'नेपाल सेमिफाइनल प्रवेश गर्नु ठूलो उपलब्धि'

साफ च्याम्पियनसिप नेपालले खेल्ने सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो र महत्त्वको हिसाबले यसलाई विश्वकप मान्ने हो भने नेपाली राष्ट्रिय टिमले शनिबार बंगबन्धु रंगशालामा नयाँ इतिहास रच्यो ।

साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश, बंगलादेश २-० गोल अन्तरले पराजित

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' अन्तर्गतको लिगको अन्तिम खेलमा बंगलादेशलाई २-० गोल अन्तरले हराएर समुह विजेता हुँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ ।

साफ च्याम्पियनसिपः पाकिस्तान विजयी, नेपाललाई जित्नै पर्ने, भुटान बाहिरियो

साफ च्याम्पियनसिप २०१८ को समूह ए को लिग चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तानले भुटानलाई ३-० हराएको छ  । पाकिस्तानको यो जितपछि नेपालले सेमिफाइनल प्रवेशका लागि बंगलादेशलाई हराउनै पर्ने भएको छ  । जितपछि पाकिस्तानको ३ खेलबाट ६ अंक भएको छ ।

साफ च्याम्पियनसिपः पाकिस्तानको गोलले नेपाललाई तनाव, बंगलादेशलाई हराउनै पर्ने

साफ च्याम्पियनसिप २०१८ को समूह ए को लिग चरणको अन्तिम खेलमा भुटान विरुद्ध पाकिस्तानले अग्रता लिएको छ । पाकिस्तानले खेलको २० र २९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता लिएको हो ।

साफ च्याम्पियनसिपः समूह 'ए' को अन्तिम खेल सबैलाई जित्नै पर्ने दबाब

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को अन्तिम खेल शनिबार हुँदै छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा आज अपरान्ह भुटान विरुद्ध पाकिस्तान र राति नेपाल विरुद्ध बंगलादेशबीच खेल हुँदै छ ।

साफ च्याम्पियनसिप: प्रिय प्रतिद्वन्द्वी भुटानमाथि जित

नेपालले भुटानको सामना गर्दा यति धेरै तनाव कहिले पनि महसुस गरेको थिएन । नेपाललाई डर थियो, कतै साफ च्याम्पियनसिप फुटबल २०१८ मा नेपालले भुटानविरुद्ध कुनै अकल्पनीय नतिजा आत्मसात गर्ने त होइन ?
ADVERTISEMENT

साफ च्याम्पियनसिपः बंगलादेशले पाकिस्तानलाई हरायो

साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को तेस्रो खेलमा बंगलादेशले पाकिस्तानलाई १-० ले पराजित गरेको छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा राति भएको खेलमा बंगलादेशले पाकिस्तानलाई हराएको हो ।

साफ च्याम्पियनसिपः नेपालको सेमिफाइनल पुग्ने सम्भावना जिवितै

साफ च्याम्पियनसिप २०१८ को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ । भुटानी फुटबलको स्तर माथि बढेको सोचबीच भएको खेलमा नेपाल पूर्णत हाबी रह्यो । यस जितले नेपालको सेमिफाइनल पुग्ने सम्भावना फेरि जिवित भएको छ ।

साफ च्याम्पियनसिपः नेपाल भुटानसँग ४-० ले विजयी

साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह 'ए' को दोस्रो खेल नेपालले भुटानलाई ४-० ले हराएकाे छ । नेपालले खेलको पहिलाे हाफमा एक र दोस्रो हाफमा तीन गोल गर्दै जित हासिल गरेकाे हाे ।

साफ च्याम्पियनसिपः भारतले श्रीलंकालाई २-० ले हरायो

साफ च्याम्पियनसिप २०१८ को समूह 'बी' को पहिलो खेलमा भारतले श्रीलंकालाई २-० गोल अन्तरले हराएको छ ।

साफ च्याम्पियनसिप २०१८ : हेरौं तस्बिरमा नेपालको अभ्यास सत्र

साफ च्याम्पियनसिप २०१८ को समूह ए अन्तर्गत बिहीबार नेपाल भुटानसँग खेल्दै छ । यो नेपालको दोस्रो खेल हो । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा बिहीबार स्थानीय समयअनुसार ४ बजे खेल हुँदै छ ।

नेपाली फुटबलका सफल कप्तान विराज, जो आफ्नै प्रशिक्षकलाई उछिन्दै छन्

नेपालले साफ च्याम्पियनसिप २०१८ मा बिहीबार भुटानको सामना गर्दा त्यो नेपाली फुटबलका लागि कोसेढुंगा उपलब्धि सावित हुन सक्नेछ । नेपालका कप्तान विराज महर्जनले भुटानको सामाना गर्ने अवसर पाए भने त्यो उनको ६९ औं क्याप हुनेछ र र यस क्रममा उनी नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुनेछन् । 

साफ च्याम्पियनसिप : भुटानसँगको खेल नेपालका लागि 'गर या मर'को स्थिति

पहिलो खेल गुमाएर दबाबमा परेको नेपालले साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को आफ्नो दोस्रो खेलमा बिहीबार भुटानको सामना गर्दै छ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार व्यहोरेको थियो । यही हारले नेपाल दबाबमा छ । भुटानले पनि आफ्नो पहिलो खेल आयोजक राष्ट्र बंगलादेशसँग २-० ले गुमाएको थियो । यस्तोमा दुवैका लागि भोलिको खेल महत्वपूर्ण रहने छ ।

साफ च्याम्पियनसिप: फेरि निराशाजनक सुरुआत

एसियाली खेलकुदमा नेपालले पाकिस्तानविरुद्ध बेहोरेको हार संयोग मात्र थिएन । बरु नमिठो संयोग के रह्यो भने नेपालले साफ च्याम्पियसिपको उद्घाटन खेलमा पनि त्यही अन्तरको हार बेहोर्‍यो ।

साफ च्याम्पियनसिपः नेपाल पाकिस्तानसँग भिड्दै

दसौं संस्करणको साफ च्याम्पियनसिप मंगलबार बंगलादेशको ढाकामा सुरु हुँदै छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा आज मध्यान्ह स्थानीय समयअनुसार ३ बजेर ४५ मिनेट (नेपाली समय ४ बजे) मा सुरु हुँदै छ ।

साफ च्याम्पियनसिप २०१८: फेरिएला भाग्य ?

जसरी सिनेमा सफल बनाउन कुनै सूत्र छैन, त्यसरी नै फुटबलमा पनि कसरी सफल हुने, त्यसको मात्र कहाँ निश्चित मन्त्र छ र ?

साफ च्याम्पियनसिप २०१८ : ढाका, बालगोपाल र उपाधि लक्ष्य

बालगोपाल महर्जनले बंगलादेशी राजधानी ढाकामा तीन सिजन व्यावसायिक फुटबल लिग खेले । करिब दुई करोड जनसंख्या भएको सहरको ठूलै क्लबमा एक सिजन प्रशिक्षकको जिम्मेवारी सम्हाले ।