प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्ष दलका नेताहरुलाई भेट गर्दै राजनीतिक भेटघाट थालेका छन् । वरिष्ठ राजनीतिज्ञ शरद यादवसँग भेटेर उनले आफ्नो भेटघाट आरम्भ गरेका छन् । त्यसलगत्तै उनले राष्ट्रिय कंग्रेसका अध्यक्ष एवं प्रतिपक्ष दलका नेता राहुल गान्धी र उनकै दलबाट प्रधानमन्त्री रहिसकेका डा. मनमोहन सिंहसँग भेटघाट गरेका छन् ।