बम्जनको आश्रमबाट हराएकाको हत्या आशंका, नौ पोका नुनको खोल भेटियो 

तपस्वी रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ । प्रहरीले वाइबाको खोजी गर्ने क्रममा आश्रमबाट करिब ३ सय मिटरको दूरीमा गाडीएको अवस्थामा नौ पोका नुनको खोल भेटिएपछि हत्याको आशंका गरेको हो ।

बम्जन आश्रममा प्रहरी टोली

प्रहरीले तपस्वी रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको खोजी थालेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरीको टोलीले शुक्रबार बाँडेगाउँको टोडे वनस्थित बम्जन आश्रममा खानतलासी गर्‍यो ।