नौगाडमा बाढी र पहिरो

लगातारको वर्षाले नौगाड खोलामा बाढी र पहिरो आएको छ । नौगाड खोलामा मंगलबार रातिदेखि बहाव बढेपछि नदीले जमिन कटान गर्नुका साथै आधा दर्जन घरमा बाढीले क्षति पुर्‍याएको छ ।

पहिरो खसेपछि बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध

लगातारको वर्षापछि पहिरो खस्दा मध्यपहाडी लोकमार्ग र बीपी राजमार्ग बिहीबार बिहानदेखि अवरुद्ध भएको छ । सिन्धुली र काभ्रेको सिमानामा पर्ने रोशीखोला आसपासमा साना, साना पहिरो खस्दा बीपी राजमार्ग समेत अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

भक्तपुरमा पहिरोले पुरिएर एकै परिवारका तीनको मृत्यु

चाँगुनारायण नगरपालिका–७ मझुवा बागेहिटीमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । 

हेटौंडा – कुलेखानी सडक अवरुद्ध

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौंडा– कुलेखानी सडकखण्डकाे इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेल र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा बिहीबार बिहान पहिराे खस्दा हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध भएको छ । 

नारायणगढ–मुग्लिन सडककाे तीन ठाउँमा पहिरो

रातिदेखि नै ठाउँ ठाउँमा पहिरो जाँदा नारायणगढ मुग्लिन सडकमा मंगलबार बिहानैदेखि गाडी चल्न सकेका छैनन् । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार गाइघाट, घुमाउने र टोपे खोलामा पहिरो गएको छ ।

'यो वर्ष नारायणगढ-मुग्लिन सडकको पहिरो रोक्न नसकिने'

नारायणगढ-मुग्लिन सडकखण्डको चोरखोलादेखि टोपेखोलासम्म निरन्तर खसिरहेको पहिरो यस वर्ष रोक्न सम्भव नरहेको विज्ञहरुले बताएका छन् । वर्षात् भएसँगै मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ पर्ने टोपेखोला र तीन किलोमिटर ३०० मिटर दूरीमा पर्ने टोपेखोलाबीचको ७०० मिटर क्षेत्रमा पहिरो खस्ने गरेको छ । सोही क्षेत्रमा चार किलो भन्ने क्षेत्र पनि पर्छ । 

३३ वर्षदेखि पहिरो

बिटुले–पारिबगड सडक खण्ड बेला–बेला अवरुद्ध हुने गरेको छ । यो सडक वर्षातमा मात्रै होइन, दुई/तीन घण्टा लगातार पानी परे जुनसुकै समयमा अवरुद्ध हुन्छ । वर्षात्मा त अधिकांश समय यो क्षेत्रमा आवतजावत नै ठप्प हुने स्थानीय बताउँछन् ।

बाढी पहिरो पीडितलाई उचित प्रबन्ध गर्न राजपाको माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बाढी पहिरोमा आफन्त गुमाएका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

सांसद्‌द्वारा बाढी, पहिरो रोकथामका लागि सरकारको ध्यानाकर्षण

सांसद्हरुले देशभर अविरल वर्षाका कारण बाढी, पहिरोबाट धनजनको ठूलो क्षति भइरहेकोले राहत, पुनर्स्थापना र रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

नारायणगढ–मुग्लिन सडक ठप्प, टोपे खोलामा फेरि पहिरो

नारायणगढ–मुग्लिन सडकको टोपे खोलामा बुधबार बिहान फेरि ठुलो पहिरो गएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बिहान पाँच बजे गएको पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ । पहिरो सफा गर्न आज दिनभर लाग्ने उनले जानकारी दिए ।

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, विभिन्न ३ स्थानमा पहिरो

नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५:१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन: बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएको छ ।

२० वर्षपछि कृष्णभीरमा पहिरो

पृथ्वीराजमार्ग दुई दशकपछि बुधबार दिनभर अवरुद्ध भयो । जोगीमाराको जुकेखोलामा दक्षिणतर्फबाट आएको हिलो लेदोका कारण राजमार्ग दिनभर अवरुद्ध भएको हो ।

नारायणगढ-मुग्लिन सडकमा आज पनि पहिरो, बाटो अवरुद्ध

मंगलबार झरेको पहिरोका कारण ११ घण्टासम्म अवरुद्ध नारायणगढ मुग्लिन सडकमा आज पनि पहिरो गएर गाडी बन्द भएको छ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार आज बिहान साढे ६ बजे चार किलोमा ठुलो पहिरो गएको हो । 

वर्षासँगै बाढी र पहिरो

वर्षायाम सुरु भएसँगै प्रदेश ४ का विभिन्न जिल्लामा बाढीपहिरोले वितण्डा मच्चाउन थालेको छ । बागलुङमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । बस्ती नै पहिरोको जोखिममा परेको छ भने झोलुंगेपुल र खेतीयोग्य जमिन बगाएको छ ।

नारायणगढ–मुग्लिन सडकः पानी पर्‍यो, पहिरो झर्‍यो

नारायणगढ मुग्लिन सडकमा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म गाडी बन्द गरेर बाटो बनाउने काम हुने गर्दथ्यो । जेठ २३ गतेबाट यो समय सिमा हट्यो । सडकमा २४ सैं घण्टा गाडी चल्ने भयो ।

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्नै चुनौती

पछिल्लो तीन वर्षयता मुग्लिन–नारायणगढ सडकका यात्रीले भोगेको कष्ट बयान गरिसाध्य छैन । एसियाली मापदण्डअनुरुप विस्तार गर्ने क्रममा खनिएको सडक बर्खामा हिलोले पार गर्नै मुस्किल थियो । त्यसमाथि पहाड काटिँदा ठाउँठाउँमा पहिरो खस्नु सामान्य हुन पुग्यो । 

सुक्खा पहिरो झरेपछि रातभर जाग्राम

शिलिचोङ गाउँपालिका ३, ताम्कुको साप्तेलका अगमबहादुर राई रातभर जाग्राम बसेको एक महिना भयो । गत मंसिर ३ गते दिउँसो साप्तेल टोलमा सुक्खा पहिरो गएपछि उनी त्रसित छन् ।उनी मात्र होइन, टोलमा भएका १७ घरपरिवारको दैनिकी यसरी बित्ने गरेको छ ।

नारायणगढ—मुग्लिङ सडकमा ७ ठाउँ पहिरो

सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ—मुग्लिङ सडकखण्ड पहिरो खसेर अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ । 

पहिरो पन्छाउँदै यात्रा

जेठ पहिलो साता जिल्ला सभामा सहभागी हुन सदरमुकाम फुङलिङ हिंडेका सिदिङवा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया पहिरोले सडक अवरुद्ध भएपछि साब्लाखु भन्ज्याङमा डेढ घण्टा रोकिए ।

पहिरो खसेपछि फेरि सिद्धार्थ राजमार्ग अवरुद्ध

अबिरल वर्षासंगै खसेको पहिरोले हिजो रातिदेखि उत्तर–दक्षिण जोड्ने सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग बन्द भएपछि बिहानैदेखि सबै सवारी साधन बाटोमै रोकिएर राखिएको छ भने यात्रुहरु पैदलै गन्तव्य तर्फ जान पनि सकेका छैनन् ।

पहिरो प्रकोप सेन्टर स्थापनाबारे ऊर्जामन्त्रीले गरे छलफल 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनले पहिरो प्रकोप सेन्टर स्थापनाबारे छलफल सुरु गरेका छन् ।

पहिरो व्यवस्थापन गर्न स्थलगत अवलोकन

महाकाली नगरपालिका ४ बांगाबगड पारि भारततर्फको खोतिला पहिरो व्यवस्थापनका लागि नेपाल र भारतका अधिकारीहरूले स्थलगत अवलोकन गरेका छन् । दुवै पक्षका प्राविधिक सम्मिलित टोलीले बुधबार स्थलगत अवलोकन गरेको हो ।