कान्तिपुर हाफ म्याराथन

दश वर्षमा नेपाल स्वर्ग हुनेछ : प्रधानमन्त्री 

कान्तिपुर हाफ म्याराथनको आठौं संस्करणको उद्घाटनका क्रममा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब विकास र समृद्धिको दौडमा निक्लिएको बताएका छन् ।

तस्बिरमा कान्तिपुर म्याराथन

आठौं संस्करणको कान्तिपुर हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । शनिबार बिहान ७ बजे कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालयमा भएको उक्त प्रतियोगिताको उपाधि हरि रिमाल र कान्छिमाया कोजूले हात पारे । उत्साहपूर्ण सहभागिता रहेको उक्त प्रतियोगिताका केही तस्बिरहरु हेरौं ।

कान्तिपुर हाफ म्याराथनको उपाधि हरि रिमाल र कान्छिमाया कोजूलाई

कान्तिपुर हाफ म्याराथनको आठौं संस्करणको उपाधि हरि रिमाल र कान्छिमाया कोजूले जितेका छन् । पुरुष तर्फको उपाधि नेपाली सेनाका रिमालले जितेका हुन् भने महिला तर्फ सशस्त्र प्रहरीकी कोजूले जितिन् । दुवैका विजेताले ५०–५० हजार रुपैयाँ र रनर काइट प्लस स्कुटर पाएका छन् ।

कान्तिपुर रनर हाफ म्याराथनमा प्रधानमन्त्रीको दौड [तस्बिरहरू]

कान्तिपुर रनर हाफ म्याराथनको आठौं संस्करण शनिबार सुरु भएको छ । कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीबाट प्रधानमन्त्रीले म्याराथन कार्यक्रमको उद्घाटन गरेपछि खेल सुरु भएको हो । म्याराथनमा प्रधानमन्त्री केपी ओली पनि दौडिए । तस्बिरमा हेरौं प्रधानमन्त्रीको दौड।

कान्तिपुर हाफ म्याराथन सुरु

कान्तिपुर रनर हाफ म्याराथनको आठौं संस्करण शनिबार सुरु भएको छ । कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीबाट प्रधानमन्त्रीले म्याराथन कार्यक्रमको उद्घाटन गरेपछि खेल सुरु भएको हो ।

कान्तिपुर हाफ म्याराथन जेठ ५ मा

कान्तिपुर हाफ म्याराथनको आठौं संस्करण निर्धारित मितिभन्दा एक साता पछाडि सरेको छ । यसपालि प्रतियोगिता वैशाख २९ गते हुने तय भएको थियो । तर प्राविधिक कारणले हाफ म्याराथन जेठ ५ मा सार्नुपरेको आयोजक कान्तिपुर मिडिया गु्रप (केएमजी) ले जनाएको छ ।

हाफ म्याराथन हुँदै 

मदन भण्डारी स्पोटर्स एकेडेमी र सञ्जय पण्डित स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा नयाँ वर्षका अवसरमा हाफ म्याराथन दौड हुने भएको छ ।