निर्मला र निर्भया

भारतमा २०१२ डिसेम्बर १६ को राति गुडिरहेको बसभित्र निर्भयामाथि बलात्कार र सांघातिक आक्रमण भयो । उनका पुरुष मित्र अबिइन्द्रप्रताप पाण्डे पनि हमलाका सिकार भए । राति ८ बजेसम्म सिनेमा हेरेर निर्भया र उनका मित्र घर फर्कन बस चढेका थिए ।

निर्मला हत्या प्रकरण: दोषी किटान नगरी प्रतिवेदन बुझाइयो

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिले दोषी किटान नगरी प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा घटनालगत्तै सुरु भएको आन्दोलनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको निष्कर्ष निकालेको छ ।

किशोरी बलात्कार र हत्या प्रकरण : उल्झनमा अनुसन्धान

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना पुग्दै छ । अहिलेसम्म अपराधी पत्ता लागेको छैन । स्थानीयको चर्काे दबाब र आन्दोलनका वावजुद अनुसन्धानका लागि विभिन्न समिति र टोली गठन भए । तर हालसम्म अनुसन्धानमा खासै प्रगति हुन सकेको छैन । 

म्याग्दीमा बढ्यो बलात्कारको घटना

बेनी नगरपालिका-५ घर भै आफन्त भेट्न अन्नपूर्ण गाउँपालिका-६ घार पुगेकी एक १५ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । किशोरीसहित आर्थिक वर्षको पहिलो दुई महिनामा जिल्लामा ४ वटा बलात्कारका घटना सार्वजनिक भएका छन् ।

किशोरी बलात्कार र हत्या प्रकरण : समिति थपिँदै, अनुसन्धान शून्य 

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना हुनै लाग्यो । साउन १० गते बलात्कारपछि उनको हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव गाउँनजिकैको उखुबारीमा फेला परेको थियो ।

म पनि निर्मलाको अभिभावक हुँ, दोषी उम्किँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रारम्भिक छानबिनमा कमजोरी भएको स्विकार्दै दोषी पत्ता लगाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
ADVERTISEMENT
ADVERTISEMENT

अपराधी जुनसुकै ओहोदाको भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन् । 

किशोरी बलात्कार र हत्या प्रकरण : मामाको शंकास्पद भूमिका

साउन १२ गते निर्मलाको शव भेटिएको भोलिपल्ट जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारका आफन्त र सुरक्षा निकायका प्रमुखबीच छलफल चलिरहेको थियो । यथाशीघ्र दोषी पहिचान गरी कारबाही र पीडित परिवारलाई राहत दिने विषयमा छलफल भइरहेको थियो ।

किशोरी बलात्कार र हत्या प्रकरण : डीआईजी धिरु बस्नेतको नेतृत्वमा नयाँ अनुसन्धान समिति

सरकारले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको छानबिन गर्न यसअघि संलग्न प्रहरी अधिकृतहरूको भूमिकामाथि अनुसन्धान गर्न डीआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन गरेको छ ।

किशोरी बलात्कार र हत्या प्रकरणः न्याय माग्दै नेपालगन्जमा सिठी जुलुस

बलात्कारपछि हत्या गरिएकी कन्चरपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायका लागि आईतबार जिल्ला प्रशासन कार्यालयमा बाँकेमा धर्ना दिइएको छ ।

किशोरी बलात्कार र हत्या प्रकरण : थप ५ प्रहरी अधिकृत निलम्बन

गृह मन्त्रालयले कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा संलग्न थप पाँच जना प्रहरी अधिकृतलाई निलम्बन गरेकाे छ । 

किशोरी बलात्कार र हत्या प्रकरण : प्रमाण नष्ट गर्ने पनि कसुरदार

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार अनि हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने प्रहरी अधिकारीहरूको काम आफैंमा अपराध भएको भन्दै कानूनविदहरुले नयाँ संहिता अनुसार तिनलाई सजाय गर्नु पर्ने बताएका छन् ।

किशोरी बलात्कार र हत्या प्रकरण : कञ्चनपुरमा फेरि आन्दोलन

निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा फेरि आन्दोलन सुरु भएको छ । घटना भएको ५२ दिनसम्म पनि अपराधी पत्ता लाग्न नसकेपछि स्थानीयले आन्दोलन थालेका हुन् ।

किशोरी बलात्कार र हत्या प्रकरण : कञ्चनपुरमा बन्द आह्वान

बलात्कारपछि हत्या भएकी किशाेरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै शनिबार कञ्चनपुर बन्द गरिएको छ । नेपाल विद्यार्थी संघले पूर्व घोषित कार्यक्रम अन्तरगत बजार तथा यातायात बन्द गराएको हो । 

निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै शनिबार राजधानी प्रदर्शन भएको छ । माइतीघरबाट मण्डलाबाट निस्किएको प्रदर्शनमा सयौंको संख्यामा निर्मलाका अामाबुवासँगै अधिकारकर्मी, नागरिक अगुवा, पत्रकार, विद्यार्थी लगायत सहभागी छन् । अहिले प्रदर्शनकारीहरु नयाँ बानेश्वर चोकमा धर्ना दिइरहेका छन् ।

बलात्कारी पत्ता लगाउन नसक्नु सरकारको कमजोरी : केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसक्नु नेपाली जनता र सरकारको बेइज्जत भएको बताएका छन् । उनले सरकारका रवाफ, खुबी र चरित्र अन्तर्राष्ट्रिय समुदायले हेरिरहेको बताए । 

सरकारले अपराधीलाई कानूनी कारवाहीको कठघरामा ल्याउँछ : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले किशोरी बलात्कारपछि हत्याको विषयमा उठेका प्रश्नहरुको शुक्रबार संसदमा जवाफ दिएका छन् । बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले निर्मला हत्याकाण्ड र अन्य घटनाका विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गर्दै संसद अवरुद्ध पारेपछि थापाले आज जवाफ दिएका हुन् । 

विष्ट सधैं विवादित

‘नालायक नेतृत्वले लज्जित बनाएको छ,’ भदौ २२ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरमै पुगेर निर्मला हत्या घटनाका सम्बन्धमा एसपी डिल्लीराज विष्टलाई इंगित गर्दै भनेका थिए– ‘दोषी नै मानेर एसपीलाई निलम्बन गरिएको हो, यो घटनाले गम्भीर पाठ सिकाएको छ ।’

न्याय माग्दा बन्दुकको नाल

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमासँगै यतिबेला ९ अधिकारकर्मी महिला पनि आफ्नो परिवार र कामकाज छोडेर राजधानीमा छन् । यी तिनै महिला हुन् जो अहोरात्र नखटिएका भए कञ्चनपुर घटना उतिबेलै सेलाउन सक्थ्यो ।

अपराध कबुल गराउन यातना

‘सय जना दोषी उम्किऊन् तर एउटा निर्दाेष नफसोस्’ अपराध अनुसन्धानमा यही कुरालाई मुख्य ध्यान दिइन्छ तर निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा भने यसको विपरीत भयो ।

किशोरी बलात्कार र हत्या प्रकरण : घाइते भन्छन्, ‘गोली हान्नेलाई कारबाही होस्’

निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेका उमेश देउवाको अवस्था गम्भीर छ । कञ्चनपुरको भीमदत्त १, भासीका उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

निर्मला प्रकरणमा संसदीय छानबिन माग

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । एक सातापछि बिहीबार बैठक सुरु भएलगत्तै कांग्रेस सांसदले विरोध जनाएका हुन् । 

किशोरी बलात्कार र हत्या प्रकरण : निलम्बित एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परिक्षण

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको छानबिन अनुसन्धानमा संग्लन उच्च प्रहरी अधिकारीतर्फ नै सोझिएको छ । प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्टको डीएनए परीक्षणका लागि रगतको नमूना संकलन गरेको छ ।

निर्मलाका बा–आमा न्याय माग्न काठमाडौं : ‘प्रहरीबाटै प्रमाण नष्ट’

फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो । तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको छ ।