कस्तो रह्यो विश्वकप फाइनल : नविनको विश्लेषण [भिडियो]

विश्वकप फुटबलअन्तर्गत सोमबार भएको फ्रान्स र क्रोएसियाबीचको फाइनल खेल कस्तो रहयो ? त्रिभुवन आर्मी क्लबका फुटबल प्रशिक्षक नवीन न्यौपानेको विश्लेषण ।

विश्वकप बिदाइ

विश्वकप फुटबल सकिएको छ । यसले मनोरञ्जन मात्र दिएन, केही राम्रा सन्देश पनि दिएको छ । विश्वकप फुटबलले खेलमा अनुशासनको महत्त्व प्रस्ट्याएको छ । लिग चरणमा सेनेगल र जापान दुबैको बराबरी अंक हँुदा जापानले अनुशासित खेल (फेयर प्ले) का आधारमा माथिल्लो चरणमा प्रवेश हुनपायो ।

ध्यान कतारतिर

जर्मनीले भव्य आयोजना गर्‍यो, दक्षिण अफ्रिका अपेक्षाभन्दा माथि उठ्यो र रुसले नकारात्मक भ्रम तोड्यो । विश्वकप आयोजना गर्ने राष्ट्रले लगातार राम्रो प्रतिक्रिया हात पर्ने क्रममा अब सबैको नजर कतारतिर हुनेछ । चार वर्षपछि एसियाली राष्ट्र कतारमा हुने विश्वकप कस्तो होला भन्ने कौतुहल सुरु भइसकेको छ । यो पक्का छ कि उक्त प्रतियोगिता पृथक हुनेछ

रोचक तथ्य: फाइनलमा पहिलो आत्मघाती गोल

क्रोएसियाका मारियो मान्जुकिच विश्वकप फाइनलमा आत्मघाती गोल गर्ने पहिलो दुर्भाग्यशाली खेलाडी बनेका छन् । पहिलो हाफमा एन्टोइन ग्रिजमनको फ्रिकिक जोगाउने क्रममा उनले हेडबाट आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

इंग्ल्यान्डको यो सुरुआत हो : केन

इंग्ल्यान्ड कप्तान ह्यारी केनले युवा इंग्लिस टोली विश्वकप सेमिफाइनलमा पुगे पनि आउने दिनमा त्यसलाई आधार मानेर सुधार गर्नुपर्ने बताएका छन् । शनिबार तेस्रो स्थानको खेलमा बेल्जियमसँग पराजित भएपछि केनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

हाजार्ड फरक खोज्दै

चेल्सीका फरवार्ड इडेन हाजार्डले स्टामफोर्ड ब्रिजमा ६ वर्ष उत्कृष्टसँग बिताएपछि ‘अहिले फरक गर्ने समय’ आएको बताएका छन् । बेल्जियमले शनिबार इंग्ल्यान्डमाथि २–० को जितसहित विश्वकपमा तेस्रो स्थान हात पार्दा गोल गरेका २७ वर्षे हाजार्ड रियल म्याड्रिड जाने चर्चा चुलिएको छ ।
ADVERTISEMENT

एमबाप्पे र ग्रिजमनको लय

उपाधि होडमा बलियो मानिएको फ्रान्सले मारियो मान्जुकिचको आत्मघाती गोलसँगै फाइनलमा सुरुआती १९ औं मिनेटमै अग्रता लिएको थियो । क्रोएसियाका मार्सेलो ब्रोजोभिचले एन्टोइन ग्रिजमनलाई फाउल गरेपछि फ्रान्सले फ्रिकिक पाएको हो ।

क्रोएसिया नयाँ च्याम्पियन बन्ला त ?

पेलेको उदयसँगै ब्राजिल विश्वकपमा पहिलोपल्ट सन् १९५८ मा च्याम्पियन भएको थियो । त्यसयता हरेक २० वर्षमा विश्व फुटबलको सर्वोच्च प्रतियोगिताले नयाँ विजेता पाइरहेको छ ।

फेवरेटविरुद्ध अन्डरडग

विश्वकप फुटबलको नतिजा केलाउने हो भने फ्रान्स २० वर्षयता विश्व फुटबलकै सबैभन्दा बलियो टिम हो । उसले आइतबार तेस्रोपल्ट विश्वकप फाइनल खेल्दै छ, जुन दुई दशकयता ब्राजिल र जर्मनीको भन्दा पनि राम्रो तथ्यांक हो ।

एक हार नै पर्याप्त

इंग्ल्यान्डलाई २–० ले पराजित गरी बेल्जियमले विश्वकपमा तेस्रो स्थान हात पारेको छ । रुसमा जारी प्रतियोगितामा बेल्जियमको यो छैटौं जित थियो ।

बेल्जियमको उत्कृष्ट नतिजा

बेल्जियमले शनिबार इंग्ल्यान्डलाई २–० ले पराजित गरी विश्वकपमा तेस्रो स्थान हात पारेको छ । विश्व फुटबलमा बेल्जियमको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गारेथ साउथगेटको इंग्लिस टोली लगातार दोस्रो पराजय बेहोर्दै घर फर्किन लागेको हो ।

‘यो विश्वकप उत्कृष्ट’

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रुसमा जारी विश्वकप हालसम्मकै सबैभन्दा उत्कृष्ट विश्वकप भएको बताएका छन् । उनले यस प्रतियोगिताले विश्वको नजरमा रुसप्रतिको धारणा पनि परिवर्तन गरेको उनले बताए ।

किन टाउकोमा हात राख्छन् फुटबलर ?

फुटबल खेलमा गोल निकै कम अवसरमा हुन्छ । त्यसैले पनि गोल गरेपछि खुसी मनाउँदा खेलाडीहरू निकै उत्साही देखिन्छन् । कसैले गोल गरेपछि पहेँलो कार्ड खाने पक्का नै किन नहोस् जर्सी उतारेर खुसी प्रकट गर्छन् त कसैले घुँडा टेकेर मैदानमा चिप्लिन्छन् ।

तेस्रो स्थान प्लेअफ

बेल्जियम दोस्रोपल्ट तेस्रो स्थानको प्लेअफ खेल्न गइरहेको छ । पछिल्लोपल्ट मेक्सिकोमा भएको सन् १९८६ को विश्वकपमा बेल्जियम फ्रान्ससँग अतिरिक्त समयमा ४–२ ले पराजित भएको थियो । इंग्ल्यान्ड पनि दोस्रोपल्ट रजत पदकको खेलमा खेलिरहेको छ । सन् १९९० मा आयोजक इटालीसँग २–१ ले पराजित हुँदै इंग्ल्यान्ड चौथो स्थानमा समेटिएको थियो ।

अाजका खेलाडी : युरी टिलेमान्स, बेल्जियम

प्रतियोगितामा बिरलै मौका पाएका युवा खेलाडी युरी टिलेमान्स तेस्रो स्थानको खेलमा मौकाको प्रतीक्षामा हुनेछन् ।

अाजका खेलाडी : रहिम स्टर्लिङ, इंग्ल्यान्ड

इंग्ल्यान्डका लागि अग्रपंक्तिमा कप्तान ह्यारी केनको लगातार साथ पाइरहेका स्टर्लिङले गोलको खाता खोल्न सकेका छैनन् ।

रोचक तथ्य: गोलको वर्षा हुने खेल

तेस्रो स्थानको प्लेअफ खेल गोलका हिसाबले विश्वकपको सबैभन्दा राम्रो खेल हो । सन् १९७८ यता भएका १० खेलमा प्रतिखेल ४ गोलका हिसाबले गोल भएका छन् ।

‘यस्तो खेल, जो कोही खेल्न चाहँदैन’

बेल्जियम र इंग्ल्यान्डले यसअघि नै जारी विश्वकपमा प्रतिस्पर्धा गरिसकेका छन् । शनिबारको खेल उनीहरूले चाहेको भिडन्त होइन । तर दुवै टोली यो खेल जितेर विश्वकपबाट सम्मानजक बिदाइ हुन चाहन्छन् ।

‘नसोचिएको अनुभव’

इंग्ल्यान्डको ५२ वर्षपछि विश्वकप फाइनल खेल्ने सपना क्रोएसियाले तुहाइदियो । तर, उमेरका आधारमा यो विश्वकपको दोस्रो कान्छो टिम इंग्ल्यान्डको रुस यात्रालाई सफलताका रूपमा लिइएको छ । कारण चार वर्षअघि ब्राजिलमा इंग्ल्यान्ड समूह चरणबाटै घर फर्किएको थियो ।

विश्वकप २०१८: ईपीएल र टोटनहमको कमाल

अब चाँडै हामीसँग हुनेछ, विश्वकप विजेता टिम । त्यस अगाडि सेमिफाइनल पुगेको चार टिमको आधारमा विजेताको एउटा अर्को विश्लेषण पनि त गर्न सकिन्छ । त्यसअनुसार सेमिफाइनल खेल्न चार टिममा सबैभन्दा बढी नौ खेलाडी टोटनहमका रहेछन् । त्यसपछि म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीका सात/सात खेलाडी ।

विश्वकप २०१८: भाग्यमानी ब्राजिली टिम

ब्राजिली फुटबललाई लिएर एउटा समस्या के भने त्यहाँ जति पनि फुटबल प्रशंसक छन्, सबै प्रशिक्षक जत्तिकै छन् । ब्राजिलले केसरी खेल्नु पर्छ, सबैको आ–आफ्नो राय हुने गर्छ । ब्राजिल यसपल्टको विश्वकपमा क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेन । यस्तोमा डर थियो, टिमको चर्को आलोचना हुनेछ । प्रशंसकहरूको रिस हेरिनसक्नु हुनेछ ।

विश्वकप २०१८: फुटबलले रुसलाई दिएको खुसी

रुसलाई यसपल्टको विश्वकपमा कहीं न कहीं रोकिनु थियो, त्यो बाटो क्वाटरफाइनल रह्यो । क्रोएसियासँग टाइब्रेकरमा पराजित हुँदै रुस प्रतियोगिताबाट बाहिरियो । तर एउटा तथ्य के सबैले मानेका छन् भने रुसी टिमले जुन यात्रा तय गरेको छ, त्यसले पूरा रुसलाई धेरै खुसी दिएको छ ।

विश्वकप २०१८: हाँसोका पात्र म्याराडोना

मैदानमा डिएगो म्याराडोना जति राम्रा खेलाडी थिए, मैदान बाहिर उनको व्यक्तित्व उत्तिकै खराब रहने गरेको छ । अहिलेको विश्वकपमा पनि उनको व्यवहारलाई कसैले रुचाएनन् । कोलम्बियामाथि इंग्ल्यान्डले जित निकालेयता उनले भनिहाले, इंग्ल्यान्डले जित्नका लागि डाका डाले । अनि त्यस खेलमा रेफ्री रहेकालाई सक्दो गाली पनि गरे ।