सुन तस्करी प्रकरण

सुन तस्करीका मुख्य अारोपी 'गोरे' काठमाडौंको गौरीघाटबाट पक्राउ

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अाराेपी चूडामणि उप्रेती (गोरे) लाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले बिहान ५:३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको छ ।

सुन तस्करी र हत्या प्रकरण: ‘अभियुक्त छाडे प्रमाण नष्ट’

सरकारी वकिलले सुन तस्करी र हत्या मुद्दाका अभियुक्तहरूलाई थुनामा नराखी छाडे प्रमाण नष्ट हुने, संगठित अपराधले प्रोत्साहन पाउने एवं अभियुक्त स्वयं असुरक्षित हुने तर्क दोहोर्‍याएका छन् ।

किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी पैठारीका कारण सुनको बढी मूल्य तिर्नुपर्ने हुनाले व्यवसायी र उपभोक्ताले नोक्सानी बेहोरिरहेका छन् ।

सुन तस्करी र हत्या मुद्दा : प्रतिवादीका ५३ वकिलको बहस सकियो

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा प्रतिवादी कानुन व्यवसायीहरुको बहस सोमबार सकिने भएको छ । आइतबारसम्म ५३ जनाले न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष प्रतिवादीका तर्फबाट बहस गरेका छन् ।

सुन तस्करी र हत्या प्रकरण : प्रमाण खोज्दै सरकारी वकिल

सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा अभियोग पुष्टि गर्ने भरपर्दो प्रमाण नभएको भन्दै प्रतिवादीका वकिलले अभियुक्तहरूलाई साधारण तारिखमा छाड्न माग गरेपछि सरकारी वकिलले त्यसको खण्डन गर्न छलफल थालेका छन् ।

सुन तस्करी र हत्या प्रकरण : बहसको गाँठो

सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा अभियोग पुष्टि गर्ने भरपर्दो प्रमाण नभएको भन्दै प्रतिवादीका वकिलले अभियुक्तहरूलाई साधारण तारिखमा छाड्न माग गरेपछि सरकारी वकिलले त्यसको खण्डन गर्न छलफल थालेका छन् ।
ADVERTISEMENT

सुन तस्करलाई सघाएको अभियोगमा थप तीन पक्राउ

संगठित सुन तस्करीको अनुसन्धान गरिरहेको विशेष समितिले हुन्डी कारोबारमार्फत संगठित सुन तस्करीलाई सघाएको अभियोगमा थप तीन जनालाई पक्राउ गरेको छ । समितिको निर्देशनमा प्रहरीले नुवाकोट घर भएका मदन सिलवाल, काठमाडौं कागेश्वरीका मदन कटुवाल र काभ्रे कुशादेवीका सुदन सापकोटालाई पक्राउ गरेको हो ।

सुन तस्करी र हत्या प्रकरण : प्रतिवादी वकिलहरुको बहस जारी

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जिल्ला अदालत मोरङमा शुक्रबार पनि जारी छ । बिहीबारसम्म ४२ जनाले बहस गरिसकेका छन् ।

सुन तस्करी र हत्या प्रकरण : सम्पत्ति र बैंकिङ कारोबार खोजी गरिँदै

संगठित सुन तस्करीबारे अनुसन्धान गर्न बनेको समितिले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका आरोपीहरूको सम्पत्ति विवरण र बैंकिङ कारोबारबारे अनुसन्धान सुरु गरेको छ ।

सुन तस्करी र हत्या प्रकरण: ‘अनुसन्धान नै पूर्वाग्रही’

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा छानबिन समिति र प्रहरीको अनुसन्धान त्रुटिपूर्ण रहेको प्रतिवादीका कानुन व्यवसायीले दाबी गरेका छन् । संगठित अपराध ऐनअनुसार पर्याप्त अनुसन्धान नगरी हतारमा मुद्दा दायर गरिएको उनीहरूको भनाइ छ ।

सुन तस्करी र हत्या प्रकरण: ‘कहाँ छ ३३ किलो सुन ?’

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा प्रतिवादीतर्फबाट बहस गर्ने कानुन व्यवसायीले अदालतसमक्ष जिज्ञासा राखेका छन्– तस्करी भएको भनिएको सुन खोइ ?

सुन तस्करीमा हुन्डीको कनेक्सन

संगठित सुन तस्करीबारे अनुसन्धानरत विशेष समितिले दुई हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । समितिको निर्देशनमा प्रहरीले काठमाडौंबाट मुक्तिराम श्रेष्ठ र झापाको दमकमा सिद्धिकाली मनी ट्रान्सफर चलाएर बसेका विनोद अधिकारीलाई पक्राउ गरेको हो ।

सुन तस्करीको अभियोगमा हुण्डी कारोवारी पक्राउ

संगठित सुन तस्करीबारे अनुसन्धान गर्न बनेको बिशेष समितिले दुई जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । समितिको निर्देशनमा प्रहरीले काठमाडौंबाट दोलखा स्थायी ठेगाना भएका मुक्तिराम श्रेष्ठ र झापाको दमकमा सिद्धीकाली मनी ट्रान्सफर चलाएर बसेका बिनोद अधिकारीलाई पक्राउ गरेको हो । 

सुन तस्करी र हत्या मुद्दामा आज पनि बहस जारी

सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङमा सोमबार दोस्रो दिन पनि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बहस जारी छ ।

३३ किलो सुन तस्करी र हत्या प्रकरण: प्रहरी कार्यालयदेखि अदालतसम्मको दृश्य

सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा हाल हिरासतमा रहेका ३० प्रतिवादीलाई दिनहुँ प्रहरी कार्यालयबाट अदालतसम्म ओहोरदोहोर गराउँदासम्मको यात्रा रोमाञ्चक छ । मुद्दामा मोरङ जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा जवानदेखि डीआईजी तहसम्मका ८ प्रहरी छन् ।

बैंकबाट सुन किन्न थाले व्यापारी

सुन तस्करी र अनुसन्धानको चर्चासँगे यहाँका व्यवसायीले अवैध बाटो छोडेर बैंकबाट सुन किन्न थालेका छन् ।विराटनगर ९ स्थित सुनचाँदी व्यवसायी संघका अध्यक्ष गणेश भगतका अनुसार यो ताजा सुन काण्डअघिसम्म राष्ट्र बैंकले निर्धारण गरेका वाणिज्य बैंकहरूमार्फत कानुनी तरिकाले सदस्य व्यवसायीले सुन किन्न थालेका छन् । यसअघि सुन किन्ने सदस्य व्यवसायी ३३ मात्र थिए ।

सुन तस्करी र हत्या मुद्दा : अभियुक्तलाई तारेखमा छाड्न माग

सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा संगठित अपराध ऐन आकर्षित नहुने भन्दै प्रतिवादीका तर्फबाट बहस गर्ने अधिवक्ताहरुले आफ्ना पक्षका अभियुक्तलाई साधारण तारेखमा छाड्न माग गरेका छन् ।

सुन तस्करी र हत्या मुद्दा : प्रतिवादीतर्फको बहस जारी

सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका प्रतिवादीहरूका कानुन व्यवसायीले आइतबारदेखि अदालतसमक्ष ‘थुनछेक बहस’ सुरू भएको छ । यो मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जनाको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने काम जारी छ ।

सुन तस्करी र हत्या मुद्दा: प्रतिवादीतर्फको बहस आजदेखि

सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा प्रतिवादीका कानुन व्यवसायीले आइतबारदेखि अदालतसमक्ष ‘थुनछेक बहस’ सुरु गर्दैछन् । यो मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जनाका तर्फबाट बहस हुने भएको हो ।

हराएको सुन र कारोबारीको नजिकः विशेष अनुसन्धान समिति

विशेष अनुसन्धान समितिले हराएका र अन्य समेत गरी ४ हजार किलो सुनको नजिक पुगेको जनाएको छ । समितिका एक सदस्यका अनुसार  पगालेको अवस्थामा भएपनि सुन र त्यसको किनबेचमा संलग्नहरु पत्ता लागिसकेको बताए । ‘कुनै पनि बेला उनीहरुलाई पक्राउ गर्छौं,’ती सदस्यले कान्तिपुरसँग भने ।

सुन तस्करी र हत्या प्रकरण : सबै कसुरदार देखिएकाले थुनामै राख्न माग

सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा सरकारका तर्फबाट शुक्रबार सरकारी वकिलहरुको बहस सकिएको छ । 

सुन तस्करी र हत्या प्रकरण : सरकारी वकिलहरूको बहस जारी

सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङमा शुक्रबार पनि सरकारी वकिलहरुको थुनछेक बहस जारी छ ।

सुन तस्करी र हत्या प्रकरण: थुनछेक बहस सुरु

सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका सबै प्रतिवादीलाई थुनामै राखेर थप अनुसन्धान र कारबाही अघि बढाउन सरकारी वकिलहरूले माग गरेका छन् ।

सुन तस्करी र हत्या मुद्दा : अदालतमा थुनछेकको बहस हुँदै

संगठित सुन तस्करी र हराएको भनिएको अवैध ३३ केजी सुनको खोजीका क्रममा सनम शाक्यको मृत्युसम्बन्धी मुद्दामा थुनछेकको बहस सुरु हुँदैछ ।