कानुनविद्हरू भन्छन्- 'पराजुलीको अादेश प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन'

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवादबारे कान्तिपुरमा प्रकाशित समाचारका सन्दर्भमा उनकै इजलासले अन्तरिम आदेश जारी गर्दै प्रेसमाथि नै ‘सेन्सरसिप’ लगाउन खोजेको छ ।

प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति

जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममिति खुलेको छ । चितवनको शारदानगरस्थित श्री शारदा माविबाट लिएको स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) को विवरणअनुसार उनको जन्ममिति २००९ साल चैत १५ गते देखिन्छ ।

 ४ पटक जन्मे हाम्रा प्रधानन्यायाधीश

शनिबार प्रकाशित ‘प्रधानन्यायाधीशका ४ थरी जन्ममिति’ पढें । यो देशको नागरिकको हैसियतले आफंैलाई लाज लाग्यो । हामी कस्ता र कसको देशमा जन्मियौं ? हीनताबोधको महसुस भयो ।

विवादको घेरामा प्रधानन्यायाधीश

सार्वजनिक पदमा बसेपछि मानिसहरू कहिलेकाहीं विवादमा पर्छन् । कहिलेकाहीं चाहेर नचाहेर पनि अप्रिय निर्णय लिनुपर्ने हुन्छ । तर आफ्नो नितान्त व्यक्तिगत कारणले सदासर्वदा विवादमा परिरहनु, जानीजानी विवादास्पद बनिरहनु राम्रो होइन ।

प्रधानन्यायाधीश पराजुलीको ४ वटा जन्ममिति !

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति थप विवादित बनेको छ । उनको शैक्षिक अभिलेख रहने निकायमा दुई फरक जन्ममिति भेटिएको थप अर्को जम्ममिति खुलेको हो । कानूनी रुपमा भने २०१० साल बैशाख १६ गतेको जन्ममितिलाई न्यायपरिषदले मान्यता दिइसकेको छ । तर तीनवटा जन्ममितिका कारण उनीमाथि नैतिक प्रश्न जोडिएको हो । 
ADVERTISEMENT

प्रधानन्यायाधीश विरुद्ध निवेदन : न दर्ता, न दरपीठ

प्रधानन्यायाधीश गोपाल पराजुलीलाई विपक्षी बनाई दर्ता गर्न खोजिएको रिट निवेदन सर्वोच्च प्रशासनमा अलपत्र परेको छ । रिट निवेदन मनोज अधिकारीका अनुसार, दुई दिनदेखि न निवेदन दर्ता हुन्छ न दरपीठ नै ।सर्वोच्च अदालतले आफूकहाँ दर्ता गर्न आउने निवेदन दर्ता गर्नुपर्छ, साथै प्रचलित कानूनी मान्यता विपरितको माग निवेदनमा रहेछ भने प्रशासनले दरपीठ(निवेदन अस्विकार) समेत गर्न सक्छ । 

जिल्ला प्रशासनद्वारा प्रधानन्यायाधीश पराजुलीको नागरिकता विवरण दिन इन्‍कार 

जिल्ला प्रशासन कार्यालयले सर्वोच्च अदालतमा पठाई सकिएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता सम्बन्धी विवरण दिन इन्‍कार गरेको छ । नागरिक अभियन्ता डा. गोविन्द केसीलगायतले पराजुलीको नागरिकता सम्बन्धमा जानकारी माग्दै यही माघ १० गते जिल्ला प्रशासनमा निवेदन दिएको थियो ।

प्रधानन्यायाधीश विरुद्ध उजुरी दर्ता,

शैक्षिक प्रमाणपत्र र जन्ममितिबारे उठेका विवाद किनारा नलाग्दै प्रधानन्यायाधीश गोपाल पराजुली अर्को विवादमा मुछिएका छन् ।

‘अब प्रधानन्यायाधीश पराजुलीको पद के हुन्छ ?’ 

नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध बयानका क्रममा लगाएका ११ आरोपमध्ये दुइटामाथि छानबिन गर्न सर्वाेच्च अदालतले आदेश गरेसँगै न्यायालयमा प्रश्न खडा भएको छ, ‘अब पराजुलीको पद के हुन्छ ?’ 

डा. केसीले बयानमा भने, 'प्रधानन्यायाधीश पराजुलीलाई कारबाही गरे न्यायलयको गरिमा बढ्छ (पूर्णपाठसहित)

अदालतको अवहेलना मुद्दामा बयानका लागि सर्वोच्च अदालतमा उपस्थित गराएका सामाजिक अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायिक छानबिनको दायरामा ल्याई कारबाही गर्न माग गरेका छन् । 

डा. केसीको १४ औं अनसन प्रधानन्यायाधीश पराजुली विरुद्ध

प्रा डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको प्रमुख माग राखेर सोमबार दिउँसो ४ बजेदेखि अनसन सुरु गरेका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्‍मेलन गर्दै १४ औं अनसन सुरु गरेका हुन्।

जनतालाई न्याय सहज र छरितो बनाइन्छ : प्रधानन्यायाधीश पराजुली

पूर्वी नवलपरासीको कावासोतीमा पहिलो पटक जिल्ला अदालत स्थापना भएको छ । कावासोतीमा स्थापना भएको नवलपुर जिल्ला अदालतको प्रधानन्यायाधीश गोपाल पराजुलीले मंगलवार उद्घाटन गरे ।

प्रधानन्यायाधीश पराजुलीले भने, 'जनतालाई छिटो न्याय'

प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायलयले सर्वसाधारणलाई सेवा प्रदान गर्दा छिटो र विश्वासिलो प्रणाली थालिएको बताएका छन् । छिटो छरितो र सबैका लागि न्याय भन्ने भावनाअनुसार प्रतिबद्ध भएर न्यायलयले सेवाप्रवाह गरिरहेको उनले बताए ।

कामु प्रधानन्यायाधीश पराजुलीविरुद्धको निवेदन खारेज

सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश पदमा सिफारिस नगर्न मागसहित दायर रिट निवेदन बिहीबार खारेज गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेरका सम्बन्धमा कुनै पनि प्रमाणित आधार नभेटिएकाले रिट निवेदन खारेज गरेको हो । बुधबारदेखि कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएका पराजुलीलाई अब प्रधानन्यायाधीश बन्न बाटो खुलेको छ ।

पराजुलीलाई प्रधानन्यायाधीश नबनाउन रिट

उमेर र शैक्षिक योग्यतामा विवादित न्यायाधीश गोपाल पराजुलीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दर्ता भएको छ ।