थुनिएको बडिगाड खोला ९ घण्टापछि बग्न थाल्यो

गएरातिदेखि थुनिएको बागलुङको बडिगाड खोलाको पानी बग्न थालेको छ । बिहान १० बजेपछि पहिरोको केही भाग खोलिएर पानी बग्न थालेको हो । तल्लो भागमा ठूला ढुंगाले पुरिएकोले पानी एकैपटक बग्ने खतरा नभएको प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए ।

बडिगाड खोला ७ घण्टादेखि थुनियो, पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानाको तुरतुरै डाँडा खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । साथै पहिरोले बडिगाड खोला थुनिएको छ । पानी थुनिएपछि ठूलोताल बनेको स्थानीयले बताए । उक्त डाँडामा बिहिबारदेखिनै ठूला खाडलहरु देखिएकोले पहिरो खस्न सक्ने भन्दै स्थानीयले सतर्क रहन राजमार्गमा सूचना जारी गरेका थिए ।

लेकमा पानी, बेंसीमा बाढी

जब लेक वर्षिन्छ तब बेंसीमा बाढी आउन पानी परिरहनु पर्दैन । बुधबार यस्तै भयो । दिनभर टन्टलापुर घाम लागेको थियो । ‘भीरको जरो र खोलाको किनारमा सधैंको त्रास’ भन्ने उखान ठ्याक्क मिल्छ, सदरमुकाम बेनीलाई ।

म्याग्दी र कालीगण्डकीमा बाढी, सतर्क रहन आग्रह

धौलागिरी हिमालफेदी क्षेत्रमा परेको भिषण वर्षापछि म्याग्दी खोला र राघुगंगामा पानीको सतह तिब्र रुपमा बढ्दै गएको छ । म्याग्दी र रहुगंगा खोलाको बाढी मिसिएपछि कालीगण्डकी नदीमा पनि पानीको बहाव डर लाग्दो किसिमले बढेको छ ।

लमजुङमा बाढीपहिरोमा, ३ को मृत्यु, ४ बेपत्ता (अपडेट)

बुधबार दिउँसोको अविरल वर्षापछिको आएको बाढीपहिरोमा परेर लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् ।
ADVERTISEMENT

बाढीपहिरोमा चार करोडको क्षति

चालु वर्षाको कारण चौरजहारी नगरपालिकामा झन्डै चार करोडको सम्पत्ति क्षति भएको छ । गत असार २४ देखि भदौ २० गतेसम्म बाढी, पहिरो र भूक्षयका कारण तीन करोड ६९ लाख ६३ हजार चार सय रुपैयाँ बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ ।

खानेपानीमा पस्यो बाढी

चन्द्रपुर नगरपालिका ६ लमाहाकी ४५ वर्षीय फूलमाया पहर्नीको घाँटी दुखेको एक साता भइसक्यो । कारण अरू केही होइन । घरको छानाबाट बगेको पानी पिउनाले उनको घाँटीमा समस्या देखिएको हो ।