विश्वासको मत माग्दै प्रधानमन्त्रीले भने– भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आइतबार विश्वासको मत माग्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका छन् ।विश्वासको मत माग गर्नेक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्री हुनका लागिमात्रै भएको होइन, देशका लागि केही गर्न प्रधानमन्त्री भएको हुँ, भ्रष्टचार गर्दिन, भ्रष्टाचार हुन दिन्न ।’

चिनौं चार नयाँ मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार रक्षा मन्त्रीमा एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्रीमा एमालेकै डा. युवराज खतिवडा, गृहमन्त्रीमा माओवादी केन्द्रका रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा माओवादीकै मातृका यादवलाई शपथ खुवाइन् ।

विकासका ‘मास्टर माइन्ड’ खतिवडा बने अर्थमन्त्री 

प्रधानमन्त्री केपी ओलीले एमालेले बनाउने आर्थिक विकास सम्बन्धि योजनाका ‘मास्टर माइन्ड’ मानिने डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएका छन्। 

ओली सरकारमा थपिए चार मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।प्रधानमन्त्री ओलीले एमाले र माओवादी केन्द्रका दुई-दुई जना मन्त्री थप गरे । फागुन ३ गते प्रधानमन्त्रीसँगै लालबाबु पण्डित र थममाया थापाले शपथ लिएका थिए । विस्तारित मन्त्रिपरिषद् ७ सदस्यीय भएको छ ।