बाल मन्दिर विवाद

बाल संगठनको अनियमितताः एउटै जग्गा दुई संस्थालाई भाडामा

नेपाल बाल संगठनले आफ्नो भोगचलनमा रहेको सरकारी जग्गा कानुनविपरीत एकै समय दुई संस्थालाई भाडामा दिएपछि सुरु भएको विवाद बल्झिएको छ ।  संगठनले १५ वर्षअघि नक्सालस्थित कार्यालय परिसरको १३ रोपनी १२ आना एक पैसा जग्गा प्रचलित नियम मिचेर कौडीको भाउमा बृहस्पति विद्या सदन नामक निजी स्कुललाई ३० वर्षका लागि भाडामा दिएको थियो ।

असहायका कोटामा नेताका छोराछोरी

अभिभावकविहीन, असहाय र टुहुरा बालबालिकाको अभिभावकत्व लिइरहेको नेपाल बाल संगठन (बाल मन्दिर) ले यस्ता बच्चाहरूको छात्रवृत्ति कोटाको चरम दुरुपयोग गरेको पाइएको छ ।