पहिचान खुलेका २३ बंगलादेशीको शव विशेष सैनिक विमानबाट ढाका लगिँदै 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूस-बंगलाको विमान दुर्घटनामा परी मृत्यु भएका २६ जना मध्ये पहिचान भएका २३ जनाको शव सोमबार बंगलादेश लैजान लागिएको छ ।

विमान दुर्घटनाको पीडा : जसलाई बिरामीले कुरिरहेका थिए

सोमबार साँझ वरिष्ठ न्यूरो सर्जन बालकृष्ण थापा आउँछन् र शल्यक्रिया गर्छन् भन्ने पर्खाइमा एक बिरामी कुरिरहेका थिए ।

विमान दुर्घटनाका सबै मृतकको शव शिक्षण अस्पतालमा

यूएस बंगला विमान दुर्घटनाका सबै ४९ मृतकहरुको शव पोस्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पुर्‍याइएको छ ।

विमान दुर्घटनामा ४९ को मृत्यु, २२ घाइते [नामावली सहित]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बंगला विमानमा यात्रारत ४९ जना यात्रुको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । प्रवक्ता मनोज न्यौपानेका अनुसार २२ घाइत यात्रुको भने काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

यस्तो देखियो, यूएस बंगला विमानको दुर्घट्नास्थल (भिडियो) 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा कल साइन एस२-एयुजी भएको यूएस बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ । कान्तिपुर संवाददाताले दुर्घट्नास्थलमा खिचेको भिडियो:

यूएस बंगला विमानमा सवार थिए ३३ नेपाली

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह २ बजेर १८ बजे भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ । 

दुर्घटनाको छानविन गर्न तत्काल आयोग गठन हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले यूएस बंगलाको विमान दुर्घटनाका सम्बन्धमा सरकारले तत्काल छानविन आयोग गठन गर्ने बताएका छन्। 

यूएस बंगलाको विमानमा को-को थिए? [ यात्रुहरुको पूर्ण नामावली]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बंगलाको विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना यात्रारत थिए । 

'भाग्यले बाँचें'

हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं । हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं । खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो । हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं । जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अनुभव भयो ।

यूएस बंगलाको विमान दुर्घटनाका तस्बिरहरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ। साे दुर्घटनाको केही तस्बिरहरु :

यसअघि पनि रनवेबाट चिप्लिएको थियो युएस बंगला विमान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको यूएस बंगलाको विमान यसअघि बंगलादेशमा पनि दुर्घटनाग्रस्त भएको थियो।

यूएस बंगलाको विमान दुर्घटनास्थलको लाइभ प्रसारण

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ । दुर्घट्नास्थलबाट लाईभ प्रसारण गरिरहेका छौं ।

उद्दार गरी केएमसी पुर्‍याइएका मध्ये ८ को मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगलाको विमान दुर्घटनामा परी घाइतेको उद्दार गरी केएमसी अस्पतालमा पुर्‍याइएको मध्ये ८ जनाको मृत्यु भएको छ।

विमान दुर्घट्नामा मृत्यु भएका २० को शव निकालियो

यूएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ भने १२ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु [अपडेट]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएपछि बन्द भएको विमानस्थल पुन सुचारु भएको छ । अहिले उडान र अवतरण सुचारु भएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना (अपडेट)

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा कल साइन एस२-एयुजी भएको यूएस बंगलाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ ।