सरकारले तोक्यो उखुको मूल्य

सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६.५६ रुपैयाँ निर्धारण गरेको छ । उद्योगी र किसानबीच मूल्य विवादले उद्योगीहरूले उखु क्रसिङ सुरु नगरेपछि सरकारले न्युनतम मूल्य तोकेको हो ।

मिल चलेन, उखु खाडसारीलाई

चिनी मिल सञ्चालनमा ढिलाइ हुँदा यस वर्ष जिल्लाका खाडसारी उद्योगलाई लाभ भएको छ । चिनी मिलभन्दा झण्डै आधा सस्तो मूल्यमा किसानको उखु पाएपछि यस वर्ष जिल्लामा १ दर्जन बढी खाडसारी उद्योगले क्रसिंग सुरु गरेका छन् ।

सरकारले समयमा उखुको मूल्य नतोक्दा किसानले उखु काट्न पाएनन्

सरकारले समयमा उखुको मूल्य नतोक्दा किसानले उखु काट्न पाएका छैनन् । उखु काट्न भएको ढिलाइले खेतमै उखु फुल्न थालेको छ । उखु फुलेपछि तौल कम हुने भएकाले किसान चिन्तित भएका छन् । 

खेतमै सुके उखु

कलैया–२४ पिपरा सरेहमा लगाइएको अधिकांश किसानको उखु समयमा नकाटिँदा खेतमै सुक्न थालेको छ । उखु सुक्न थालेपछि उखु खेती गर्न लगाएको लागनी समेत डुब्ने खतरा बढेको पीडित किसानले बताएका छन् । 

बारीमै सुके किसानका उखु

उखु क्रसिङ सिजन सुरु भएको एक महिना बितिसक्दा पनि पश्चिम नवलपरासीका चिनी उद्योग सञ्चालनमा आएका छैनन् । बारीमा सुक्ने अवस्था आएपछि किसानले धमाधम उखु काटिरहेका छन् ।

उखु क्रसिङ सुरु, मूल्य तोक्न आलटाल

उखु उद्योगीहरूले उखु क्रसिङ सुरु गरे पनि सरकारले मूल्य तोक्न आलटाल गरेको छ । उखुको समर्थन मूल्य (उखु खेती लागत खर्च) मूल्य निर्धारण गर्ने दायित्व कृषि, अर्थ र उद्योग मन्त्रालयको हो ।
ADVERTISEMENT