नेपालको खुसी नै भारतको खुसी : मोदी 

भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले नेपालको विकास आफ्नै प्राथमिकता र आवश्यकताको आधारमा हुनुपर्ने उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फर्किए

नेपालको दुईदिने राजकीय भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् ।इन्डियन एयरको विशेष विमानमार्फत शनिबार अपराह्न मोदी स्वदेश फर्किएका हुन् ।

मुक्तिनाथमा मोदी मुग्ध

नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरे । भारतीय वायु सेवाको विशेष हेलिकप्टरबाट उनी बिहान ७:५५ मिनेट जाँदा मुक्तिनाथ ओर्लिएका थिए । भारतीय प्रम मोदीलाई नेपालको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, ४ नं प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिम मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायतले स्वागत गरे ।

तस्बिरमा हेरौं पशुपतिमा मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मध्यान्ह पशुपतिनाथको पूजाअर्चना गरेका छन् । शनिबार बिहान करिव ४० मिनेट उनले पशुपतिमा पूजा गरेका थिए । शनिबार बिहान मुस्ताङको मुक्तिनाथमा पूजाअर्चना गरेर उनी पशुपतिनाथ आएका थिए । भारतीय प्रम मोदीलाई नेपालको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पशुपतिको प्रतिमूर्ति उपहार दिएका थिए । तस्बिरमा हेरौं पशुपतिमा मोदी ।

मुक्तिनाथमा मोदी

दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । शनिबार बिहान करिव ७:५५ मा हेलिकप्टर मार्फत मुक्तिनाथ पुगेका मोदीले करिव २० मिनेट मन्दिर भित्र पूजाअर्चना गरे ।

हेलिकप्टरमा किन आएनन् मोदी ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पटनाबाट हेलिकप्टर चढेर जनकपुर आउने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो । त्यसैअनुसार निर्धारित समय बिहान सवा १० बजे जनकपुर विमानस्थलमा हेलिकप्टरको प्रतीक्षा भइरहेको थियो । तर, उक्त समयभन्दा १० मिनेटपछि जनकपुरको आकाशमा एटीआर विमान देखियो । जसमा थिए, मोदी ।

नेपाल–भारत सम्बन्धमा अब कुनै असमझदारी छैन : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धमा अब कुनै पनि प्रकारको असमझदारी नरहेको स्पष्ट पारेका छन् । ‘म यहाँहरुलाई स्पष्ट पार्न चाहन्छु नेपालको आन्तरिक मामिलामा हाम्रो कुनै ठूलो सरोकार छैन । यहाँका जनताको निर्णयलाई भारतले सधैं सम्मान गर्छ।,’

जनकपुरमा मोदी मुड (फोटो फिचर)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार जनकपुरस्थित बाह्रबिघा मैदानमा भब्य अभिनन्दन गरियो । उनलाई अभिनन्दन मात्र गरिएन एक सय २१ केजीका तीन वटा फुलको मालासमेत लगाई दिए । उनले त्यहाँ ४५ मिनेट लामो मन्तब्य दिए ।

मोदी काठमाडौंमा :राष्ट्रपति भण्डारीसँग भेटवार्ता (अपडेट)

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । आजै नेपाल आएका मोदी उच्चस्तरीय भेटघाटमा व्यस्त छन् ।

फोटोमा हेरौं जनकपुरमा मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीतिक तथा आर्थिक रुपमा मात्रै नभई पर्यटकीय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा शुक्रबार बिहान साढे १० बजे नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीले जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरेर धार्मिक पर्यटनलाई बढावा दिन मद्दत पुगेको बताए । हेरौं जनकपुरमा प्रधानमन्त्रीद्वय मोदी र ओलीलाई तस्बिरमा ।

नेपाल बिना धाम अधुरो, राम पनि अधुरो : प्रम मोदी

जनकपुरको बाह्रबिगाहमा नगरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको विकासको लागि एक अर्ब रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आफ्नो तेस्रो नेपाल भ्रमणको क्रममा साढे १० बजे जनकपुर आइपुगेका छन् । उनी इण्डियन एयरको विशेष विमानबाट जनकपुर विमानस्थलमा उत्रेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बाह्रविघास्थित अभिनन्दनस्थलमा सम्बोधन गर्दै (अपडेट)

जनकपुर महानगरपालिकको तर्फबाट नागरिक अभिनन्दन ग्रहण पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन सुरु गरेका छन् ।

मोदी मन्त्रणा

नेपाल र भारत बीचको सम्बन्धमा सनातन कालदेखि नै हार्दिकता र तिक्तता दुवै निरन्तर छ । छिमेकसँग सहकार्य र मतान्तर अस्वाभाविक पनि ठानिन्न । नेपालबाट भारतमा लगातार उच्च राजनीतिक तहमा भ्रमण हुने तर उताबाट त्यही दृश्य मञ्चनको अभ्यास नहुँदा अप्ठ्यारा परिस्थिति सिर्जना भए ।

मोदी भ्रमण: जनकपुरमा कडा सुरक्षा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि जनकपुरमा सबै तयारी पूरा गरिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मोदी भ्रमणलाई ऐतिहासिक र यादगार बनाइने बताएका छन् ।

मोदी भ्रमण: मुक्तिनाथमा तयारी पूरा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा मुक्तिनाथ क्षेत्र तम्तयार अवस्थामा छ । जिल्ला प्रशासन कार्यालय, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र स्थानीयवासीले स्वागतका लागि तयारी गरेका छन् ।

तेस्रोपल्ट आउँदै मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने राजकीय भ्रमणका लागि तेस्रोपटक नेपाल आउँदै छन् । उनको यात्रा यसपटक सीधा काठमाडौं नभई प्रदेश २ को राजधानी जनकपुरबाट शुक्रबार सुरु हुँदै छ ।

मोदी भ्रमण: ट्विटरमा नाकाबन्दी ट्रेन्डिङ

ग्यासका सिलिन्डरको सडकमा लामो लाइन । सकी नसकी काठको मुडा बोकेर हिँडेकी महिला । र, पेट्रोल पम्पअघिल्तिर रातभरी जाग्राम बसेका युवाहरुको जुलुश । 

किशोरीजीको आँगनमा मोदी

‘यस पटक कसको मोदी ?’ यो प्रश्नले नेपाली समाजको सार्वजनिक एवं निजी संवादहरूमा प्रशस्त ठाउँ पाएको छ । यसको जवाफ खोजीकै क्रममा एउटा पक्षले फेरि समाजमा ध्रुवीकरण ल्याउन खोज्दैछ । सन् २०१४ मा भारी बहुमतसाथ भारतको प्रधानमन्त्रीमा निर्वाचित नरेन्द्र मोदी यसअघि दुईपटक नेपाल आइसकेका छन् ।

मोदी भ्रमण: पुराना सम्झौतामा प्रतिबद्धता खोजिँदै

नेपालले भारतसँग यसअघि भएका सम्झौता र समझदारीको शीघ्र कार्यान्वयनमा उसको पुन: प्रतिबद्धता खोज्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणका बेला नेपाली पक्षले राख्ने एजेन्डाको तयारीमा जुटिरहेका अधिकारीहरूले नयाँ सम्झौतामा भन्दा पुराना सम्झौता कार्यान्वयन पक्षमा जोड दिइने बताएका हुन् ।

मोदी भ्रमण: काठमाडौं, जनकपुर र मुक्तिनाथको अस्पताल उच्च सतर्कतामा

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई दृष्टिगत गरी काठमाडौं, जनकपुर र मुक्तिनाथको अस्पताललाई उच्च सतर्कतासँगै तयारी अवस्थामा राखेको छ ।

भ्रमण तालिका सार्वजनिक : मोदी र ओली एकै पटक जनकपुर उत्रिने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर अवतरण गर्ने बेलामै समकक्षी केपी ओली पुग्ने कार्यक्रम बनेको छ । सोमबार मोदीको भ्रमण तालिका सार्वजनिक गर्दै दुवै प्रधानमन्त्री एकै समय जनकपुर उत्रिने जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएका हुन् । 

शरणार्थी घरफिर्तीबारे मोदी र ओलीको ध्यानाकर्षण

भुटानी शरणार्थी नेता टेकनाथ रिजालले तीन दशकदेखि अल्झेर रहेको भुटानी शरणार्थी समस्या समाधानमा पहल गरिदिन नेपाल तथा भारतका प्रधानमन्त्रीलाई एकसाथ आग्रह गरेका छन् ।