पेसी सूचीमा रहेका केही इजलास बसे, केही अझै बसेनन्

पेसी सूची तोकिएको ३ घन्टासम्म पनि सर्वोच्च अदालतमा चारवटा इजलास बस्न सकेको छैन । न्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानन्यायाधीशको जन्ममितिबारे टिप्पणी गरेको भोलिपल्ट केही इजलासहरु बस्न नसकेका हुन् ।

विवादित प्रधानन्यायाधीश पराजुलीबाट राष्ट्रपतिले शपथ लिने कि नलिने ?

सर्वोच्च अदालतका न्यायाधीशले अयोग्य ठहर्‍याएका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिने कि नलिने भन्ने नवनिर्वाचित राष्ट्रपतिलाई नैतिक संकट सिर्जना हुने भएको छ ।

न्यायाधीशहरुको सुझाव लत्याउँदै प्रधानन्यायाधीश आफैंले पेसी सूची तोके

प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च अदालतका अन्य न्यायाधीशहरुको सुझाव लत्याउँदै म‌ंगलबार आफैंले पेसी सूची तोकेका छन् ।

न्यायालय प्रमुख विवादित हुनु राज्य संयन्त्र असफल : डा. बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले न्यायालय प्रमुख नै विवादित हुनु राज्य संयन्त्र असफल देखिएको बताएका छन् । 

न्यायाधीशको विवादबाट न्यायपालिका जोगाऔं

नेपालको न्यायपालिका अहिले चर्चाको शिखरमा छ । सकारात्मक कारणले चर्चाको शिखरमा पुग्नु सबैका लागि गौरवबोध हुन्थ्यो, तर नकारात्मक कारणबाट चर्चामा आउनु न्यायपालिकाको हितमा छैन । न्यायिक पद्धतिमा न्यायाधीश र न्यायपालिकाको अस्तित्व, कार्यक्षेत्र र व्यक्तित्व अलगअलग हुन्छ ।

मिडियालाई नियन्त्रण गर्न निशाना लगाउनु गलत: राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सञ्चारमाध्यमलाई अंकुश लगाउन सम्भव नभएको बताएका छन् ।पूर्वसञ्चारमन्त्रीसमेत रहेका मुख्यमन्त्री राईले तीनै तहमा नागरिक सरकार बनिसकेकाले संविधानविपरीतका कुनै पनि काम हुन नदिने बताए ।

कान्तिपुरविरुद्ध अवहेलना मुद्दामा बयान

अदालतको अवहेलना सम्बन्धमा कान्तिपुर पब्लिकेसन्सविरुद्ध परेको मुद्दामा आइतबारदेखि बयान सुरु भएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा आज कान्तिपुरका निर्देशक स्वस्तिका सिरोहियाको मात्र बयान लिइएको छ।

कान्तिपुरको मुद्दा श्रेष्ठ र शाहीको इजलासमा सुरु

अदालतको अवहेलना सम्बन्धमा कान्तिपुर पब्लिकेसन्सविरुद्ध परेको मुद्दा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा परेको छ । ५ नम्बर इजलासमा बहस अहिले जारी छ ।

सर्वोच्चमा पत्रकार प्रवेशमा रोक, राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकार गेटमै रोकिए

सर्वोच्च अदालत परिसर छिर्न पत्रकारलाई रोक लगाइएको छ । अदालत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले प्रेस पास देखाउँदा पनि सर्वोच्च अदालत छिर्न दिएका छैनन् ।

‘अवहेलना अयोग्यता ढाकछोप गर्ने अस्त्र हुन सक्दैन’ 

वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारी कानुनका ज्ञाता मानिन्छन् । काठमाडौं विश्वविद्यालयको स्कुल अफ ल का डिन अधिकारी अन्तर्राष्ट्रिय व्यापार कानुनदेखि संविधानसम्मको विधामा दक्खल राख्छन् । तीस वर्षदेखि कानुनी क्षेत्रमा सक्रिय उनका नेपालको संविधान र न्यायालय सुधारका सम्बन्धमा दस पुस्तक प्रकाशित छन् ।

कान्तिपुरको बयान आइतबारबाट मात्रै [भिडियोसहित]

कान्तिपुरविरुद्धको अवहेलना मुद्दामा आइतबारदेखि मात्रै बयान सुरु हुने भएको छ ।सर्वोच्च अदालतको मुद्दा महाशाखाले शुक्रबार समय अभाव हुने भन्दै आइतबार साढे १० बजेको समय तोकेर फिर्ता पठाएको हो । शुक्रबार कान्तिपुरकर्मीलाई हाजिर गराउने, बयान लिनेलगायतका कुनै पनि काम भएन ।

प्रेसमाथिको सेन्सरसिप: के हो अवहेलना ?

राज्यका अन्य निकायको जस्तै प्रेसले न्यायालय वा न्यायाधीशबारे पनि समाचार प्रकाशन/प्रसारण गर्न पाउने र यसो गर्दैमा अदालतको अवहेलना नहुने संविधान तथा कानुनका ज्ञाताहरूले बताएका छन् । 

कान्तिपुरसम्बन्धी आदेशमा ध्यानाकर्षण : पत्रकार महासंघ

सर्वोच्च अदालतले कान्तिपुर दैनिकका सम्बन्धमा गरेको आदेशमा पत्रकार महासंघले ध्यानाकर्षण भएको भन्दै कुन सामाग्री प्रकाशन गर्ने भन्ने बिषय सञ्चार माध्यमको संविधान प्रदत्त अधिकार भएको उल्लेख गरेको छ ।

निष्पक्ष न्यायपालिका नै कानुनको विश्वसनीय आधार : अमेरिकी राजदूत

अमेरिकी राजदूत अलैना बी टेप्लिट्जले लोकतान्त्रिक मुलुकमा प्रेस स्वतन्त्रतामाथि कुनै पनि प्रकारको आँच आउन दिन नहुने बताएकी छन् । यसका लागि सबै पक्ष उत्तिकै चनाखो रहनुपर्ने समेत स्पष्ट पारेकी छन् ।

प्रेस स्वतन्त्रतामाथि अंकुश लगाए आन्दोलन : शान्ति समाज

मानव अधिकार तथा शान्ति समाजले सर्वोच्च अदालतको नेतृत्व असंयमित हुन थालेकोमा दुख ब्यक्त गर्दै प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने, धावा बोल्ने, कुण्ठित गर्न खोज्ने कुनै पनि कार्यको विरुद्ध सदाझै अग्रपंक्तिमा उभिने जनाएको छ ।

फेरि अवहेलना मुद्दा

फागुन ९ गते प्रकाशित ‘कान्तिपुर विरुद्ध अवहेलना मुद्दा’ समाचार पढिसकेपछि यस्तो लाग्यो कि हाम्रो देशमा न्यायपालिकाका प्रमुख आफूलाई देशकै कार्यकारी प्रमुख हुँ, मैले गरेको काम सबैले ठिक मान्नुपर्छ भन्ने अधिनायकवादी घमन्डका साथ किर्ते काम गरी हिँडिरहेका छन् र उनको आशयचाहिँ जनताले उनीमाथि केही नबोलुन् भन्ने छ ।

कान्तिपुरविरुद्ध अवहेलना मुद्दा

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति र प्रमाणपत्र विवादबारे समाचार लेखेर अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता तोयानाथ ढुंगानाले दर्ता गरेको मुद्दाको बिहीबारलाई पेसी तोकिएको छ ।