बुद्धिजीवीलाई प्रधानमन्त्रीको चेतावनी,‘मैले जवाफ दिए तपाईहरु थला पर्नुहुन्छ’

प्रधानमन्त्री केपी ओलीले बुद्धिजीवीहरुलाई चेतावनी दिएका छन् । नेपाल टेलिभिजनबाट बुधबार राति प्रशारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरलाई आफूले जवाफ दिए थला पर्ने बताएका हुन् ।

प्रधानमन्त्रीको पुरस्कारबाट कोष खडा गर्ने निर्णय

सरकारले प्रधानमन्त्री केपी ओलीलाई प्राप्त एक लाख अमेरिकी डलर राशिको पुरस्कारमा त्यति नै रकम थपेर कोष खडा गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको प्रस्तावमा युवा तथा बालबालिकाको हितका लागि काम गर्ने कोष खडा गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनायो ।