आदित्यनाथको जनकपुर भ्रमण : नेपाली दूतावास बेखबर

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह–पञ्चमीका दिन अयोध्याबाट ‘भगवान् रामको जन्ती’ लिएर जनकपुर जाने निश्चित भइसक्यो । भारतीय राजदूत मञ्जिभसिंह पुरीले दिल्लीको निर्देशनबमोजिम जनकपुर पुगेर भ्रमण तयारीबारे प्रदेश २ सरकारसँगै छलफल गरिसके ।

‘जनकपुर भ्रमण मेरो लागि सांस्कृतिक यात्रा हो’ : योगी आदित्यनाथ

भारतीय राज्य उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरमा मंसिर २६ गते विवाह पञ्चमीको अवसरमा अयोजना हुने रामजानकी विवाह महोत्सवमा सांस्कृतिक दूतका रुपमा भ्रमण गर्ने बताएका छन् ।

आदित्यनाथ जनकपुर आउने निश्चित, तयारीमा जुट्यो प्रदेश सरकार

मंसिर २६ गते हुने राम–जानकी विवाह महोत्सवमा जन्ती बनेर भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने निश्चित भएको छ । आदित्यनाथको भ्रमण तयारीमा प्रदेश २ सरकार र जानकी मन्दिर व्यवस्थापनले काम थालिसकेको छ ।