अनियन्त्रित दोहनले बाढी

चुरे पहाडबाट बग्ने नदीनालाको अनियन्त्रित र असीमित दोहनले कैलालीको समथल भूभागमा बाढीको प्रकोप बढेको छ । एक दिनको वर्षाले पनि कैलालीको दक्षिणी–पूर्वी क्षेत्र पूरै जलमग्न हुने गरेको छ ।

बहाव नघट्दा काेशीमा रातो बत्ती

सप्तकोशीको बहाव शुक्रबार साँझको तुलनामा शनिबार धिमा गतिमा घटेको छ । शनिबार बिहानको मापन अनुसार कोशीमा पानीको बहाव १ लाख ७३ हजार ८ सय २० क्यूसेक प्रतिसेकेण्ड छ ।

नौगाडमा बाढी र पहिरो

लगातारको वर्षाले नौगाड खोलामा बाढी र पहिरो आएको छ । नौगाड खोलामा मंगलबार रातिदेखि बहाव बढेपछि नदीले जमिन कटान गर्नुका साथै आधा दर्जन घरमा बाढीले क्षति पुर्‍याएको छ ।

वर्षाले अस्तव्यस्त भक्तपुर (फोटोफिचर)

लगातारको वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण सयौ घर, विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र, राधेराधे क्षेत्र, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् ।

भक्तपुरमा पहिरोले पुरिएर एकै परिवारका तीनको मृत्यु

चाँगुनारायण नगरपालिका–७ मझुवा बागेहिटीमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । 

यसरी गरिँदैछ उपत्यकामा डुबान पीडितको उद्धार (फोटोफिचर)

बुधबार राति देखिकाे वर्षाले भक्तपुर क्षेत्रका डुबानमा परेकाकाे उद्धार जारी छ । बिहीबार बिहानै देखि उद्धारकर्ताहरु खटिएका छन् । भक्तपुरकाे राधे राधे, ठिमी, जगाती लगायतका क्षेत्रमा डुबानले बढी प्रभावित बनाएकाे छ । सुरक्षाकर्मीले राधे राधे क्षेत्रबाट केहीलाई सुरक्षित स्थानमा स्थानमा सारेकाे छ ।
ADVERTISEMENT
ADVERTISEMENT

जलमग्न उपत्यका (फोटोफिचर)

बुधबार राति देखिकाे वर्षाका कारण उपत्यकाका बिभिन्न भाग जलमग्न भएका छन् ।भक्तपुरकाे राधे राधे, ठिमी, जगाती लगायतका क्षेत्रमा बाढी पसेकाे छ । डुबानका कारण कतिपय घरमा पानी पसेकाे छ ।

बाढी र डुबानबारे ध्यानाकर्षण

प्रदेश ५ को प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै सदस्यले सार्वजनिक र जरुरी महत्त्वका विषयमा प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् ।

बाढी पहिरो पीडितलाई उचित प्रबन्ध गर्न राजपाको माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बाढी पहिरोमा आफन्त गुमाएका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

बाढी, पहिरोबाट साता दिनमै २६ को मृत्यु, दर्जन घाइते [तथ्यांकसहित]

सरकारले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरोबाट एक साताको अवधिमा २६ जनाको मृत्यु भएको जानकारी गराएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा समय लिएर बोल्दै गृहमन्त्री रामबहादुर थापाले असार १५ गतेदेखि आजसम्म बाढी, पहिरोबाट १६ जिल्लामा मानवीय क्षति पुगेको जानकारी गराएका हुन् ।

सांसद्‌द्वारा बाढी, पहिरो रोकथामका लागि सरकारको ध्यानाकर्षण

सांसद्हरुले देशभर अविरल वर्षाका कारण बाढी, पहिरोबाट धनजनको ठूलो क्षति भइरहेकोले राहत, पुनर्स्थापना र रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपालको दीर्घकालीन बाढी समस्याको समाधान

बाढी एक प्राकृतिक प्रक्रिया हो। पृथ्वीको भू- परिधीमा रहने पानीको सतह (जस्तै नदी नाला, ताल तलैया, समुन्द्र,  ढल पाइप, भल निकास) बाट जमीनको सुक्खा क्षेत्र जलमग्न हुनुलाई बाढी भनिन्छ। हामीले बाढीलाई पूर्णत रोक्न त सक्दैनौं तर त्यसबाट हुने क्षतिलाई  न्यूनीकरण गर्न भने अवश्य सक्छौंं। 

देशैभरी बाढी–पहिरोको वितण्डा

 देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको मृत्यु हुनुका साथै तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन् ।

खोलाहरुमा बाढी आउँदा यातायात सञ्चालनमा कठिनाई

दाङका विभिन्न खोलाहरुमा बाढी आउँदा यातायात सञ्चालनमा कठिनाई भएको छ । तुलसीपुर–घोराही–लमही सडक खण्डका खोलाहरुमा पानीको सतह बढेपछि साना सवारी साधन सञ्चालनमा समस्या भएको छ ।

बाँकेमा बाढी : दुई बेपत्ता, हुलाकी सडक अवरुद्ध

दुई दिनदेखि परेको अविरल वर्षाका कारण जेठी नालामा आएको बाढीले बैजनाथ गाउँपालिका–३ का ६५ वर्षिय तुला बुढा र सोही गाउँपालिका–५ का ३५ वर्षिय लोकबहादुर सुनारलाई बगाएको छ । बैजनाथ गाउँपालिका बनकटजास्थित जेठी खोला तर्ने क्रममा बाढीले बगाएको हो । उनको खोजि भइरहेको कोहलपर प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा प्राविधिक

खाँडो लगायत पूर्वी तराईमा रहेका नदीको पानी निकास लगायतका विषयको समाधान खोज्न नेपाल तथा भारतका प्राविधिकले संयुक्त अनुगमन सुरु गरेका छन् ।

वर्षासँगै बाढी र पहिरो

वर्षायाम सुरु भएसँगै प्रदेश ४ का विभिन्न जिल्लामा बाढीपहिरोले वितण्डा मच्चाउन थालेको छ । बागलुङमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । बस्ती नै पहिरोको जोखिममा परेको छ भने झोलुंगेपुल र खेतीयोग्य जमिन बगाएको छ ।

तराईको सम्भावित बाढी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण

सांसदले तराईको सम्भावित बाढी नियन्त्रण र उखु किसानलाई उचित मूल्य दिनुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष र शून्य समयमा सांसदहरुले तराईको बाढी नियन्त्रण, किसानको उखुको उचित मूल्य निर्धारण र भुक्तानीप्रति सरकारको ध्यानाकर्षण गराए ।

बाढी व्यवस्थापनको माग

सप्तरीको पूर्वदक्षिण क्षेत्रका स्थानीय तहका प्रमुखले वर्षात्का बेला बाढीले दु:ख दिने गरेको भन्दै नियन्त्रणका लागि केन्द्रीयस्तरबाटै समुचित बजेटको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

बाढी नियन्त्रण मुख्य चुनौती

सतीशकुमार सिंह, सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्ष हुन् । जिल्लाकै ऐतिहासिक गाउँपालिका तिलाठी–कोइलाडीका जनता हरेक वर्ष बाढीको समस्या भोग्छन् ।

बझाङमा फेरि बाढी ३ जनाको मृत्यु , २ बेपत्ता 

शनिबार राति परेको असिना–पानीसँगै बझाङमा फेरि बाढी आएको छ । बाढी र असिनाले जिल्लाका विभिन्न ठाँउमा ठुलो धनजनको क्षति पुऱ्याएको छ । बाढीमा परेर ३ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन् । 

बाढी रोक्न बालुवाको बाँध

जिल्लाको दक्षिणी क्षेत्र माडी बाढीको उच्च जोखिमको क्षेत्र हो । गत वर्षको वर्षा याममा बाढीले निकै दु:ख दिएको माडीमा यो पटक खहरे खोलामा बाँध लगाउने काम सुरु भएको छ । तर पर्याप्त बजेट नहुँदा केही ठाउँमा बालुवाको ढिस्को थुपारेर मात्रै भए पनि माडी नगरपालिकाले बाढी छेक्ने प्रयास गरेको छ ।