अछाम प्रहरीद्वारा २७ जुवाडे पक्राउ

अछाम प्रहरीले जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरेको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-३ स्थित विनायक बजारबाट शुक्रबार राति जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

साढे चार लाखसहित २३ जुवाडे पक्राउ

तिहारका बेला पैसाको हारजित हुने गरेर तास कौडा खेल्नेहरु विरुद्ध चितवन प्रहरीको अभियान जारी नै छ । प्रहरीले बुधबार राति भरतपुर महानगरपालिकाको दुई ठाउँबाट जुवा खेलेको आरोपमा २३ जनालाई पक्राउ गरेको छ ।

जुवा अखडामा प्रहरीको छापा, भाग्न खोज्दा दुईजनाको मृत्यु

प्रहरी परिसर काठमाडौंले शुक्रबार राति साढे ९ बजे मुलपानी–७ का तेन्दु शेर्पाको घरमा छापा मारेको छ । संगठित रुपमा जुवा खोलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । 

जुवा खेलेको अभियोगमा पाँच जना पक्राउ

जुवा खेलेको अभियोगमा प्रहरीले तुलसीपुरमा पाँच जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका-८ अश्वारास्थित बालकृष्ण डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार बेलुका ४३ हजार १ सय रुपयाँ नगद र ताससहित पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तास खेल्दै गरेका १२ जुवाडे पक्राउ

तास खेल्दै गरेको अवस्थामा प्रहरीले १२ जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई बेंसीसहर नगरपालिका ८ शेराकुनास्थित राजकुमार अधिकारीको घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कार्यालयमै तास खेल्ने असईसहित चार प्रहरी जवान कारबाहीमा

महानगरीय प्रहरी वृत सातदोबाटोले प्रहरीको पेशागत आचरण विपरित कार्यालयभित्रै तास खेलेका असईसहित ४ जनालाई कारबाही गरेको छ । महानगरीय प्रहरी वृत सातदोबाटोका प्रहरी निरीक्षक सागर राणाको संयोजकत्वमा गठित तीन जनाको छानवीन टोलीले उनीहरूमाथि कारबाही गरेको हो ।
ADVERTISEMENT

प्रहरी नै खेल्छन् कार्यालयमै दिउँसै तास

नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले प्रहरीहरूलाई संगठनको अनुशासनको कडा पालना गर्न निर्देशन दिइरहेका बेला महानगरीय प्रहरी वृत्त सातदोबाटोस्थित कार्यालय भवनमा भने प्रहरीहरू दिउँसै तास खेल्ने गरेको भेटिएको छ ।