुभएको थियो ।

पत्रकारितासामुका प्रश्न

नेपाल अहिले राजनीतिक परिवर्तनको तीव्रतम गतिमा छ । सन् १९४८ देखि सुरु भएको नेपालको राजनीतिक विकासक्रम (संविधान निर्माणको प्रक्रिया) पूरा हुन पूरै सात दशक लागेको छ । सन् २०१५ मा आएर संविधान निर्माणका प्रक्रिया टुंगिए पनि समाज निर्माणको प्रक्रिया टुंगिएको छैन ।

देशले झेलेको एउटा पात्र

अख्तियारका अभियुक्त लोकमानसिंह कार्की ‘नेपथ्य शक्तिकेन्द्र’ को दबाब र ठूला राजनीतिक दलहरूको सिफारिसमा त्यही अख्तियारको प्रमुख बनाइए । कान्तिपुरले त्यसविरुद्ध करिब ६ सय समाचार छाप्यो, नेताहरूको चेत खुलेन । अन्तत: साहसी प्रधानन्यायाधीश सुशीला कार्कीले ‘अयोग्य’ भन्दै कार्कीको नियुक्ति बदर गरिदिइन् । तर, उनका अनधिकृत हर्कत खुट्याउनु त परैको कुरो, दलहरूले विदेश भाग्न छुट दिए ।