छुवाछुत

छुनै नहुने !

गएको असारमा बाजुराको छेडेदह गाउँपालिका– १ विराडी गाउँका प्रेमबहादुर विकले त्यही गाउँका राजेन्द्रबहादुर सिंहको भैंसीगोठ छोएको आरोपमा गालीगलौज र दुव्र्यवहार मात्रै खेप्नु परेन, २ हजार रुपैयाँ जरिवानासमेत तिर्नुपर्‍यो । त्यस घटनालाई गाउँलेहरूले मिलापत्र गराए ।

सहरमै विभेद

जाति तथा रंगभेद उन्मूलन दिवसकै दिन प्रदेश ७ को राजधानी धनगढीमा सांसदले दलित भएकैले कोठा नपाएको घटना सार्वजनिक भयो । गत फागुनमा काठमाडौंको थापागाउँबाट दुई पत्रकार दलित भएकैले कोठाबाट निकालिए । शिक्षित व्यक्ति बसोबास गर्ने भनिएको सहरमै जातीय विभेदका घटना दिन प्रतिदिन बढ्ने क्रममा छन् ।

पानी अझै चल्दैन

खप्तड छान्ना गाउँपालिका ६, पाटादेवलकी जानकी नेपाली फागुन दोस्रो सातातिर गाउँनजिकै गैरा भन्ने ठाउँको पाखोबारीमा घाँस काट्दै थिइन् । आफ्नो बारी नजिकैको बाटोमा किन घाँस काटेको भनेर स्थानीय थापा थरकी एक महिलाले उनलाई तुच्छ शब्दसहित होच्याउँदै गाली गरिन् ।