चिनीको भन्सार वृद्धि

पाकिस्तानी चिनीको आयात बढ्यो

पाकिस्तानबाट नेपाल आयात हुने चिनीको परिमाणमा दोब्बर बढोत्तरी भएको छ । चालू आर्थिक वर्षको चैत महिनासम्ममा वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट चिनीको आयात बढेको हो । 

कसले मगाउँदै छ ५ करोड केजी चिनी ?

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेका कारण देखाउँदै चिनी मिलहरूले उखु किसानलाई भुक्तानी दिन आलटाल गरिरहेका बेला तेस्रो मुलुकबाट चिनीको आयात भने ह्वात्तै बढेको छ ।

चिनी आयातमा भन्सार वृद्धि: किसानसम्म पुग्दैन सरकारी सहुलियत

सरकारले स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्न भन्सार महसुल बढाए पनि विगतमा दिइएका यस्तैखाले सहुलियतले किसान र उपभोक्ता भने लाभान्वित हुन सकेका छैनन् ।

उखु किसानको मागबारे सरकार नबोलेकोमा सांसदहरुको असन्तुष्टि

उखु किसानको मागबारे सरकार नबोलेकोमा सांसदहरुको असन्तुष्टि जनाएका छन् ।राष्ट्रिय सभाको मंगलबारको बैठकमा एमाले सांसद बलराम बास्कोटा र कांग्रेस सांसद राधेश्याम अधिकारीले उखु किसानका मागलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

किसानलाई उखु सुक्ने पिरलो

पश्चिम नवलपरासीको प्रतापपुरका हरिशरण यादवले अघिल्लो वर्ष यति बेलासम्म चिनी मिलबाट उखुको ५० प्रतिशत भुक्तानी पाइसकेका थिए । अन्य किसान पनि पुर्जी लिँदै मिल धाउन सुरु गरिसकेका हुन्थे ।
ADVERTISEMENT
ADVERTISEMENT

उखु किसानले भुक्तानी पाएनन्

चिनी मिलले समयमै भुक्तानी नगर्दा सर्लाहीका किसानहरूका लागि होली पर्व खल्लो हुने भएको छ । दुई महिनादेखि क्रसिङ गरेका दुबै मिलले भुक्तानी नदिँदा उखु बेचेर परिवार चलाउनुपर्ने हजारौं किसान बेखर्चीले होलीका बेला समस्यामा परेका हुन् ।

राजस्व छलेर भित्रिँदै भारतीय उखु

पश्चिम नवलपरासीमा राजस्व छलेर धमाधम भारतीय उखु भित्रिने गरेको छ । खुला सिमानाले नारायणीपारि सुस्ता क्षेत्रमा यसरी भित्रिँदासमेत प्रशासन मौन छ । नेपाली किसान सस्तोमा उखु बेच्नुपरेको गुनासो गर्छन् । 

मिलले पुर्जी नदिँदा उखु खेतमै

किसानलाई क्रसिङका लागि चिनी मिलले चलान पुर्जी नदिँदा खेतमै उखु थन्किएको छ । खेतमै खडा रहेको उखु काट्न ढिलाइ हुँदा पनि चिनी मिले पुर्जी दिएको छैन । 

उखु काट्ने मजदुर भएनन्

उखु काट्ने मुख्य सिजनमा जिल्लामा कृषि मजदुरको अभाव खटकिएको छ । सीमित दिनभित्र उखु काटेर चिनी मिललाई बिक्री गर्न नपाए कृषकलाई ठूलो मर्का पर्छ । 

कञ्चनपुरमा मिलले उखु पाउँदैनन्

राज्य पुन:संरचनासँगै यतिबेला प्रदेश सरकार गठनको प्रक्रियामा छ । हरेक प्रदेशमा समृद्धिका सम्भावनाहरू खोजी र चर्चा भइरहेको छ । विकास निर्माण तथा अन्य विभिन्न कुराले पछाडि रहेको प्रदेश ७ को समृद्धिको प्रमुख आधारका रूपमा कृषिलाई हेरिएको छ ।

समुन्नतिको आधार बन्दै उखु

दिनानुदिन मजदुर अभाव र सजिलो खेती भएकाले प्रदेश २ मा उखुबाली निकै फष्टाएको छ । उखु खेती बढेसँगै चिनी मिल पनि थपिएका छन् । एकपटक रोपेपछि कम्तीमा ३ वर्षसम्म लगातार उत्पादन हुने भएकाले उखु खेती किसानका लागि निकै सजिलो बनेको छ । वर्षमा ३ महिना खटेपछि ९ महिना फुर्सद हुने भएकाले उखु खेतीमा आकर्षण बढदै गएको हो ।

प्रदेश समुन्नत बनाउने उखु

दिनानुदिन मजदुर अभाव भए पनि सजिलो खेती भएकाले प्रदेश २ मा उखुबाली निकै फस्टाएको छ । खेती बढेसँगै चिनी मिल पनि थपिएका छन् । एकपटक रोपेपछि कम्तीमा ३ वर्ष लगातार फल पाउने भएकाले किसानका लागि निकै सजिलो बनेको छ । वर्षमा ३ महिना खटेपछि ९ महिना फुर्सद हुने भएकाले उखुमा आकर्षण बढदै गएको हो ।

ठगिँदै उखु किसान

पश्चिम नवलपरासीको चिनी उद्योगले बिचौलिया परिचालन गरेर सस्तोमा उखु खरिद गरिरहेको छ । सरकारले मूल्य निर्धारण नगर्दा उद्योगले सस्तोमा उखु खरिद गर्दा किसान ठगिएको गुनासो बढेको हो । 

मूल्य नतोकी उखु क्रसिङ

हरिवनस्थित इन्दुशंकर चिनी मिलले मूल्य नै नतोकी उखु क्रसिङ सुरु गरेको छ । किसान र उद्यमीबीच कम्तीमा क्विन्टलको ५ सय ३१ रुपैयाँ मूल्यको सहमतिपछि उखुको क्रसिङ सुरु भएको हो ।

उखु किसान फकाउँदै उम्मेदवार

उम्मेदवारले बाटो, बिजुली, खानेपानीजस्ता पूर्वाधार विकासको नारा लिएर भोट माग्ने गर्छन् । तर, प्रदेश ५ अन्तर्गत पश्चिम नवलपरासीका प्रतिनिधिसभाका उम्मेदवारले उखु खेतीलाई एजेन्डा बनाएका छन् । उनीहरू उखु खेतीमा अनुदान दिने र मूल्य बढाउने आश्वासनसहित किसानसित भोट माग्ने गरेका हुन् ।

चिनी रोगीले कसरी खाना खाने ?

शरीरको रगतमा चिनीको मात्रा चाहिने भन्दा धेरै भयो भने त्यो रोगलाई मधुमेह रोग भनिन्छ । यो रोग एकपटक लागेपछि पुरा निको हुँदैन तर लगभग ५० प्रतिशत नयाँ मधुमेहका केसहरु खानाबाटै नियन्त्रण गर्न सकिन्छ र ५० प्रतिशत रोगीलाई औषधि या ईन्सुलिनको आवश्यकता पर्दछ ।

चिनी उद्योगबाट ६ मेगावाट विद्युत् खरिद गरिने

विद्युत् विकास विभागमा आज आयोजित एक समारोहमा विभागका महानिर्देशक नवीनराज सिंह, इन्दुशंकर सुगर मिल र एभरेष्ट सुगर मिलका प्रतिनिधिबीच विद्युत् खरिद गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।

उखु किसानको ३१ करोड भुक्तानी बाँकी

सुनसरी बर्जु गाउँपालिकाका किसान पन्नलाल थारूले उखु बिक्री गरेको दुई महिनाभन्दा बढी भए पनि हालसम्म भुक्तानी पाएका छैनन्। उनले ५ बिघा खेतको ७ सय क्विन्टल उखु इस्टर्न सुगर मिललाई बिक्री गरेका थिए।

चिनी वीरगन्ज आयो

वीरगन्जमा साल्ट ट्रेडिङ कर्पोरेसनको १० हजार टन चिनी आइपुगेको छ । भारतको हल्दियाको चिनी ४ रेल्वे र्‍याकले सिर्सिया सुख्खा बन्दरगाहमा ल्याएको हो । प्रत्येक रेल्वे र्‍याकले २ हजार ५ सय टन चिनी बोक्छ ।

खाद्यले पनि चिनी बेच्ने

गहुँ, चामल र कर्णालीको गेडागुडी बिक्री गर्दै आएको खाद्य संस्थानले अब चिनी पनि बेच्ने भएको छ । व्यवसायीले चिनीको मूल्य मनोमानी रूपमा निर्धारण गरेपछि बजार हस्तक्षेप गर्न संस्थानले चिनी आयात गरी बिक्री गर्न खोजेको हो ।

नेसनलको ५ हजार टन चिनी वीरगन्ज आइपुग्यो

एक सातायता साल्ट ट्रेडिङ कर्पोरेसनको ५ हजार टन चिनी वीरगन्जस्थित सिर्सिया सुख्खा बन्दरगाहमा आइपुगेको छ ।

उखु किसानले भुक्तानी पाएनन्

सुनसरीको बर्जु गाउँपालिकाको इस्र्टन सुगरमिलले उखुको भुक्तानी नदिएर किसानलाई हैरानी दिएको छ । मिलले ४ महिनाअघि उधारोमा लिएको उखुको भुक्तानी लिन किसानले बारम्बार तागेता गर्दासमेत नपाएका हुन् । अझै कहिले पाउने भन्ने निश्चित नहुँदा उनीहरूलाई चिन्ता थपिँदो छ ।