प्रस्तावित प्रधानन्यायाधीश मिश्रको संसदीय सुनुवाइ भदौ २५ गते

संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेका सर्वोच्चका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ भदौ २५ हुने भएको छ ।

दुई कामु प्रधानन्यायाधीश !

मुलुकी ऐनलाई विस्थापित गर्दै नयाँ कानुन लागू भएको दिन शुक्रबार दुई जनाले कामु प्रधानन्यायाधीशको हैसियतमा शुभकामना दिएका छन् ।

दीपकराज जोशीले घोषणा गरे आफैंलाई ‘कामू प्रधानन्यायाधीश’

प्रधानन्यायाधीशमा अस्विकृत भएपछि १५ दिन बिदामा रहेका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले आफैंलाई ‘कायममुकायम प्रधानन्यायाधीश’ भनी दाबी गरेका छन् । उनी गत साउन १८ गते संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्विकृत भएका थिए । 

जोशीद्वारा कामु प्रधानन्यायाधीश र न्याय परिषद्को अध्यक्षकै हैसियतमा सन्देश

संसदीय सुनुवाईमा अस्वीकृत भएपछि विदा बसेका दिपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीश र न्याय परिषद्को अध्यक्षकै हैसियतमा सन्देश जारी गरेका छन् ।

जोशीको प्रधानन्यायाधीश पद नेकपाको हातमा !

प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्तारूढ नेकपाभित्रै अलमल छ ।

पेचिलो बन्दै प्रधानन्यायाधीश नियुक्ति, संसदीय समितिको बैठक सोमबार २ बजेलाई सर्‍यो

भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार २ बजे बस्ने भएको छ ।
ADVERTISEMENT

प्रधानन्यायाधीश नियुक्तिमा अन्योल

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ सकिए पनि समितिले बेलैमा निर्णय नलिँदा अन्योल बढेको छ । विगतमा सुनुवाइ सकिएलगत्तै समितिले निर्णय दिने प्रचलन थियो । यस पटक समितिले सुनुवाइ सकिएको तीन दिन भइसक्दा पनि जोशीको नाम अनुमोदन गर्ने/नगर्ने निर्णय गरेको छैन ।

कामु प्रधानन्यायाधीश जोशीलाई सांसदको प्रश्न – राजस्वको मुद्दामा सरकार किन सधै पराजित हुन्छ ?

संसदीय सुनुवाईका क्रममा सांसदहरुले बिहीबार कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई राजस्वका मुद्दाहरुमा सरकार किन पराजित हुन्छ भन्ने प्रश्न गरेका छन् । 

कामु प्रधानन्यायाधीश जोशीको प्रमाणपत्र : परीक्षा दुईतिर, सिम्बोल नम्बर एउटै

प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गर्ने क्रममा रहेका कायममुकाम प्रधानन्यायाधीश दीपकराज जोशीको दुई तहको परीक्षा र विद्यालय फरक–फरक भए पनि सिम्बोल नम्बर एउटै फेला परेको छ । जोशीले कानुनको प्रमाणपत्र तह (आईएल) पढ्न नेपाल ल क्याम्पसमा पेस गरेको विवरणमा यस्तो तथ्य फेला परेको हो ।  

प्रधानन्यायाधीश नियुक्ति प्रभावित

संवैधानिक परिषद्ले सिफारिस गरिसके पनि कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश नियुक्त गर्न अझै समय लाग्ने भएको छ । संसदीय सुनुवाइ समिति गठन नभएकाले प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भएको हो ।

प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट खारेज

प्रधानन्यायाधीश नियुक्त गर्न आदेशको माग गर्दै दायर गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले बिहीबार अदालतले नभई संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश सिफारिश गर्ने अधिकार भएको हुँदा अदालतलको क्षेत्राधिकारभित्र नभएको भन्दै सो रिट निवेदन खारेज गरेको हो ।

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै सर्वोच्चमा रिट

प्रधानन्यायाधीश नियुक्तका लागि संवैधानिक परिषद्बाट तत्काल सिफारिश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । 

कामु प्रधानन्यायाधीश जोशीलाई ध्यानाकर्षणपत्र

सर्वोच्च अदालत विभागीय आधिकारिक ट्रेड युनियनले संवैधानिक निकायबाट हुने सरुवा बढुवालगायतका काम कारवाही निश्चित मापदण्ड बनाएर गर्न कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।