ठूला भारु नाेट प्रतिबन्धप्रति भारतीय संसद्‌मा चर्चा

भारु पाँच सय र दुई हजार दरका नोटमा प्रतिबन्ध लगाउने नेपाल सरकारकाे दुई साताअघिको निर्णयमाथि भारतको संसद्‌मा चासो व्यक्त गरिएको छ ।

ठूला भारु नोट प्रतिबन्धको प्रभाव पर्यटनमा

नेपालमा भारतीय ५००, १००० र २००० रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाएसँगै त्यसको प्रभाव पर्यटन क्षेत्रमा देखिन थालेको छ । ठूला नोट ल्याउन नपाइने र साना नोट धेरै बोक्नुपर्ने बाध्यताले कतिपय भारतीय पर्यटकले बुकिङ रद्द गरेको पर्यटन व्यवसायीले बताएका छन् ।

सिम्बाको पहिलो दिनको कमाइ २१ करोड भारु

शुक्रबार रिलिज भएको बलिउड चलचित्र सिम्बाले पहिलो दिनमा राम्रो व्यापार गरेको छ । रोहित सेट्टीको निर्देशन र रणविर सिंहको अभिनय रहेको फिल्मले पहिलो दिनमा २१ करोड भारु कमाएको छ ।

भारु प्रतिबन्धले सीमा बजारमा अन्योल

सरकारले १०० माथिका भारतीय नोटको प्रयोग निषेध गरेपछि भिस्वा बजारमा अन्योल बढेको छ । २००, ५०० र २००० दरका भारतीय नोट अवैध भएपछि यहाँका व्यवसायी र सर्वसाधारणले आफू अन्योलमा परेको बताएका छन् । 

भारु नोट साट्नै कठिन

‘तीन दिन भइसक्यो, कसैले भारु नोट साटिदिँदैन । रकम साटिए यो जाडोमा केटाकोटीलाई न्यानो लुगा किनिदिउँला भन्ने छ ।’ यी भनाइ बझाङ केरारस्युँ गाउँपालिका कोटीखेतकी सीता विष्टको हो । उनी तीन दिनदेखि एक घण्टा हिँडेर नियमित बागथला बजार पुग्ने गरेकी छन् ।

वीरगन्जमा भारु अभाव चर्कियो

वीरगन्जमा भारतीय रुपैयाँको अभाव चर्केको छ । तिहारलगत्तै छठपर्वमा भारुको अभाव झनै बढेको छ । बिदा र चाडपर्वको समयमा भारतीय मजदुरलाई तलब र पेस्कीसहित एकमुष्ठ रकम दिनुपर्ने हुँदा यहाँका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूलाई थप समस्या भएको छ ।
ADVERTISEMENT

दैनिक लाखौं भारु भित्रिँदै

चाडपर्व नजिकिएसँगै भारतबाट घर फर्किने नेपालीमार्फत दैनिक लाखौं भारतीय रुपैयाँ (भारु) मुलुक भित्रिन थालेको छ । हाल नेपालगन्ज नाका भएर घर फर्किनेहरूको लर्काे छ । सातायता नेपालीहरू घर फर्किने क्रम बढेको हो ।