धनुषामा तिहारमा ५० लाख रुपैयाँको फूलमालाको कारोबार

यस वर्ष तिहारमा जनकपुरमा ५० लाख रुपैयाँ बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री भएको बताए । 

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दसैंमै खाँदिए तिहार गीत

तिहारका पाँच दिन अर्थात् यमपञ्चकमाथि एकुन्टा गीत बनाउन पाए कस्तो हुन्थ्यो होला † दिदीभाइको सम्बन्ध, लक्ष्मीपूजाको तामझाम, काग, कुकुर र गोरु तिहारको रीतमाथि छुट्टाछुट्टै गीत बनाउन सके कति मीठो सुनिन्थ्यो होला । तर, अभ्यास यसको ठीक विपरीत भइरहेको देख्छन्, गीतकार दिनेश अधिकारी ।

तिहार बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

नेपाल आयल निगमले तिहार बिदामा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त इन्धन उपलब्ध गराएको जनाएको छ ।
ADVERTISEMENT

तिहार काव्यसन्ध्या

तिहारको शुभकामना साटासाट गर्दै लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले शुक्रबार राजधानीमा ‘तिहार काव्यसन्ध्या’ गर्‍यो  । पुराना र नयाँ पुस्ताका कविहरूले आ–आफ्ना सिर्जनामार्फत तिहारको शुभकामना दिए  ।

तिहार अर्थात् प्रकृतिपूजा

हिन्दु धर्मावलम्बीका धेरैजसो चाडबाड विज्ञान र प्रकृतिसँग जोडिएका छन् । यो बेला सयपत्री र मखमली फूल जताततै ढकमक्क फुलेको छ । गाउँघर रमणीय बनेको छ । यी फूलले उज्यालो चाडको झल्को दिइसकेको छ ।

खेलाडीको तिहार

गत वर्ष सारा नेपाल लक्ष्मी पुजामा व्यस्त हुँदा नेपाली राष्ट्रिय फुटबल टोली भने विमानस्थलमा मलेसिया प्रस्थान गर्ने तयारीमा थियो । एएफसी सोलिडारिटी कपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ लागेको थियो । चाडबाडको मुखैमा विदेशिनु पर्दा खेलाडीको मुहारमा केहि नैराश्यता प्रष्ट देखिन्थ्यो ।

कस्तो होला खेलाडीको तिहार ?

अघिल्लो वर्ष सबै नेपाली लक्ष्मी पूजामा व्यस्त हुँदा राष्ट्रिय फुटबल टोली भने विमानस्थलमा मलेसिया प्रस्थान गर्ने तयारीमा थियो । एएफसी सोलिडारिटी कपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ लागेको थियो । चाडबाडको मुखैमा बिदेसिनुपर्दा खेलाडीको मुहारमा केही नैराश्यता प्रस्ट देखिन्थ्यो ।

कर्णालीमा भित्रिएको तिहार

हरि–हरि दुबी चौर, दुबै हरियोघरबेटीले पैसा दिए, पोल्टै भरियो कालीकोट सदरमुकामस्थित खडाचक्र नगरपालिकाकी उपमेयर विजया विष्टलाई आफू स्कुले किशोरी हुँदा खेलेको भैलोको सम्झना ताजै छ । तर त्यो भैलो तिहारमा खेलिएको थिएन् ।