दशै‌ं बिशेष

दसैं दशा नबनोस्

महान चाड बडादसैं घरआँगनमा आइसकेको छ । आ–आफ्नो गच्छे वा क्षमता अनुसार सबैले हर्षोल्लासपूर्वक मनाऔं । देखासेखी भन्दा आफ्नो आर्थिक हैसियत वा आम्दानी हेरेर मनाउनु उचित हो ।

बिदामा के गर्ने ?

दसैंमा लामो बिदा हुन्छ । कार्यालय, स्कुल, कलेज सबै बन्द हुन्छन् । कार्यालयहरू कम्तीमा चार दिन बन्द रहनेछन् । प्राय: शिक्षणसंस्थाले तिहारसम्मै बिदा दिन्छन् ।

यस्तो छ साइत

यसपालि विजयादशमीको मुख्य दिन अर्थात् टीका कात्तिक २ गते शुक्रबार परेको छ । देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ ।

शक्तिको साधना

निधारभरि रातो टीका, जमरा, नयाँ कपडा, पिङ, मालश्री धून, लिपपोत अनि रंग्याएर नयाँजस्तै बनाइएको घर, शक्तिपीठहरूमा धार्मिक अनुष्ठान, अग्रजबाट टीका र आशीर्वाद, टाढा–टाढाका आफन्तसँग भेटघाट ! दसैं भन्नेबित्तिकै यी प्रसंग ताजा भएर आउँछन् ।वर्षभरि जति दु:ख गरे पनि दसैंका बेला गच्छेअनुसार मिठोमसिनो खाने नेपाली परम्परा मौलिक छ ।

चचहुई...

दुईतिर ठूलो काठको थाम गाडिएको छ । त्यसकै माथि केप (बलो अड्काउने) पारिएको हुन्छ । त्यही केपमा बलो घुसाइन्छ । चारवटा काठकै बाँह (खट बनाउन राखिएका) हुन्छन् । त्यही बाँहमा खट (पिर्का) बनाएपछि बन्छ, चर्खे पिङ ।

शक्तिको पूजा

दसैं हाम्रा लागि विशेष पर्व किन हो भने यसमा हाम्रो सांस्कृतिक परम्परा र विश्वास लुकेको छ  । दसैंमा धार्मिक होस् अथवा दार्शनिक दुवै पक्षबाट शक्तिको पूजा गर्ने परम्परा छ  ।
ADVERTISEMENT

सीमाको बजार पारिपट्टि

जीविका चलाउनेदेखि लिएर हुने खाने परिवार किनमेलका लागि भारतीय बजार पहिलो रोजाइ बन्दै आएको छ  । विवाहका मौसम होस् वा चाडपर्व सीमावर्ती नेपाली सहरका बासिन्दाको किनमेलको थलो हो भारतीय बजार  ।

आफ्नै गाउँ फर्की आएँ...

नेपालगन्ज नाकामा यतिबेला छुट्टै चहलपहल छ । एकाबिहानै भीडभाड लाग्छ । यात्रु लिन तँछाडमछाड छ । टाँगा, रिक्सा, अटो सबै भरिभराउ छन् । भीड व्यवस्थापन गर्न प्रहरीलाई धौ–धौ छ ।

सीमामा लर्को

कैलाली लम्कीका मनिराज खनाल ६५ वर्षका भए । बाल्यकालदेखि नै कामको खोजीमा भारत जान थालेका उनको न त जीवनस्तर फेरियो न रोजगारीको गन्तव्य नै ।

चेलीलाई सम्मान

जनकपुरस्थित सामुदायिक परिवार कल्याण संघमा कार्यरत नगराइन नगरपालिका–७ देवडिहाका रमलेशकुमार शर्मा मंगलबार अपराह्न अलि चिन्तित देखिन्थे । संघका केन्द्रीय पदाधिकारीको उपस्थितिमा महत्त्वपूर्ण बैठक चलिरहँदा पनि उनी भित्र–बाहिर गरिरहेका थिए ।

नयाँ नोट

दसैं भन्नेबित्तिकै नयाँ नोटको प्रसंग आइहाल्छ । दसैं र तिहारमा टीकासँगै दक्षिणा दिइन्छ । दक्षिणा दिँदा नयाँ नोट दिने चलन छ ।

काढ्न पर्दैन ऋण

हुनेखानेले दसैंलाई खर्चिलो पर्व बनाएका कारण हुँदाखानेहरू ऋण काढेरै भए पनि खर्च गर्छन् । पर्वतमा केही परिवार यस्ता छन्, जो पर्व मान्न ऋण गर्दैनन् ।

दसैंकाे फुर्सदलाई गन्तव्य

दसैंको फुर्सदमा घुमफिर गर्न चाहनेका लागि प्रदेश १ मा थुप्रै पर्यटकीय गन्तव्य छन्  । विश्वकै सबैभन्दा होचो कचनाकवलदेखि सूर्याेदय दृश्यावलोकनका लागि प्रसिद्ध श्रीअन्तु, ‘गुराँसको राजधानी’ मिल्के डाँडाजस्ता लेकाली क्षेत्रको फन्को लगाउन सकिन्छ  ।

पूर्वका शक्तिपीठ

देवीको आराधना गरिने दसैंमा विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्छ  । कतिपय पीठहरुमा नवरात्रभरि मेला नै लाग्ने गरेको छ  ।

अब आर्थिक विकास

सधैंजसो राजनीतिक विषयले मात्र प्राथमिकता पाएको भन्दै विभिन्न क्षेत्रका प्रतिनिधिले अब आर्थिक विकासमा ध्यान दिन सुझाएका छन्  । कान्तिपुरले विराटनगरमा आयोजना गरेको छलफलका सहभागीले समृद्धिका लागि आर्थिक विकासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए  ।

विधिवत रुपमा दसैं सुरु, आज घटस्थापना

वडा दसैंको पहिलो दिन आज बुधबार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरेर घटस्थापना गरिएको छ । गोरखाको ऐतिहासीक गोरखा दरबारमा  विधिपूर्वक पुजा गरेर ७:१५ को उत्तम साइतमा जमरा राखियो ।