डा. केसीका माग सम्बोधन गर्न आग्रह 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । 

यसो भने ओली र दाहालले डा. केसीको अनसनबारे (भिडियो)

प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अनसनरत डा. गोविन्द केसीसंग वार्ता गर्न सकिने बताएका छन् । यद्यपि दुवै जनाले डा. केसीलाई अन्तैबाट परिचालित भएको भन्ने भने छुट्टाएनन् । दुवै नेताहरु सोमबार पुष्पलाल स्मृति दिवसको अवसरमा सहभागी थिए ।

ओपीडी टिकट, रसिद, बिल बहिष्कार गरेर बिरामी जाँच्न चिकित्सक संघको निर्देशन

नेपाल चिकित्सक संघले देशभरका चिकित्सकहरुलाई आफू कार्यरत स्वास्थ्य संस्थाको नियमित ओपीडी टिकट, रसिद, बिल बहिष्कार गरेर बिरामीको स्वास्थ्यलाई असर नपर्ने गरी वैकल्पिक उपायद्वारा ओपीडी सेवा सञ्चालन गर्न आह्वान गरेको छ ।

डा. केसीको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : नारायणकाजी श्रेष्ठ

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवत्ता नारायणकाजी श्रेष्ठले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनरत प्रा.डा. गोविन्द केसीको जीवनरक्षालाई सरकारले पहिलो प्राथमिकता बनाएको बताएका छन् ।

किन भइरहेको छैन वार्ता ?

डा. गोविन्द केसी आमरण अनशन बसेको २३ दिन नाघिसकेको छ । केसी समर्थक र प्रतिपक्षी पार्टीले सडक तताइरहेका छन् । यही विषयलाई लिएर अवरोध आउने स्थिति बनेपछि प्रतिनिधिसभा बैठक ११ गतेसम्मका लागि रोकिएको छ । तर केसीका मागको विषयमा ठोस छलफलसमेत हुन सकेको छैन ।

केसीको स्वास्थ्य गम्भीर तर स्थिर

२३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर भए पनि स्थिर छ । सरकारले जुम्लाबाट आफूलाई अपहरण शैलीमा ल्याएको भन्दै केसीले राजधानी आएदेखि नै स्वास्थ्य जाँच गराउन अस्वीकार गर्दै आएका छन् ।

केसी समर्थकद्वारा प्रधानमन्त्री र शीर्ष नेताहरुलाई एसएमएस र टेलिफोन

डा. गोविन्द केसीको समर्थनमा वसन्तपुर डबलीमा सुरु भएको सामूहिक सत्याग्रहका सहभागीले प्रधानमन्त्री केपी ओली र सत्तापक्षका शीर्ष नेताहरुलाई टेलिफोन तथा एसएमएस गरी ध्यानाकर्षण गराएका छन् ।

डा. केसीको समर्थनमा वसन्तपुरमा सामुहिक सत्याग्रह

केसीको समर्थनमा ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आयोजनामा आइतबार बिहान वसन्तपुर डबलीमा आमनागरिकको सहभागितामा सामूहिक सत्याग्रह सुरु भएको छ । सत्याग्रहमा अधिवक्ता अाेमप्रकाश अर्याल, कृष्ण पहाडी लगायत नागरिक समाजका अगुवाहरुकफ पनि सहभागिता रहेको अायोजकले बताएको छ ।

डा. केसीको पक्षमा पश्चिम अष्ट्रेलियामा प्रदर्शन

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनसरनरत प्रा.डा. गोविन्द केसीको मागलाई तत्काल पुरा गर्न तथा सरकारबाट भइरहेको हस्तक्षेप तत्काल बन्द गर्न यहाँका नेपालीले माग गरेका छन् ।

केसीको पक्षमा प्रबुद्ध समुदाय

डा. गोविन्द केसी अनशनको २२ औं दिन शनिबार राजधानीमा नागरिक समाजका प्रबुद्ध व्यक्तिहरूले उनका मागको समर्थनमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ को आह्वानमा माइतीघर मण्डलाबाट जुलुस निकाली नयाँ बानेश्वरमा कोणसभा गरियो ।

परिक्षणको अनुमति नपाउँदा डा. केसीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरु अन्योलमा

प्रा.डा. गोविन्द केसीको आमरण अनशन शनिबार २२ औं दिन पुग्दा उनको स्वास्थ्य स्थिति यकिन हुन सकेको छैन । केसीले स्वास्थ्य परीक्षण नगराउने अडान लिएका छन् । उनको स्वास्थ्य स्थिति दिनहुँ थप जटिल बनिरहेको हुनसक्ने चिकित्सकले अनुमान गरेका छन् ।

स्तब्ध जुम्ला !

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै जुम्ला पनि स्तब्ध भएको छ । बिहीबार दिनभर तनावग्रस्त बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले सुनसान छ ।

डा केसीसँगको वार्ता अनिश्चित

चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ ।

जबर्जस्ती उठाइए केसी

डा. गोविन्द केसीको अनशनबारे कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही दिन अघि भनेका थिए– यो संघीय सरकारको मामिला हो । तर, बिहीबार बिहान तिनै मुख्यमन्त्रीलाई संघीय सरकारले जुम्ला पठायो । समन्वयकर्ताका रूपमा भनिए पनि नेपाली सेनाको हेलिकप्टरमा आएका मुख्यमन्त्री नेतृत्वको टोलीलाई स्पष्ट निर्देशन थियो– केसीलाई जसरी पनि जुम्लाबाट उठाएर काठमाडौं पुर्‍याउनू ।

डा. केसी काठमाडौं आउन तयार

जुम्लामा अनशन बसेका डा. गोबिन्द केसी काठमाडौं आउन तयार भएका छन् । उनले आफ्ना सहयोगी र लिनका लागि राजधानीबाट गएको टोलीसँग काठमाडौं जान सहमत भएको जनाएका हुन् ।

म्यान्डेटसहितको टोलीसँग मात्र वार्ताः डा. केसी

डा. गोविन्द केसीले सरकारसँग भईरहेको वार्तालाई तार्किक निश्कर्षमा पुर्याउन तुरन्त  चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन आग्रह गरेका छन् ।

कसैले थर्काएर डराउँदैनौं : प्रधानमन्त्री

जुम्लामा १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागबारे मंगलबार पनि औपचारिक वार्ता हुन सकेन । सरकारी टोलीले पहिला डा.केसीलाई काठमाडौं ल्याउनुपर्ने अडान राखेपछि मागमा छलफलै हुन नसकेको डा. केसीका प्रतिनिधिले बताए । सोमबार र मंगलबारको अनौपचारिक वार्तापछि सरकार पेलेर अघि बढ्ने रणनीतिमा रहेको उनीहरूको निष्कर्ष छ ।

चिकित्सा शिक्षा विधेयक : के भन्छन् कार्यदल सदस्य ?

चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका सदस्यहरूले आफूले दिएको प्रतिवेदनको भावना र मर्मअनुसार कानुन बनाए अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमतिको विन्दु पहिलिने बताएका छन् । 

डा. केसी अनशन : औपचारिक वार्ता हुन सकेन

जुम्लामा १८ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका मागका विषयमा मंगलबार पनि औपचारिक वार्ता हुन सकेन । सरकारी टोलीले पहिला डा.केसीलाई काठमाडौं ल्याउनुपर्ने अडान राखेपछि मागका विषयमा छलफल हुन नसकेको डा. केसीका प्रतिनिधिले बताएका छन् ।

कसैको दबाबमा सरकारले निर्णय गर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले सरकारविरुद्ध अफवाह फेलाइएको भन्दै प्रतिवाद गर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन् ।

कर्णालीमा आजदेखि ओपीडी सेवा बन्द

जुम्लामा अनशनरत प्रा.डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली प्रदेशका चिकित्सकले आन्दोलन सुरु गरेका छन् । नेपाल चिकित्सक संघका जुम्ला र सुर्खेत शाखाले सोमबार विज्ञप्तिमार्फत मंगलबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने जनाएका छन् ।

मार्सी भातले ‘माफियालाई राहत’

डा. गोविन्द केसी जुम्लामा पुगेर अनशन सुरु गर्नेबित्तिकै एउटा पदावली एकाएक चर्चामा आयो, मार्सी चामलको भात । जुम्लामा पाइने यो चामल अनशन बसेका सत्याग्रही केसीले खाने कुरै थिएन । बरु यो खैरो चामलको भात पाकेको थियो, झापाको प्रस्तावित मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको चुलोमा । अनि त्यो खान पुगेका थिए, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ।

साउन ३ देखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी

नेपाल चिकित्सक संघले ४८ घन्टाभित्र सरकारले डा.गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन नगरे देशभरीको आकस्मिक बाहेकको सबै सेवा ठप्प गर्ने चेतावनी दिएको छ ।

चिकित्सा शिक्षा विधेयक: सरकारको अडान

प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा सुधारको विषय संसद्‌बाटै टुंगो लगाउनुपर्ने उल्लेख गर्दै डा. गोविन्द केसीका माग संसद्‌भन्दा बाहिरबाट सम्बोधन गर्न नसकिने सरकारको ‘बटमलाइन’ राखेका छन् । डा. केसीको आमरण अनशन र उनका माग सम्बोधन गर्ने विषयमा भइरहेको उच्चस्तरको राजनीतिक छलफलमा ओलीले संसद्‌मा विधेयक पेस भइसकेकाले चिकित्सा शिक्षा सुधारका विषय त्यहींबाट टुंगिनुपर्ने धारणा राखेका हुन् ।